नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचन विरोधी समूहले चुनाव सर्ने हल्ला गरेको बताएका छन्।
कलैयामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपालले सत्ता साझेदार पार्टीका नेताहरु चुनावको तयारीमा लागि सकेकोले चुनाव कुनै पनि हालतमा नसर्ने बताए।
वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनको तयारीकै क्रममा आफू बारा आएको नेपालले बताए। सोहीक्रममा उनले भोखमरी, बोरोजगारी, अशिक्षा एकीकृत समाजवादी पार्टीका प्रतिद्वन्द्वी भएको बताए।
बारामा रहेका स्थानीय तहहरुमा सत्ता साझेदारहरुबीच तालमेल हुने सम्भावन बढी रहेको नेता नेपालले बताए।
आउने स्थानीय तह लगाएत तीनवटै तहको निर्वाचनको लागि तयारी रहन नेता कार्याकर्ताहरुलाई निर्देशन समेत नेता नेपालले दिए।