प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। देउवाले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गर्ने भएका छन्। हाल कानून मन्त्रालयको नेतृत्व गरिरहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी दिने भएका छन्।
नवनियुक्त मन्त्री बन्दीको सपथका लागि आवश्यक तयारी गर्न प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयलाई जानकारी गराइसेको छ। स्रोतका अनुसार आजै सपथ ग्रहण गर्ने छन्।
प्रधानमन्त्रीले गठबन्धनको तर्फबाट साझा मन्त्रीका रुपमा गैरसांसद बन्दीलाई नियुक्त गर्न लागेका हुन्। उनी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालनिकट कानुन व्यवसायी पनि हुन्।