गृह प्रतिवेदन : ‘अनुदान रकम आफैं सक्छन् विदेशी'
३२ जेष्ठ २०७२
•
९ मिनेट पाठ
गृह प्रतिवेदन : ‘अनुदान रकम आफैं सक्छन् विदेशी'
काठमाडौं-भूकम्प पीडितलाई विदेशीले दिएको अनुदानको ठूलो हिस्सा उनीहरु आफैंले विभिन्न नाममा सिध्याएको सरकारी अध्ययनले औंल्याएको छ। गृह मन्त्रालयले विभिन्न दातृ निकायबाट प्राप्त हुने अनुदानको ठूलो अंश दातृ राष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाले आफ्नै जनशक्तिमा खर्च गरेकाले वास्तविक पीडितसम्म नपुगेको निष्कर्ष निकालेको हो।भूकम्प पीडितको उद्धार तथा राहत वितरणका लागि अधिक मात्रामा विदेशी जनशक्ति परिचालन भएकाले यस्तो खर्च वास्तविक पीडितसम्म पुग्न नसकेको गृहको ठहर छ।
गृहले तयार पारेको ‘गोरखा भूकम्प, २०७२ : खोज, उद्धार तथा राहतको एक महिनाको प्रारम्भिक प्रतिवेदन' मा राहत वितरण र विभिन्न अध्ययन, अनुसन्धान तथा उच्चस्तरीय भ्रमणका नाममा थुप्रै दातृ राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाले अनावश्यक जनशक्ति विदेशबाट ल्याउने क्रम नरोकेको समेत उल्लेख छ। 
गृहले अनावश्यक जनशक्ति रोक्न तत्काल पहल गर्नुपर्ने पनि प्रतिवेदनमा औंल्याएको छ। 
‘भूकम्पपश्चात खोज, उद्धार तथा राहत वितरणका लागि विदेशी दातृ निकायबाट नेपाललाई प्राप्त हुने अुनदानको ठूलो अंश विदेशी जनशक्तिमै खर्च भएको देखिन्छ,' प्रतिवेदनमा भनिएको छ। 
भूकम्प पश्चातको राष्ट्रिय आवश्यकता पहिचान भइसकेकाले राहत तथा पुनर्निर्माणको काममा राष्ट्रिय संस्था तथा जनशक्ति पर्याप्त हुने गृहले जनाएको छ। नेपाललाई आर्थिक सहयोगको मात्र आवश्यकता रहेको जनाउँदै गृहले यस्तो अवस्थामा अनावश्यक प्रकारका विदेशी जनशक्ति ल्याउने कार्यलाई निरूत्साहित गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ। 
‘नेपाललाई आर्थिक सहयोगको मात्र आवश्यकता परेको अवस्थामा विदेशी जनशक्ति ल्याउने कार्य निरूत्साहित गर्न र आर्थिक सहयोगमा जोड दिन सरकारले स्पष्ट नीति बनाउन जरूरी देखिएको छ,' प्रतिवेदनमा भनिएको छ। 
तत्कालीन खोज, उद्धार तथा राहत कार्यका लागि नेपालसँग रहेको जनशक्ति र साधनस्रोत तथा आवश्यक विदेशी सहयोगको तत्काल लेखाजोखा गर्न नसकिएको स्वीकारोक्तिसमेत प्रतिवेदनमा गरिएको छ। सुरुका दिनमा विदेशीबाट चाहिने जनशक्ति र यन्त्र उपकरण एवं साधन आवश्यक यकिन गर्न नसक्दा उद्धारका लागि आएका कतिपय विदेशीलाई प्रभावकारी रूपमा काममा लगाउन नसकिएको गृहले जनाएको छ। 
‘खोज तथा उद्धारमा सबै खालको अन्तर्राष्ट्रिय सहयोग आह्वान गरिएकाले आवश्यकताभन्दा बढी नै अन्तर्राष्ट्रिय खोज तथा उद्धारक आएको महसुस गरियो,' गृहले भनेको छ, ‘जसबाट नेपाललाई दातृ राष्ट्रले दिने सहयोगको ठूलो धनराशि खोज तथा उद्धार कार्यमा खर्च भयो।' 
आगामी दिनमा खोज तथा उद्धारमा अन्तर्राष्ट्रिय सहयोग आह्वान गर्दा तत्कालै आवश्यकता पहिचान गरी सूचकसहितको निश्चित संख्या र क्षमताका खोज तथा उद्धार टोली मात्र परिचालित हुने गरी व्यवस्थापन गर्नुपर्ने प्रतिवेदनमा औंल्याइएको छ।
वैशाख १२ गतेको ७.६ म्याग्निच्युडको भूकम्पले ठूलो जनधन क्षति गरेपछि शीघ्र उद्धारमा राष्ट्रिय क्षमता नपुग देखिएकाले केन्द्रीय दैवी प्रकोप उद्धार समितिको सिफारिसबमोजिम मन्त्रिपरिषदले सोही दिन अन्तर्राष्ट्रिय सहयोग आह्वान गरेको थियो। 
खोज, उद्धार तथा राहत कार्यमा आउने विदेशीको सहज आगमनका लागि सबै अध्यागमन कार्यालय चौबीसै घन्टा खुला गरिएको थियो। यस्तै, विभिन्न मुलुक तथा संस्थाबाट आउने व्यक्तिलाई भिसा शुल्क नलिने, सहज भन्सार क्लियरेन्स गर्ने लगायतका व्यवस्था गरिएको थियो। 
नेपाल सरकारको आह्वानमा भूकम्प प्रभावितहरूको खोजी तथा उद्धारका लागि ३४ राष्ट्रका ४ हजार ५ सय २१ उद्धारकर्मी आएका थिए। अल्जेरिया, अस्ट्रेलिया, बेल्जियम, बंगलादेश, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हंगेरी, भारत, इन्डोनेसिया, इजरायल, जापान, जोर्डन, मलेसिया, मेक्सिको, नेदरल्यान्ड, नर्वे, ओमन, फिलिपिन्स, पोल्यान्ड, पाकिस्तान, रसिया, दक्षिण कोरिया, श्रीलंका, सिंगापुर, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, थाइल्यान्ड, टर्की, संयुक्त अरब इमिरेट्स, बेलायत, अमेरिकाबाट उद्धारकर्मीहरू आएका छन्।
हाइटीमा सन् २०१० मा गएको भूकम्पपछि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था रेडक्रसले ५० अर्ब रुपैयाँ अनियमितता गरेको समाचार प्रोपब्लिकामार्फत सार्वजनिक भएपछि गृह थप संशकित बनेको छ। हाइटीमा गएको महाभूकम्पपछि त्यति ठूलो रकमबाट रेडक्रसले ६ वटा मात्र घर बनाएका थिए। हाइटीमा आएको समग्र सहयोग रकममध्ये ९६ प्रतिशत अर्थात् ३ अर्ब ५० करोड अमेरिकी डलर (करिब साढे ३ सय अर्ब रुपैयाँ) अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आफैंले खर्च गरेका थिए। हाइटी सरकारले त्यसको एक प्रतिशत रकम मात्र खर्च गरेको थियो। 
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गर्न देखाएको अनिच्छाले सरकारलाई जानाजान कमजोर देखाउने र आफूलाई नेपाली जनताको भाग्य विधाताका रूपमा उभ्याउन खोजेको देखिन्छ। 
युएन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र द्विपक्षीय तथा बहुपक्षीय दौत्यसम्बन्ध भएका दाताहरूबाट नेपालले करिब १२ अर्ब ४० करोड रूपैयाँ विशेष अपिलमार्फत पाएको छ भने १८ अर्ब २९ करोड रूपैयाँ अपिलभन्दा बाहिरबाट पाएको छ। स्रोतका अनुसार युएनका असंख्य संगठनहरूले नियमित कर्मचारीबाहेक सयौंको संख्यामा थप कर्मचारी नेपाल भिœयाएका छन्। युनिसेफले यो समयमा १ सय ४ जना, विश्व खाद्य संगठन (डब्ल्युएफपी) ले २ सय, आइओमएमले २ सय, युएनडिपीले ४५ र डब्लुएचओले १ सय कर्मचारी नेपाल ल्याएका थिए। 
स्रोतका अनुसार करिब २ हजार युएन र एनजिओका कर्मचारीले अहिले परामर्शदाताका रूपमा नेपालमा काम गरिरहेका छन्। उनीहरूको दैनिक तलब १ हजार अमेरिकी डलर (एक लाख रूपैयाँ) देखि १० हजार डलर (दस लाख रूपैयाँ) सम्म छ। अझ त्यसमा प्रशासनिक खर्च र अन्य सुविधा पनि जोड्ने हो भने त्यो बजेट बढेर महिनाको २ अर्ब रुपैयाँ हुन आउँछ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस