काठमाडौं- भूकम्पले क्षति पुर्याएका संरचना निर्माणको बहस चलिरहेका बेला सरकारले अस्ट्रेलियाका अर्बपति एवं गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष शेष घलेलाई विशेष दूत नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले विदेशस्थित संघसंस्था र व्यक्तिलाई नेपालको पुनर्निर्माणमा सहभागी गराउन उत्प्रेरित गर्ने जिम्मेवारीसहित उनलाई सरकारको विशेष दूत नियुक्त गरेको हो।विशेष दूतका रूपमा घलेले पुनर्निर्माणका लागि रकम जुटाउन विभिन्न मुलुकमा अभियान सञ्चालन गर्नेछन्। अस्ट्रेलियाली धनीहरूको सूचीमा ९९ औं स्थानमा रहेका उनको नियुक्ति अवैतनिक हो।
सरकारले दिएको कार्यभारअनुसार उनले सम्भावित दाताको पहिचान, सहयोगको प्रस्ताव, बैठक र दाता नेपाल आइसकेपछि यहाँको प्रशासनिक प्रक्रिया पूरा गर्न सहयोग गर्नेछन्। सहयोग रकम जुटाउन विदेशमा गरिने 'इभेन्ट', प्रस्तुति, बैठक तथा अन्तरदेशीय भ्रमण खर्च घलेको आफ्नै हुनेछ।
'यो सबै स्वयंसेवा हो,' नियुक्तिको निर्णय सुनेका घलले नागरिकसँग टेलिफोनमा भने, 'सरकारले मलाई विश्वास गरेकोमा उत्साही छु। राष्ट्रसेवाका लागि तत्पर छु।'
पुनर्निर्माणको स्पष्ट योजना दिन नसकेको भन्दै नागरिक स्तरबाट भने सरकारको आलोचना भइरहेको छ। उनको कामका लागि अझ स्पष्ट र निर्दिस्ट पुनर्निर्माण योजना आवश्यक हुनेछ। विश्वका विभिन्न देशमा गरिने इभेन्ट र प्रस्तुतिमा उनले सरकारको योजना र सो कार्यान्वयनको खाका देखाउनुपर्नेछ। त्यसलाई पत्याइसकेपछि मात्रै विदेशी व्यक्ति तथा संघसंस्था नेपालको पुनर्निर्माणमा आउन राजी हुनेछन्। 'मेरो कामको सबैभन्दा कठिन पक्ष यही हो जस्तो लागेको छ,' उनले भने, 'यसलाई पनि योजना आयोगले कुशलतापूर्वक सम्पन्न गर्नेछ भन्ने विश्वास छ।'
दातालाई नेपाल ल्याइसकेपछि कसरी डोर्याउने भन्नेबारे उनी केही स्पष्ट छन्। 'निर्माणका लागि सरकारले तोकेको मापदण्डभित्र बसेर काम गर्नु आधारभूत कुरा भयो। अरू मोडालिटीमा हामी उदार हुनेछौं,' उनले भने, 'सिंगै गाउँ बनाइदिन र एउटा घर बनाइदिने चाहने, स्थानीय संघसंस्थामार्फत आउने, विभिन्न किसिमका विकल्प हामी दिनेछौं।'
भूकम्पले क्षति पुर्याएका संरचना निर्माण गर्न ६ खर्ब ६६ अर्ब रुपैयाँ आवश्यक पर्ने विपतपछिको आवश्यकता पहिचान (पिडिएनए) प्रतिवेदनले औंल्याएको छ। यसका लागि स्रोत कसरी जुटाउने भन्ने स्पष्ट नभइसकेको अवस्थामा पुनः निर्माणमा विदेशी नागरिक तथा संघसंस्थालाई सहभागी गराउने उद्देश्यसहित घलेको नियुक्ति भएको हो।
एनआरएन अध्यक्ष घले वैशाख १२ को भूकम्पलगत्तै अस्ट्रेलियाको व्यापारिक जिम्मेवारी छाडेर राहत वितरणका लागि नेपाल आएका थिए। उनी नेतृत्वको एनआरएनले पहिलो चरणमा १४ हजार पीडितलाई राहत वितरण गरेको थियो। दोस्रो चरणमा एक हजार घर निर्माणका लागि सरकारी योजनाको प्रतीक्षा भइरहेका बेला आइतबार उनी आफैं सरकारी जिम्मेवारीमा नियुक्त भएका हुन्। राहत वितरणमा एनआरएनले लागू गरेको शून्य प्रशासिनक खर्चको मोडालिटी उनी यो पटक पनि दोहोर्याउँदैछन्। 'स्थानीय सचिवालय सरकारी कर्मचारीले हेर्नेछन्। मैले प्रस्ताव गरेर आउने पैसा शतप्रतिशत पुनर्निर्माणका लागि हुनेछ। त्यसको एक रुपैयाँ पनि प्रशासिनक खर्च हुनेछैन,' उनले भने।
एनआरएन अध्यक्ष घलेकी श्रीमती जमुना पनि अस्ट्रेलियाली धनी महिलाको सूचीमा आठौं स्थानमा छिन्। अस्ट्रेलियाको मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का संस्थापक घलेको लगानी शिक्षा, रियल स्टेट र होटल क्षेत्रमा छ। एमआइटी फाउन्डेसनमार्फत नेपालमा कल्याणकारी काम गरिरहेका घलेको ८ अर्ब लगानीमा लैनचौरमा पाँचतारे होटल निर्माणाधीन छ।