नागरिक उन्मुक्ति पार्टी निर्वाचनकाे तयारीमा
२४ चैत्र २०७८
•
४ मिनेट पाठ
नागरिक उन्मुक्ति पार्टी निर्वाचनकाे तयारीमा
कार्यकर्ता भेलामा पार्टी नेतृत्व। तस्बिर: नागरिक
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा केही पालिकामा नवगठित नागरिक उन्मुक्ति पार्टी ठूला दलका लागि भारी हुने देखिएको छ।  




यो दल २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा दोषी ठहर भई जेल जीवन बिताईरहेका निलम्बित सांसद रेशमलाल चौधरीकी श्रीमती रञ्जीता श्रेष्ठ चौधरीको अध्यक्षतामा गठन भएको हो। तीन महिना अघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको पार्टीले स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न गतिविधि तीव्र पारेको छ।  

सो पार्टीले कैलाली, बर्दिया र दाङका केही पालिकामा समेत आफ्नो उम्मेदवारीको तयारी थालेको केन्द्रिय सदस्य रामलाल डगौरा थारुले जानकारी दिए। उनका अनुसार पार्टीले कैलालीका टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र बर्दगोरीया गाउँपालिकामा ध्यान केन्द्रित गरेको छ।  

उनले यी सबै पालिकामा प्रमुख र उपप्रमुख सहित वडामा समेत आफ्नो पार्टी चुनावी मैदानमा उत्रिने बताए। उनका अनुसार बर्दियाको पश्चिमी क्षेत्र राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा समेत पार्टीले प्यानल सहित तयारी थालेको छ। ‘यी बाहेकका अरु पालिकामा वडाध्यक्ष भएपनि अघि सार्छौ’ उनले भने–‘धेरै ठाउँमा हाम्रो जित निश्चित छ।’

टीकापुर नगरपलिकाको प्रमुखमा उनी आफै अघि सरेका छन। उनी हाल वडा नं. ७ का वडाध्यक्ष हुन। उनी अघिल्लो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट विजयी भएका थिए। उनले प्रतिद्वन्द्वी भन्दा झण्डै २ सय बढी मत प्राप्त गरेका थिए।  

उनले माओवादी केन्द्रले पहिचानको मुद्दा छोडेकोले आफूले पार्टी छोडेको बताए। उनले माओवादी केन्द्रले जहिल्यै थारु समुदायलाई भोटका रुपमा मात्रै प्रयोग गरेको आरोप लगाए। ‘सुरुमा हामीलाई पहिचानको मुद्दा बारे थाहै थिएन। माओवादीले नै पहिचानको कुरा सिकायो। जब हामी जान्ने बुझ्ने भयौं। पार्टीले पहिचानको मुद्दा नै बिर्सियो’ उनले भने,‘वाध्य भएर पार्टी छोड्नु पर्यो।’

पार्टीले भजनी नगरपालिकाको प्रमुखमा केवल चौधरी र जानकी गाउँपालिकाको अध्यक्षमा पत्रकार गणेश चौधरीलाई अघि सारेको छ। केन्द्रीय सदस्य थारुका अनुसार अन्य पालिकामा आकांक्षी धेरै भएकाले टुङ्ग्याउन समस्या भैरहेको छ। सो पार्टीले टीकापुर नगरपालिकाको उपप्रमुखमा शिक्षिका उल्कादेवी विश्वकर्मालाई अघि सारेको छ। उनी शिक्षण पेशा छोडेर उपप्रमुखको तयारीमा छिन्।

टीकापुर नगरपालिकाका कार्यपालिका सदस्य रमेश विक समेत नेपाली काँग्रेस परित्याग गरी सो पार्टीमा प्रवेश गरेका छन। उनीसँगै केही अन्य पार्टीका दलित नेता कार्यकर्ता समेत सो पार्टी प्रवेश गरेका छन। उनीहरुको पार्टी प्रवेशले नागरिक उन्मुक्ति पार्टीलाई दलित समुदायको समेत साथ रहेको सन्देश दिन खोजेको छ।

केन्द्रीय सदस्य थारुले आफ्नो पार्टीलाई गठबन्धनले समेत केही फरक नपार्ने दावी गरे। उनले दलहरुबीच गठबन्धन भए कार्यकर्तामा झन असन्तुष्टी बढ्ने र आफ्नो पार्टीलाई फाइदा पुग्ने जिकिर गरे। ‘गठबन्धन हुँदा हामीलाई झन फाइदा पुग्छ’ उनले भने,‘नेताहरुबीच पो गठबन्धन होला तर कार्यकर्ता त मान्ने पक्षमा छैनन्।’

उनले आफ्नो पार्टीको कसैसँग गठबन्धन नहुने बताए। उनले नेकपा एमालेका तर्फबाट गठबन्धनको प्रस्ताव आएको भएपनि आफूहरुले अस्विकार गरेको बताए। पार्टीले थारु समुदायको मतलाई लक्षित गरेको छ। उसले थारु बाहुल्य पालिकामा आफ्नो ध्यान केन्द्रित गरेको छ। पार्टी अध्यक्ष श्रेष्ठ चौधरी यतिबेला भोट माग्दै घरदैलो गरिरहेकी छन्। 

उनले आफ्ना श्रीमानको न्यायका लागि भन्दै भोट माग्ने गरेकी छन। रेशमलाल चौधरीको मुद्दालाई अघि सारेर पार्टीले थारु समुदायको सबै भोट आफ्नो पक्षमा पार्ने रणनीति बनाएको छ। यदि यस्तो भयो भने गठबन्धनलाई समेत चुनौती हुने विश्लेषकहरुको बुझाई छ।  

चौधरीले २०७४ को आम निर्वाचनमा भूमिगत अवस्थामै राष्ट्रिय जनता पार्टी नेपालबाट भारी मतका साथ जितेका थिए। उनले ३४ हजार ३४१ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मदनकुमारी शाहले १३ हजार ४०६ मत मात्र प्राप्त गरेकी थिईन।  

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका उपसभापति जनकराज चौधरीले सो पार्टीले रेशमलाल चौधरीको मुद्दालाई अघि सारेर थारु समुदायको भावना माथि खेलवाड गरिरहेको बताए। उनले पार्टीको कुनै राजनीतिक एजेण्डा नभएकाले मतदातामा भ्रम र अफवाह फैलाउने कार्य भैरहेको दावी गरे। उनले थारु समुदायले राजनीतिक एजेण्डा हेरेर मतदान गर्नेमा आफू विश्वस्त रहेको बताउँदै नागरिक उन्मुक्ति पार्टीले सोचे जस्तो मत परिणाम नआउने बताए।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
१९ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस