महिला उपप्रमुखलाई प्रमुख बन्न गठबन्धन बाधक बन्ने त्रास
२४ चैत्र २०७८
•
४ मिनेट पाठ
महिला उपप्रमुखलाई प्रमुख बन्न गठबन्धन बाधक बन्ने त्रास
पहिलो स्थानीय चुनावबाट उपप्रमुखमा विजयीले यो पटक प्रमुख बन्ने दरिलो आकांक्षी देखाएका छन्। उप पदमा निर्वाचित भएकाहरू आसन्न निर्वाचनमा प्रमुख पदमा दाबी गर्ने आन्तरिक तयारीमा हुन्।  




उपप्रमुख भएर काम गर्दा थुप्रै अनुभव संगालेकोले आसन्न निर्वाचनमा आफूहरूको सशक्त उम्मेदवारी रहने उनीहरूले बताएका छन्। नेत्रावती डबजोङ गाउँपालिकाकी उपाध्यक्ष उर्मिला तामाङ भन्छिन्, ‘उपाध्यक्ष हुँदा सँगालेका अनुभवले अध्यक्ष भएर काम गर्न सजिलो हुन्छ भन्ने ठानेकी छु। मेरो पार्टीमा अध्यक्ष पदका लागि दाबी गर्छु।’

तामाङ २०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा विजयी भएकी थिइन्। ‘पार्टीमा लागेपछि पार्टीको निर्णय मान्नुपर्ने त छँदै छ। तर पनि पार्टीले मलाई अध्यक्षका लागि अघि सार्छ भन्नेमा विश्वस्त छु,’ उनले भनिन्। नेत्रावती डबजोङमा कांग्रेस बलियो देखिएका कारण गठबन्धन हुँदा तामाङ फेरि पनि उपाध्यक्षमै चित्त बुझाउनुपर्ने देखिन्छ।  

यसअघि उपाध्यक्ष पदमा महिला भएका पालिकामा यसपटक हुने निर्वाचनमा प्रमुख पदमा महिलाहरूमै चुनाव गराउनुपर्ने उनको भनाइ छ। गठबन्धनको नाममा महिलालाई पछि हटाउने परिपाटीको भने उनलाई चिन्ता छ। गठबन्धन गर्ने नाममा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष हुने कुरा स्वीकार्य नहुने उनले बताइन्।

सिद्धलेक गाउँपालिकाकी उपाध्यक्ष कमला शर्मा पनि आसन्न निर्वाचनमा अध्यक्षका दाबेदार हुन्। संघीयतापछिको पहिलो उपाध्यक्ष भएर काम गरेको अनुभव, आत्मविश्वास र मनोबलले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दिने तयारी गरेको उनले बताएकी छिन्। ‘म अध्यक्ष भएर पालिकाको अगुवाइ गर्न मेरो पार्टीमा दाबी प्रस्तुत गर्नेछु। पार्टीले मेरो दाबीको न्यायपूर्ण सुनुवाइ गर्छ भन्ने विश्वास लिएकी छु,’ शर्माले भनिन्। शर्मा नेकपा एमालेका दरिलो महिला नेतृ हुन्।

गठबन्धनकै कारण उम्मेदवारी दिनबाट पछि हट्नुपर्ने हो की भन्ने त्रास भने उनमा छ। शर्मा भन्छिन्, ‘यसपटक स्थानीय तहमा महिलाहरूले उपाध्यक्ष पद पनि नपाउने देख्छु। पाँचदलीय गठबन्धन भयो भने त्यहाँ महिलाहरूले उप पद पाउने अवसर पनि खोसिन सक्छ। प्रमुख पदमा सक्षम भएको कुरा राजनीतिक दलले बुझ्न जरुरी छ। महिलालाई प्रमुख पद दिने राजनीतिक दलप्रति जनताले साथ दिन्छ र दिनुपर्छ।’  

धुनीबेसी नगरपालिका उपप्रमुख निरु खरेल नगर प्रमुखको प्रचारमा छिन्। तत्कालीन समयमा नेकपा एमालेबाट उपप्रमुखमा विजयी भएकी खरेल अहिले नेकपा एकीकृत समाजवादीतिर छिन्। गठबन्धन हुँदा नेकपा एकीकृत समाजवादीले प्रमुख पाउने सम्भावना बढेकाले हालका उपप्रमुख खरेललाई टिकट पाउने चुनौती छ। प्रमुख बालकृष्ण आचार्यलाई पार्टीले प्रदेश सांसदको लागि तयार गरे उपप्रमुख खरेल प्रमुख बन्ने सम्भावना पनि त्यतिकै छ।  

पहिलो पटक उपाध्यक्षको जिम्मेवारी सम्हालेर नगरपालिकाभित्र विकासका कामको थालनी मात्रै भएको र त्यसलाई पूर्णता दिन आफ्नो भूमिका महत्वपूर्ण भएकोले पनि नगर प्रमुखको दाबी गरेको खरेलको भनाइ छ। ‘पार्टीको निर्णय मान्नु मेरो कर्तव्य हो। पार्टीले उपप्रमुख नै बन् भन्यो भने पनि अनौठो मान्दिनँ,’ खरेल भन्छिन्, ‘गठबन्धन भए पनि नभए पनि प्रमुख पदका लागि योग्य र सक्षम छु भनेर पार्टीभित्र दाबी गरिरहेकी छु।’  

खनियाबास गाउँपालिकाकी उपाध्यक्ष योमाया तामाङ जसरी पनि अध्यक्षको टिकट लिने दौडमा छिन्। टिकटको लागि उनले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा गरिरहेकी छिन्। गठबन्धन हुँदा खनियाबासमा कांग्रेस बलियो भएका कारण अध्यक्षमा रणबहादुर तामाङ नै दोहोरिने र उपाध्यक्ष अन्य पार्टीमा जाने सम्भावना बढेकोले तामाङ आफ्नै पार्टीभित्र संघर्षरत छिन्। भन्छिन्, ‘स्थानीय जनताले त अध्यक्ष हुन भन्नुभएको छ। मेरो पनि चाहना अध्यक्ष हुने नै हो।’

राप्रपाले देशभरमै आफ्नो साख जोगाउन सफल भएको रुवीभ्याली गाउँकालिकाकी उपाध्यक्ष विना लामा पनि अध्यक्षको आकांक्षी हुन्। भौगोलिक हिसाबले पनि विकट मानिने रुवीभ्यालीमा उपाध्यक्षको जिम्मेवारीसँगै गाउँपालिकामा शिक्षा समितिको संयोजकसमेत सम्हालेकी लामा अहिले राप्रपाभित्र अध्यक्षको आकांक्षा राख्ने एक्लो महिला हुन्।  

‘पाँच वर्षे कार्यकालमा चुनौतीलाई अवसरमा बदलेर हासिल गरेको सिकाइ अनुभवबाट पनि अध्यक्षको दाबी गर्न सक्ने भएकी छु,’ लामाले भनिन्। ‘उपाध्यक्ष महिलाको लागि बनाएको पद होइन। यदि गठबन्धन भइहाल्यो भने पनि अध्यक्षको लागि उम्मेदवार बन्न पार्टीभित्र कुरा गर्नेछु,’ उनले थपिन्। गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगाना नेकपा एकीकृत समाजवादी पार्टीबाट अध्यक्षको उम्मेदवार बनेर एक्लै भए पनि चुनाव जित्ने दौडधुपमा छिन्। हालसम्मको आकांक्षीमा समाजवादीबाट ढुंगाना नै एक्लो उम्मेदवारको प्रचार देखिएको छ।  

त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष देवी पाण्डे बुर्लाकोटी, थाक्रे गाउँपालिकाकी उपाध्यक्ष अम्बिका रूपाखेती, गल्छी गाउँपालिकाकी उपाध्यक्ष राधा लामिछाने, खनियाबासकी उपाध्यक्ष एन्जिला तामाङ पनि पार्टीले अघि बढाउँदा अध्यक्षको उम्मेदवार बन्ने लाइनमा छन्। ज्वालामुखी गाउँपालिकाकी उपाध्यक्ष जानुका सिंखडाले भने हालसम्म आफूले कुनै आकांक्षा नदेखाएको बताएकी छिन्। धादिङ जिल्लाको १३ स्थानीय तहमध्ये ११ स्थानीय तहमा महिला र गठबन्धन भएको दुई स्थानीय तहमा पुरुष उप पदमा निर्वाचित भएका थिए।  

वैशाख ३० मा हुन लागेको निर्वाचनमा धादिङमा कांग्रेस, माओवादी र समाजवादीबीच तीन दलीय गठबन्धनको नजिक छ। गठबन्धन हुँदा सबै पार्टीमा पुरुष हाबी हुने परिपाटीले महिला पछि पर्ने संकेत पनि छ। विगतका अनुभवलाई हेर्ने हो भने पनि गठबन्धन गरेका दलहरूले पुरुषलाई जिताएका छन्। उनीहरूले उम्मेदवार तय गर्दा नै मिलाएका हुन्छन्। यसपटक त संघीय र प्रदेश सरकार नै गठबन्धनमा चलेकोले महिला आकांक्षी आफूहरू पछि हट्नुपर्ने त्रासमा रहेका छन्। 

यी हुन् उपप्रमुखबाट प्रमुख बन्ने धादिङका आकांक्षी।
अर्को समाचार
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
११ मिनेट अघि
•
१ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
पर्वत। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्।




लामो समयदेखि स्थानीयवासीका लागि समस्या बन्दै आएको सुनछाप पहिरोले गत असोजमा थप क्षति पुर्‍याएपछि स्थानीय आवागमन, सडक यातायात तथा सिँचाइ सेवा प्रभावित बनेको छ। मन्त्री श्रेष्ठले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै पहिरोका कारण उत्पन्न समस्या, जोखिम र तत्काल आवश्यक पहलका विषयमा जानकारी लिएका हुन्।

अवलोकनपछि स्थानीय जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिसँग भएको छलफलमा पहिरोको तत्काल मर्मतसँगै दीर्घकालीन नियन्त्रण र प्रभावित पूर्वाधारको संरक्षणलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।

समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरेर एकीकृत योजना अघि बढाउने पहल सुरु गरिएको मन्त्री श्रेष्ठले बताए।

सो अवसरमा पर्वतका प्रतिनिधिसभा सदस्य सागर भूसालले सुनछाप पहिरोको नियन्त्रण अत्यावश्यक रहेको उल्लेख गर्दै यसको दिगो समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।

स्थानीय समस्या र आवश्यकताको वास्तविक पहिचान स्थलगत अवलोकनबाटै सम्भव हुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि र समुदायसँगको सहकार्यमा पहिरो नियन्त्रण तथा प्रभावित पूर्वाधारको संरक्षणका लागि आवश्यक पहल र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस