समितिमै फर्कियो विवाद
०१ असार २०७२
•
७ मिनेट पाठ
समितिमै फर्कियो विवाद
काठमाडौं-संविधान मस्यौदा उपसमितिमा पुगेका विवादित विषय टुंगो लाग्न नसकेपछि जस्ताको त्यस्तै फेरि समितिमा नै फर्काइएको छ। संविधानसभाले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा टुंगो लाग्न नसकेका विषयमा सहमति कायम गरी संविधानको पहिलो मस्यौदा तयार पार्ने जिम्मा मस्यौदा समितिलाई दिएको थियो।

संविधानसभाले मस्यौदाका लागि १५ दिनको समय उपलब्ध गराएको थियो। संविधान मस्यौदा समितिले क्षेत्रगत रुपमा मस्यौदा तयार पार्नका लागि विभिन्न पाँचवटा उपसमिति गठन गरेको थियो। 
प्रस्तावना र परिभाष उपसमिति, मौलिक हक, राज्यको निर्देशक सिद्धान्त र आयोगहरु सम्बन्धी उपसमिति, न्यायपालिका उपसमिति, व्यवस्थापिका उपसमिति र कार्यपालिका उपसमिति गठन गरेको थियो । 
राजनीतिक दलहरुबीच भएको १६ बुँदे सहमतिका आधारमा तयार पारिएको प्रतिवेदन संविधानको पहिलो मस्यौदाका लागि मस्यौदा समितिमा पठाइएको छ।
समितिले सम्बन्धित समितिमा पठाएका विवादित विषयमा पनि फरक फरक मत आएपछि पुर्ण समितिमा नै पठाउने निष्कर्षमा उपसमिति पुगेका छन्।
समितिले बुधबारसम्मको समय उपलब्ध गराएको छ। उपसमितिका बुधबार विहान बस्ने बैठकले प्रतिवेदन तयार पारेर समितिमा बुझाउनेछन्।
प्रस्तावना र परिभाषा उपसमितिले संक्रमणकालिन व्यवस्था, बहुलबाद र नागरिकताका सम्बन्धमा रहेका विवाद जस्ताको त्यस्तै पठाइएको छ।
उपसमितिका एक सदस्यका अनुसार संक्रमणकालिन व्यवस्थामा पुननियुक्ति गर्ने कि नगर्ने भन्ने विषय शीर्ष नेताहरु नै बसेर टुंगो लगाउनुपर्ने भएकाले धेरै समय यसमा खर्चिएन।
‘संक्रमणकालिन व्यवस्थामा संवैधानिक निकायका प्रमुखसहित प्रमुख पदलाई के गर्ने भन्ने विषयमा कांग्रेस र एमालेबीच नै एकमत छैन,'एक सदस्यले भने,‘१६ बुँदे सहमति गर्ने प्रमुख दलका शीर्ष नेताहरु नै बसेर यसको टुंगो लगाउनुपर्छ।'
संविधानको प्रस्तावनामा नै बहुलवाद शब्द उल्लेख गर्ने कि नगर्ने भन्नेमा पनि सहमति कायम हुन सकेन।
कांग्रेसले प्रस्तावनामा बहुलवाद जसरी पनि राख्नैपर्ने आफ्नो अडान यथावत राखेको छ। तर एमाओवादी असहमत भएपछि उपसमितिमा पनि टुंगो नलागेको उनको भनाई छ।
त्यसैगरी वंशजका आधारमा दिइने नागरिकतामा आमा र बावु नेपाली नागरिक हुनुपर्ने उल्लेख गर्ने कि आमा वा बावु भन्ने विषयमा अझै पनि विवाद कायमै छ। यो विषय पनि समितिमा नै पठाइएको छ।
स्रोतका अनुसार समितिले अब शीर्ष नेताहरुसँग विवादित विषयमा एकपटक छलफल गर्नेछ।
‘बुहारी र ज्वाईलाई समान व्यवस्था हुनुपर्ने विषय उपसमितिमा उठेपछि सहमति कायम हुन सकेन,'स्रोतले भन्यो।
उपसमितिका सदस्य काशीनाथ अधिकारीले १६ बुँदेको भावनामा कुनैपनि तलमाथि नगरी शब्दावलीमा लिपिबद्ध गर्ने काम मात्र गरिएको बताए।
यसैगरी कार्यपालिकाका सम्बन्धमा देखिएको विवाद पनि टुंगो लाग्न सकेन। संविधानमा विशेष संरचना, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र राख्ने कि नराख्ने भन्ने बारेमा छलफल भएपनि टुंगो लाग्न सकेन।
‘कांग्रेस र एमालेले १६ बुँदेको अलिखित समझदारी यो हटाउने भएकाले राख्न नहुने धारणा राख्नुभयो,'उपसमिति स्रोतले भन्यो,‘तर एमाओवादी र मधेसवादी दलले अघिल्लो संविधानसभाले नै टुंगो लगाएका विषय भएकाले राख्नैपर्ने अडान राखेपछि समितिमा नै पठाउने कुरा भएको छ।'
उपसमितिका सदस्य रेवतीरमण भण्डारीले अन्य समितिको कार्यक्षेत्रमा पर्न सक्ने बाहेक सवै विषय १६ बुँदेकै स्पिरिटमा टुंगो लगाएको बताए।
‘केही शब्द हेरफेर र प्राविधिक विषय बाहेक थपघट नगरी उपसमितिले आफ्नो काम गरेको छ,' उनले भने।
विशेष संरचना राख्ने कि नराख्ने, प्रदेश सभालाई जिम्मा दिने कि नदिने भन्ने विषयमा विवाद भएको स्रोतले जनायो।
त्यसैगरी प्रधानमन्त्रीको लागि अविश्वासको प्रस्ताव दुईबर्षभित्र ल्याउँदा भावी प्रधानमन्त्रीको नाम राख्न पर्ने कि नपर्ने भन्नेमा पनि विवाद भएको थियो। यसमा भने धेरैजसो सदस्य भावी प्रधानमन्त्रीको नाम राख्न नपर्ने पक्षमा देखिएको स्रोतले जनायो।

‘२५ प्रतिशतले अविश्वासको प्रस्ताव दर्ता गर्दा प्रधानमन्त्रीको उम्मेदवार पनि तोक्नुपर्ने व्यवस्था हटाउनुपर्ने कांग्रेस र एमालेको धारणा रहेको छ,'स्रोतले भन्यो,‘यसमा एकमत हुन सकेन। तर अन्य दलका पनि धेरै सभासदहरु यसको पक्षमा देखिएका छन्।'
पाँचवटै उपसमितिले आफ्नो प्रतिवेदन बुधबार समितिको बैठकमा पेश गर्नेछन्। समितिको बैठक बुधबार नै बोलाइएको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस