चुनावी तालमेल: दाङका दुई उपमहानगरमा सकस
२५ चैत्र २०७८
•
५ मिनेट पाठ
चुनावी तालमेल: दाङका दुई उपमहानगरमा सकस
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको अडान छ ‘गत स्थानीय तहको निर्वाचनमा प्राप्त जनमत नै चुनावी तालमेलको पहिलो आधार हो।’ यसर्थ प्रदेशका १२ वटै जिल्लाका स्थानीय तहहरुमा गत निर्वाचनमा प्राप्त जनमतको आँकडा कांग्रेसले मूल्यांकन गर्ने र सोही आधारमा तालमेल हुने उनको भनाई छ ।  




यसअघि गठबन्धनमा आवद्ध दलहरुबीच चुनावी तालमेल गर्न नहुने खडान राख्दै आएका पुन कांग्रेसको केन्द्रीय समितिले चुनावी तालमेल गरेर जाने निर्णय गरेपछि गठबन्धनको पक्षमा सहमत त देखिएका छन्, तर गत निर्वाचनको जनमतलाई चुनावी तालमेलको पहिलो आधार बनाईनुपर्ने सर्तमा अडिग छन् ।  

उनी जस्तै आम कांग्रेसीहरुले पनि चुनावी तालमेलको पहिलो आधारकारुपमा गत स्थानीय तहको निर्वाचनमा प्राप्त मतलाई पहिलो आधार बनाईनु पर्नेमा जोड दिईरहेका छन्। कांग्रेसीहरुको बुझाई छ ‘अन्यथा चुनावी तालमेलको कुनै अर्थ रहने छैन।’ गत निर्वाचनको जनमतलाई आधार मान्ने हो भने यसअघि एमालेले जीत निकालेका दुबै प्रमुख स्थानीय तह (उपमहानगर) हरुमा नेपाली कांग्रेसले नै प्रमुखको उम्मेदवारी पाउने अवस्था सहजै आउँछ। तर माओवादीले पनि दुई मध्य एक उपमहानगरमा आफ्नो नेतृत्व दाबी गरिरहेका कारण तालमेलमा सकस रहने देखिन्छ।  

गत स्थानीय तहको निर्वाचनमा घोराही उपमहानरपालिकाको प्रमुखमा एमालेका नरुलाल चौधरीले २२ हजार ३० मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेसका भुपबहादुर डाँगी १७ हजार ४ सय ८४ मत प्राप्त गर्दै दोस्रो बनेका थिए। माओवादीका जीवन गौतम तेस्रो बनेका थिए। उनले १२ हजार ८२ मत मात्रै प्राप्त गरेका थिए। गत निर्वाचनको जनमतलाई हेर्ने हो भने माओवादी भन्दा कांग्रेस ५ हजार मतले माथि छ। यसर्थ यो जनमतलाई आधार मानेर घोराही उपमहानगरपालिकामा कांग्रेसले गठबन्धनका तर्फबाट प्रमुखको दाबेदारी प्रस्तुत गरिरहेको छ।  

‘गएको स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार बनाएर अघि बढ्ने भन्ने गठबन्धनको बैठकमा पनि छलफल भएको हो,’ कांग्रेसका एक जिल्ला नेताले भने ‘यसर्थ घोराही उपमहानगरपालिकाको मेयरका लागि गत स्थानीय तहको जनमतले कांग्रेसका लागि बाटो खुल्ला गरिदिएको छ ।’

इसैगरि तुलसीपुर उपमहानगरपालिकामा पनि कांग्रेसको दाबी प्रमुखमै छ। यो दाबीको पहिलो आधार पनि गत सथानीय तहको निर्वाचनमा प्राप्त जनमतलाई नै मानिएको छ। अघिल्लो स्थानीय तहको निर्जाचनमा यो उपमहानगरपालिकामा पनि एमालेले जितेको थियो। एमाले २२ हजार ८ सय ५७ मत ल्याउँदै निर्वाचित हुँदा कांग्रेस १८ हजार ९ सय ३ मतका साथ दोस्रो स्थानमा रह्यो। अनि नेकपा माओवादी केन्द्र कांग्रेस भन्दा १० हजार कम अर्थात ८ हजार ६ सय ९३ मतका साथ तेस्रो स्थानमा रह्यो। अघिल्लो स्थानीय तहको निर्वाचनमा आफू भन्दा १० हजार कम मत प्राप्त गरेको माओवादीलाई तालमेलकै नाममा प्रमुख पद नछोड्ने निचोडमा कांग्रेस पुगिसकेको छ।  

जिल्लाका १० स्थानीय तह मध्य माओवादी भन्दा बढि मत प्राप्त गरेका दुई उपमहानगरपालिकामा आफ्नो नेतृत्व कदापी नछोड्ने मनस्थितीमा छ। ‘गएको निर्वाचनमा धेरै कम मत ल्याउने दललाई नेतृत्व छोड्नु पर्ने अवस्था आउँछ भने त्यो कस्तो तालमेल हो?’ कांग्रेसका एक नेताले भने ‘यो त तालमेलका नाममा अरु दललाई उकास्ने नियत भैहाल्यो नि।’

तर गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले भने दुई उपमहानगर मध्य एक उपमहानगरमा आफ्नो नेतृत्व रहनु पर्ने दाबी गरिरहेको छ। आफू गठबन्धनको दोस्रो ठूलो दल भएका कारण स्वाभाविरुपमा एउटा उपमहानगरमा आफ्नो नेतृत्व हुनुपर्ने निष्कर्षमा माओवादी पुगेको  छ। ‘जिल्लाका दुई उपमहानरपालिका मध्य एउटा उपमहानगरमा हाम्रो नेतृत्व रहनु पर्छ भन्नेमा हाम्रो निर्णय भएको छ,’ नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक सुबास पुनले भने ‘माओवादी गठबन्धनको दोस्रो दल भएकाले पनि एउटा उपमहानगरको नेतृत्वमा हाम्रो दाबी रहनु स्वाभाविक हो ।’  

जिल्ला स्तरबाट एउटा उपमहानगरमा आफ्नो दाबी गरिरहेको भएपनि महानगर र उपमहानगरको भागबण्डा केन्द्रले नै मिलाउने भएकाले के हुने भन्नेमा भने अन्यौल नै रहेको उनको भनाई छ। ‘जिल्लाका साथीहरुले एउटा उपमहानगरमा हाम्रो नेतृत्व रहनु पर्छ भन्नु भएको छ,’ पुनले भने ‘तर महानगर र उपमहनगरको भागवण्डा केन्द्रले नै टुंग्याउने भएकाले अहिले के हुने भन्ने निक्र्यौल त भैसकेको छैन।’

पुनले भने अनुसार माओवादीको केन्द्रीय कमिटिले निर्णय गरेको खण्डमा दाङका दुई उपमहानगर मध्य घोराही उपमहानगरमा आफ्नो दाबी गर्ने देखिन्छ। यो उपमहानगर माओवादी प्रवक्ता कृष्णबहादुर महराको चुनावी क्षेत्र हो। यसर्थ महराले आफ्नो चुनावी क्षेत्रको उपमहानगरमा आफ्नो पार्टीको नेतृत्व दाबी गर्ने सम्भावना अधिक देखिएको छ। स्रोतका अनुसार महराले घोराही उपमहानगरमा आफुहरुको दाबी रहने भन्दै लबिङ समेत गरिरहेका छन्।  

उता तुलसीपुर उपमहानगरपालिका भने कांग्रेस केन्द्रीय सदस्यद्धय दीपक गिरी र गेहेन्द्र गिरीको चुनावी क्षेत्र हो। यसर्थ गिरीद्धयले आफ्नो चुनावी क्षेत्रमा रहेको उपमहानगरको नेतृत्व माओवादीलाई दिन मान्ने छैनन्। त्यो क्षेत्रमा माओवादीका हेभिवेट नेताहरु नरहेका कारण पनि तुलसीपुर उपमहानगरको नेतृत्व कांग्रेसलाई छोडिदिने र घोराही उपमहानगरको नेतृत्व आफूले लिने दाउमा माओवादी देखिन्छ। घोराही उपमहानगरको नेतृत्व लिएको खण्डमा यो उपमहानगरमा कांग्रेसीहरुलले तालमेललाई कति कार्यान्वयन गर्छन् भन्ने प्रश्न पनि उब्जिएको छ। 

तत्कालीन संविधानसभा सदस्य राजु खनाल र कांग्रेस राष्ट्रियसभा प्रमुख सचेतक अनिता देवकोटाको क्षेत्र पनि यही घोराही उपमहानगर नै हो। ‘दुई वटै उपमहानगरको नेतृत्व पनि दिने , अनि घोराही उपमहानगर रहेको चुनावी क्षेत्र पनि माओवादी नेता कृष्णबहादुर महरालाई छोडिदिने हो भने त कांग्रेसको अस्तित्व कहाँ रहन्छ?’ कांग्रेस नेताहरु भन्छन् ‘यो त तालमेलका नाममा कांग्रेस आफू सकिएर माओवादीलाई माथि उठाएको जस्तो भैहाल्यो नि।’  

स्वाभावि रुपमा प्रतिनिधिसभा निर्वाचनमा पनि तालमेल हुने परिस्थति बनेमा माओवादीका नेता महरा यही चुनाव क्षेत्रबाटै उम्मेदवार बन्नेमा आशंका रहन्न। माओवादीका हेभिवेट नेता महराको चुनावी क्षेत्र यही नै रहेकाले दोस्रो तहका नेता उनले चाहेकै स्थानमा चुनाव लड्न सक्ने सामथ्र्य माओवादीभित्र राख्न सक्छन्। फलतः अहिले उपमहानगरको नेतृत्व पनि माओवादीलाई दिने र प्रतिनिधिसभा निर्वाचनमा पनि माओवादीलाई छोडिदिने परिस्थती बन्न सक्ने सम्भावनादेखि कांग्रेसीहरु तर्सिएका छन्। 
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
२ घण्टा अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस