काठमाडौं– काठमामाडौं महानगरपालिकाको स्वामित्वको पुरानो बसपार्कस्थित सिटी मार्केटबारे त्रिपक्षीय विवाद शुरु भएको छ। वैशाख १२ गतेको भूकम्पपछि महानगरले सो बजार रहेका सटर भवन खाली गर्न उर्दी जारी गरेपछि विवाद चर्किएको हो।भूकम्पले महानगरपालिका कार्यालय सञ्चालन हुँदै आएको बाघदरबार, सुन्धाराको भवन भत्किएपछि महानगरपालिका सुरक्षित कार्यालय खोज्दै सिटी मार्केट पुगेको हो।
‘हामीले प्राविधिक सहितको टोली पठाएर महानगरको स्वामित्वमा रहेका सम्पूर्ण भवनको अध्ययन गरेर सिटी मार्केटलाई उचित ठहर्याएका हौं,’ महानगरपालिका कार्यालयका प्रवक्ता शान्तराम पोखरेलले नागरिकन्युजसँग भने, ‘हामीले भाडा तिर्नुनपर्ने भवन सिटी मार्केट मात्र भएकाले व्यापारीहरुले खाली गर्नैपर्छ।’
सिटी मार्केटमा व्यापार सञ्चालन गर्दै आएका व्यापारीहरु भने त्यहाँबाट हट्नै चाहँदैनन्। ‘ठेकदारसँग हामीले २०७६ सालसम्मको सम्झौता गरेर बसेका हौं,’ एक व्यापारीले भने, ‘यहाँ व्यापार गर्ने अधिकांश व्यापारी भूकम्पप्रभावित रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोटलगयत जिल्लाका छौं। भूकम्पले घर पनि भत्काएको बेला महानगरले हामीलाई यसरी विस्थापित गर्न पाउँदैन।’
यही सन्दर्भमा बुधबार संसदको सार्वजनिक लेखा समितिले पनि व्यापारीकै पक्षमा निर्णय गरेको छ। बुधबार बसेको समितिको बैठकले समितिको अर्को निर्देशन नआउञ्जेलसम्म व्यापारीहरुलाई सिटी मार्केटबाट नहटाउन महानगरपालिकालाई निर्देशन दिने निर्णय गरेको समिति सभापति जनार्दन शर्माले बताए।
समिति र अख्तियारको दोहोरो निर्देशन
समितिले बुधबार मात्रै व्यापारीलाई अर्को निर्देशन नआउञ्जेलसम्मका लागि नहटाउन निर्देशन दिएको छ। विनाप्रतिस्पर्धा महानगरपालिकाले एउटै व्यक्ति(सुरेन्द्र दाहाल)लाई बारम्बार ठेक्का दिएको र महानगरले लिनु पर्ने भाडाबापतको रकममध्ये पनि निकै बढी बक्यौता राखेको भन्दै उक्त ठेक्का खारेज गरेर प्रतिस्पर्धाबाट नयाँ ठेक्का लगाउन अख्तिायरले महानगरपालिका कार्यालयलाई निर्देशन दिएको थियो।
यसअघि नै ९ वर्ष ९ महिनाको ठेक्का सम्झौता पूरा गरी महानगरले पुनः २०६८ सालमा उनै ठेकेदार सुरेन्द्र दाहालाई नै ९ वर्षका लागि ठेक्का दिएको थियो। सो सम्झौताअनुसार ३ महिनासम्मको बक्यौता नतिरे सम्झौता रद्द हुने प्रावधान पनि थियो। सम्झौताअनुसार वक्यौता नउठाएको र बिना प्रतिस्पर्धा एउटै व्यक्तिलाई बारम्बार ठेक्का दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ कार्तिकमा उक्त सम्झौता रद्द गर्न निर्देशन दियो। अख्तियारको निर्देशनपछि २०७१ साल कार्तिक १५ गते महानगरले सुरेन्द्र दाहालसँगको सम्झौता तोडिएको घोषणा गर्यो। र नयाँ ठेक्का प्रक्रिया शुरु गर्ने बतायो।
अहिले व्यापारीहरुले भने सुरेन्द्र दाहालसँग आफूहरुले २०७६ सालसम्मका लागि सटर सम्झौता गरी लिएको भन्दै छोड्न मानेका छैनन्। ‘सुरेन्द्रसँगको हाम्रो ठेक्का रद्द भएपछि व्यापारीहरुले पनि नयाँ विकल्प बारे त्यतिबेलैबाट सोच्नु पर्ने थियो,’ महानगरका प्रवक्ता पोखरेलले भने, ‘अहिलेको अवस्थामा महानगरका २ हजार कर्मचारी सुरक्षित ठाउँमा बसेर ४० लाख महानगरबासीलाई सेवा दिनु पर्नेछ। व्यापारीको भन्दा महानगरको समस्या नै ठूलो छ। अर्को तर्फ भूकम्पपछि आवास गुमाएका मजदूरहरुले त आफ्नो जोहो गरिसकेको अवस्थामा व्यापारीले अर्को सटर खोज्न नसक्ने भन्ने कुरै हुँदैन र खोज्नुपर्छ।’
सटर खाली गर्न महानगरले २ महिनासम्मको समय दिइसकेकोले अबको केही दिनपछि नै खाली नगरे कानूनी प्रक्रियाद्वारा खाली गराइ छोड्ने तयारी महानगरको छ।
सुरेन्द्र दाहासँग २ करोड १९ लाख र व्यापारीसँग १२ लाख बक्यौता
२०६८ सालअघिका ९ वर्ष ९ महिना र त्यपछि २०७१ कार्तिक १५ अघिसम्मको गरी सुरेन्द्र दाहालेले महानगरपालिकालाई २ करोड १९ लाख रुपैयाँ भाडा तिर्न बाँकी छ। व्यापारीले त्यसयता ६२ लाख रुपैयाँ तिरिसकेका छन्। बिजुली र पानीको कटाएर अब करिब १२ लाख रुपैयाँ मात्र तिर्न बाँकी रहेको महानगरका राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले बताए।