काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारले भूकम्प प्रभावित क्षेत्रमा योजना बनाएर काम गर्नुपर्ने बताएका छन्। श्रीमती कोमलसहित पशुपति मन्दिरमा पूजा गर्न पुगेका पूर्वराजा शाहले देश त्रसित अवस्थामा रहेकाले सबै एकजुट भएर सहयोग गर्नुपर्ने बताए।'यतिबेला मुलुक त्रसित अवस्थामा छ। त्यसैले ब्यक्तिगत लाभहानीमा नपरेर पीडितलाई सहयोग गर्नुपर्छ,' सञ्चारकर्मीसँग कुरा गर्दै शाहले भने, 'विदेशबाट पनि ठूला मात्रामा आर्थिक सहयोग जुटेको छ। सरकारले योजना बनाएर काम गर्नुपर्छ।'
पराकम्पन आउनेक्रम जारी रहेको बताउँदै उनले संकटको बेला एकताबद्ध भएर सहयोग गर्नुपर्ने बताए। 'भूकम्पबाट ज्यान गुमाएकाहरुप्रति मेरो श्रदाञ्जली छ। पीडितहरुको घाउमा मलन लगाउनु नै हाम्रो प्रमुख दायित्व हो,' उनले भने।
११ बजे पशुपति मन्दिर पुगेका शाहले आधा घन्टा पूजाअर्चना गरेका थिए। उनी लगत्तै लक्ष्य हवन महायज्ञमा सरिक भएका थिए।