स्थानीय तह निर्वाचनमा उम्मेदवारका आकांक्षी धेरै
२४ चैत्र २०७८
•
४ मिनेट पाठ
स्थानीय तह निर्वाचनमा उम्मेदवारका आकांक्षी धेरै
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारको आकांक्षा राख्नेको संख्या निकै धेरै देखिएको छ। टीकापुर नगरपालिकाको हकमा उम्मेदवारको आकांक्षा राख्नेमा नेपाली काँग्रेसबाट धेरै देखिएका छन्।  




टीकापुर नगर कार्य समितिले चैत २१ गते आकांक्षीहरुलाई नाम दर्ता गर्न सूचना जारी गरेको थियो। नगर सचिव बिरेन्द्र कुँवरका अनुसार काँग्रेसबाट टीकापुर नगरपालिकाको प्रमुखमा ११ र उपप्रमुखमा १२ जनाले निवेदन दर्ता गरेका छन्।  

प्रमुखका आकांक्षीमा नवराज रावल, गोरबहादुर खड्का, धिजराज रेग्मी, भुवनेश्वर अधिकारी, रतन खड्का, राजकुमार हमाल, जंगबहादुर साउँद, प्रा.डा. जगतबहादुर सिँह रावल, केशरीकुमारी रावल बिष्ट, टेकेन्द्रबहादुर धामी र तिर्थराज बोहरा रहेका छन्।  

प्रमुखका आकांक्षी मध्ये साउद यसअघिको निर्वाचनमा पराजित भएका थिए। उनले ५५१४ मत पाएका थिए। त्यस्तै प्रमुखकै आकांक्षी बिष्ट हाल उपप्रमुख रहेकी छन्। उनी सबैभन्दा धेरै मत प्राप्त गरेर उपप्रमुख विजयी भएकी थिईन। उनले ६२२६ मत प्राप्त गरेकी थिईन। सो निर्वाचनमा उनी काँग्रेसबाट जित्ने एक्लो उम्मेदवार हुन।  

त्यस्तै उपप्रमुखको आकांक्षीमा रणबहादुर रावल, सरस्वती शाह, देवेश्वरी शाही, झनकराज तिमिल्सिना, निर्मला कडायत, लौटन चौधरी, बिना सोडारी, हस्ता भण्डारी, जनककुमारी चौधरी, अर्चना चौधरी, सुशीला विक र चिरञ्जीवी खनाल रहेका छन्।  

लौटन चौधरी यसअघिको स्थानीय निर्वाचनमा प्रमुखका निकटतम प्रतिद्वन्द्वी हुन। उनी तत्कालिन अवस्थामा मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट प्रमुख पदका उम्मेदवार रहेका थिए। उनले ५५३४ मत प्राप्त गरेका थिए। उनी हाल नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ को सचिव छन्।  

नगरपालिकाका हकमा नेपालकै सबैभन्दा बढी मतदाता रहेको वडा नं. १ को वडाध्यक्षको आकांक्षीका लागि समेत वडा कार्य समितिले चैत २१ गते नै सूचना जारी गरेको थियो। वडाध्यक्षको लागि २० जनाको निवेदन परेको वडा सभापति चक्रबहादुर बटालाले जानकारी दिए।  

काँग्रेसले वडा नं. ६ मा भने वर्तमान वडाध्यक्षलाई नै दोहोर्याउने निर्णय गरेको छ। वडा कार्य समितिले वडाध्यक्ष बलिराम चौधरीलाई नै वडाध्यक्षका रुपमा अघि सार्ने निर्णय गरेको छ। उनी कैलाली क्षेत्र नं. १ प्रदेश ख का पार्टी सभापति समेत हुन।  

नौ वडा मध्ये अन्यमा समेत वडाध्यक्षका आकांक्षीको सूची लामो रहेको छ। उम्मेदवारका आकांक्षीको सूची लामो देखिए पछि काँग्रेसलाई उम्मेदवार छनौटमा निकै सकस देखिएको छ। एकातिर अन्य पार्टीहरुसँग गठबन्धन गरेर जाने सहमति भैरहेका बेला अर्कोतिर पार्टीभित्रै उम्मेदवारका आकांक्षी धेरै देखिए पछि काँग्रेसमा उम्मेदवार छनौटको सकस बढेको हो।  

नेकपा एमालेमा पनि टीकापुर नगरपालिकाको प्रमुखका लागि चार जना आकांक्षी देखिएका छन्। वर्तमान प्रमुख तपेन्द्रबहादुर रावलले दोहोरिने आकांक्षा देखाएका छन्। उनी अघिल्लो निर्वाचनमा ५९५९ मत पाएर विजयी भएका थिए। नगर अध्यक्ष ध्रुव खत्रीका अनुसार वर्तमान प्रमुख रावल, श्याम खत्री र मातृका तिमिल्सिैनाका साथै आफू स्वयम समेत प्रमुखको आकांक्षी छन्।  

उनले उपप्रमुखका हकमा भने धेरै जनाको नाम चर्चामा रहेको बताए। स्रोतका अनुसार एमालेले उपप्रमुखको भरपर्दो उम्मेदवार अघि सार्न सकेको छैन। कसलाई अघि सार्दा चुनाव जित्न सहज हुन्छ भन्नेमा पार्टीले छानविन गरिरहेको बताईएको छ।  

एमालेमा समेत वडा नं. १ को वडाध्यक्षका लागि १८ जनाको दावी छ। उसले अन्य केही वडामा भने सर्वसम्मत रुपमा उम्मेदवारको टुङ्गो लगाएको बताईएको छ। ‘अहिले नै अन्तिम टुङ्गो त हैन,’ नगर अध्यक्ष खत्रीले भने,‘नगरले सिफारिस गर्न अझै बाँकी छ।’

सत्ता गठबन्धनको हिस्सेदार मध्येको एक नेकपा एकीकृत समाजवादीले यसबारेमा औपचारिक छलफल सुरु नगरेको जनाएको छ। नगर अध्यक्ष रंग अधिकारीले आफूहरु गठबन्धन हुने वा नहुने भन्ने पर्खाईमा रहेको बताए।  

उनले टीकापुर नगरपालिकाको प्रमुख र उपप्रमुख भन्दा पनि वडा नं. १ को वडाध्यक्षमा सशक्त दावी रहेको बताए। ‘यो वडामा हाम्रो संगठन छ। अहिलेको वडाध्यक्ष हामीसँगै हुनुहुन्छ,’ उनले भने,‘त्यही भएर वडाध्यक्षमा सशक्त दावी हो।’

उनका अनुसार गठबन्धन पश्चात प्रमुख वा उपप्रमुख मध्ये कुनै एक पदमा भागबण्डा भए प्रमुखमा भैरव रावल र उपप्रमुखमा गंगाराम आचार्य, भीमराम चपाँई र ललित साउँद मध्ये एक जनालाई अघि सार्ने तयारी छ। आचार्य हाल वडा नं. १ का वडाध्यक्ष र साउँद वडा नं. १ को सदस्य जितेर जिल्ला समन्वय समिति सदस्य रहेका छन्।  

सत्ता गठबन्धनकै एक अर्को हिस्सेदार नेकपा माओवादी केन्द्रले समेत स्थानीय तह निर्वाचनलाई लक्षित गरेर छलफल सुरु गरेको छ। नगर अध्यक्ष खडक शाहले छलफलकै क्रममा रहेको बताए। माओवादी केन्द्रबाट अध्यक्ष स्वयम् र शिवबहादुर थापा ललित र विकाश चौधरी प्रमुखका आकांक्षी रहेका छन्। थापा यसअघिको निर्वाचनमा पराजित भएका थिए। उनले ५५१० मत प्राप्त गरेका थिए।  

तीन महिना अघि निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टी भने प्रमुख र उपप्रमुखको टुङ्गो लगाएर घरदैलो अभियानमा जुटेको छ। कैलाली क्षेत्र नं. १ का निलम्वित साँसद रेशमलाल चौधरीकी श्रीमती रञ्जीता श्रेष्ठ चौधरी अध्यक्ष रहेको सो दलले प्रमुखमा रामलाल डगौरा थारु र उपप्रमुखमा उल्कादेवी विश्वकर्मालाई अघि सार्ने निर्णय गरिसकेको छ।  

प्रमुखका दावेदार थारु हाल वडा नं. ७ का वडाध्यक्ष हुन भने विश्वकर्मा शिक्षिका हुन्। उनी शिक्षण पेशा छोडेर उपप्रमुखको मैदानमा उत्रिएकी छन्। यो दलले थारु र दलित समुदायको मतलाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेको छ।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
१९ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस