काठमाडौ-ट्रमा सेन्टर सञ्चालन प्रक्रियाबारे चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र वीर अस्पतालबीच पुनः विवाद सुरु भएको छ। माघ तेस्रो साताबाट जेनतेन चलाइएको ट्रमा आ–आफ्नै मातहत चलाउन दुवै निकायका उच्च अधिकारीबीच खिचातानी चलिरहेको छ। यही बेला स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले ट्रमाका लागि छुट्टै दरबन्दी सृजना गरेपछि विवाद थप चर्कने भएको हो।यसअघि वीरअन्तर्गत नै रहने गरी छुट्टै डेपुटी डाइरेक्टर राखेर ट्रमा सेन्टर सञ्चालन गर्ने सहमति भए पनि पछिल्लोपटक न्याम्सअन्तर्गत रहनेगरी कामकारबाही अगाडि बढाइएको वीरका अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले जानकारी दिए।
‘उपकुलपति, मन्त्रीज्यूलगायतले माथिमाथिबाटै सल्लाह नगरी नयाँ निर्णय गराइसक्नुभएछ,' पण्डितले नागरिकसँग भने, ‘वीरअन्तर्गत रहोस् र एकअर्काको परिपूरक रुपमा सञ्चालन होस् भन्ने थियो, अब नहुने भयो।'
जेठ २१ को मन्त्रिपरिषद बैठकले ट्रमा सेन्टरका लागि २ सय ८८ जनाको दरबन्दी स्वीकृत गरी प्रतिष्ठान सक्षम नहुँदासम्म सरकारले नै कर्मचारी व्यवस्था गर्ने निर्णय लिएको छ। ट्रमा सञ्चालनमा सघाउने गरी भएको यस निर्णयले यसअघि ट्रमा वीरअन्तर्गत नै सञ्चालन गर्ने मन्त्रिपरिषदकै निर्णय सच्याएर न्याम्सअन्तर्गत राख्न सहज बनाएको अधिकारी बताउँछन्। सरकारले हस्तान्तरणपूर्व नै ट्रमालाई स्वास्थ्य मन्त्रालयअन्तर्गत लैजाने निर्णय लिएकोमा पुस ११ को मन्त्रिपरिषदले यसअघिको ‘ट्रमा सेन्टर विकास समिति' गठन आदेश खारेज गरी पुनः वीर अस्पतालबाटै सञ्चालन गर्ने निर्णय लिएको थियो। ट्रमा सेन्टरमा रहेका पदाधिकारी स्वतः अवकाश हुने र ट्रमा विकास समितिको चलअचल सम्पत्ति, ऋण तथा दायित्व सम्पूर्ण न्याम्सको स्वमित्वमा सार्ने त्यतिबेलै निर्णय भएको थियो।
यस्तो निर्णयसँगै न्याम्स पदाधिकारीले ट्रमाका दुई विभाग अर्थोपेडिक्स र न्युरो सर्जरीलाई सारेर तत्काल सञ्चालन गर्ने निर्णय गरेका थिए। ट्रमालाई एउटै आर्थिक र प्रशासनिक संरचनाअन्तर्गत वीरअन्तर्गत राखेर डेपुटी डाइरेक्टर नियुक्त गरी चलाउने सहमति भएको निर्देशक पण्डितले बताए।
यही निर्णयपछि ट्रमा बिस्तारै सञ्चालनमा आएको थियो। वैशाख १२ को भूकम्पमा वीर अस्पतालको पुरानो भवनमा क्षति पुगेपछि वीरकै अधिकांश विभाग र वार्ड सारेर ट्रमालाई पूर्ण रुपमा सञ्चालनमा ल्याइएको थियो।
न्याम्सका उपकुलपति डा. गणेश गुरुङले ट्रमा न्याम्सअन्तर्गत छुट्टै निकायका रुपमा सञ्चालन गरिने बताए। उनले तीव्र राजनीतीकरण, कमजोर व्यवस्थापनजस्ता कारण वीरप्रतिकै धारणा नकारात्मक भइरहेको अवस्थामा वीरअन्तर्गत राखेर छुट्टै निकायका रुपमा सञ्चालन गर्ने आफ्नो योजना रहेको पनि सुनाए।
२ सय बेड क्षमताको ट्रमामा अहिले ३ सयभन्दा बढी बेड सञ्चालनमा छन्। वीरकै जनशक्ति लगेर काम चलाइए पनि अहिले न्याम्स प्रशासन छुट्ट्याउने बाटोमा लागेपछि वीर प्रशासनसमेत बिस्तारै आफ्ना जनशक्ति र विभाग फर्काउने बाटोमा छ। डा. पण्डितले हाल क्षति पुगेका संरचनाको पुनर्निर्माण सुरु भइसकेको भन्दै सो संरचना बनिसक्नासाथ ट्रमामा लगिएका बेड र जनशक्ति सबै वीरतिरै ल्याउने बताए।
‘चार टिम बनाएर मर्मत चलिरहेको छ, करिब एक महिनाभित्रै ट्रमातिर गएका सबै सेवा वीरबाट सुचारु हुन्छन्,' उनले भने।
पछिल्लो मन्त्रिपरिषद निर्णयअनुसार यसको कर्मचारी दायित्व सरकारले नै लिएकाले छिट्टै नयाँ कर्मचारी आउने र त्यसले ट्रमा सञ्चालन सहज हुने उपकुलपति गुरुङले विश्वास व्यक्त गरे।
‘कि सरुवा गरेर ल्याउँछ कि मन्त्रालयले करार नियुक्ति गरेर पठाउँछ वा हामीलाई नै अस्थायी व्यवस्था गर्न अधिकार दिन सक्छ,' उनले भने। मन्त्रिपरिषद निर्णयले लोकसेवाबाट पदपूर्ति नहुँदासम्म आवश्यक कर्मचारी करार नियुक्तिमा मन्त्रालयले चलखेल गर्न लागेको मन्त्रालयका अधिकारीहरु बताउँछन्। ठूलो मात्रामा जनशक्ति नियुक्तिमा को हावी हुने भन्ने विवाद अहिले झन् बल्भि्कएको स्रोत बताउँछ।
डा. गुरुङले लिखित रुपमा कतैबाट असन्तुष्टि नआएको भन्दै आफ्नै भिजनअनुसार ट्रमा चलाउने बताए। ‘वीरकै पब्लिक इमेज राम्रो छैन, यस्तो अवस्थामा जोडेर होइन, छुटाएरै ट्रमालाई विशिष्ट सेवा दिने संस्था बनाउने हो,' उनले भने। उनले वीरभन्दा भिन्न ५० प्रतिशत भत्ता पनि कामका आधारमा मात्रै दिने र ट्रमामा ननप्राक्टिसिङ र हस्पिटलबेस प्राक्टिस लागू गर्ने बताए।
उनले ट्रमा इमर्जेन्सी कायमै राखेर अन्य इमर्जेन्सी वीरतिरै सार्ने जानकारी पनि दिए। ट्रमाका बिरामीले मात्रै २ सय शऒ्ढया भरिन नसक्ने भन्दै उनले त्यसका लागि अर्थोपेडिक्स पूरै विभाग ट्रमातिरै सार्ने आफ्नो सोच रहेको पनि सुनाए। न्युरोसम्बन्धी ट्रमा, प्लास्टिक सर्जरी र बर्न वार्ड पनि ट्रमातिरै सारिने, ट्रमासम्बन्धी विभाग सार्दा वीरमा पनि अन्य सेवा विस्तारका लागि सहयोग पुग्ने र ट्रमालाई पनि काम पुग्ने डा. गुरुङले बताए। वीरका अधिकारी कुनै पनि विभाग यता सार्न नहुने पक्षमा छन्।
दुवै निकायबीच लडाइँ भएको देखिए पनि त्यो स्वार्थपूर्ण रहेको मात्रै भएको बताए। ‘ट्रमा न्याम्स र यसका भिसीअन्तर्गत हुन्छ, त्यो हिसाबले जिम्मेवारी मेरै हो,' डा. गुरुङले भने, ‘म पहिल्यैदेखि यसको भिजन बनाउने काममा पनि लागेकोले ट्रमा यसरी नै चल्छ।'
अहिले पनि ट्रममा अधिकांश कर्मचारी र शल्यकक्षका सामान वीरबाट लगिएको छ। कर्मचारी पनि १० जना नर्स र केही प्रशासनिक मात्रै मन्त्रालयले काजमा खटाएको छ। वीरका अधिकांश वार्ड र इमर्जेन्सी, अर्थो र न्युरो ओपिडीसमेत ट्रमामै सञ्चालनमा छ। केही भवनमा क्षति भए पनि ५ सय ५८ बेडको वीरका ट्रमामा नअटेका करिब ७२ बेड कम भएका छन्। अहिले ट्रमा पूर्ण रुपमा सञ्चालन भएको देखिए पनि वीरमा स्थान अभावले त्यस्तो देखिएको वीरका अधिकारी बताउँछन्। वरिष्ठ चिकित्सकहरुका अनुसार दुई संस्थाबीच द्वन्द्व बढेर गए छुट्टै रुपमा सञ्चालन भए पनि दीर्घकालीन असर पर्ने बताउँछन्।
‘प्राविधिक र विशेषज्ञ जनशक्ति तथा उपकरण आदानप्रदानका लागि दुई संस्थाबीच सधैँ सौहार्दपूर्ण सम्बन्ध हुनुपर्छ,' एक वरिष्ठ चिकित्सकले भने, ‘यो लडाइँ जारी रहे संस्था छुट्टिएपछि संस्था सञ्चालन झन् कठिन हुन्छ।'
दुर्घटना एवं अन्य चोटपटकका बिरामीलाई उच्चस्तरीय विशेषज्ञ सेवा दिन वीर अस्पतालकै सेवा विस्तारका रुपमा १८ वर्षअछि शिलान्यास गरिएको ट्रमा सेन्टर पाँच वर्षअघि नै निर्माणसम्पन्न भए पनि सञ्चालन भएको थिएन। त्यतिबेला भने स्वास्थ्य मन्त्रालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बीच कसले चलाउने भन्ने विवाद चर्किंदा सञ्चालन ढिलाइ भएको थियो।