रौतहटको गरुडा नगरपालिकामा नेकपा एमालेको नगर समितिमा योगेन्द्र साह निर्वाचित भएका छन्। दुई हप्तापहिले सम्पन्न भएको नगर अधिवेशनमा धेरै जना आकांक्षी भएपछि पाँच सदस्य अध्यक्ष मण्डललाई अध्यक्ष तथा पदाधिकारी चयन गर्ने जिम्मेवारी सर्वसम्मतले दिएको थियो।
अध्यक्ष मण्डलका अध्यक्ष तथा नेकपा एमाले रौतहट जिल्ला समितिका अध्यक्ष त्रिभुवन साहले अध्यक्ष मण्डलमा सर्वसहमति कायम भएको निर्णय सुनाउँदै नगर पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको शपथ दिलाएका छन्।
गरुडा नगरपालिका ४ मित्रनगरस्थित तुलसीलाल स्मृति प्रतिक्षालयमा जिल्ला अध्यक्ष साहले शनिवार दिउँसो पद तथा गोपनीयतको शपथ दिलाएका हुन्।
एमाले गरुडा नगर समितिको अध्यक्षमा योगेन्द्र साह, उपाध्यक्षमा बलिराम सहनी, सचिवमा अन्जनीकुमार साह तथा सहसचिवत्रयमा उमेश राय यादव, सदरे आलम तथा सुरुज बैठा चयन भएका छन्। एमालेको गरुडा नगर समिति ६५ सदस्यीय भएको जनाइएको छ।
कार्यक्रममा पार्टीका प्रदेश सदस्य रामजी साह, जिल्ला उपाध्यक्ष दीपक राय यादवलगायतले मन्तव्य व्यक्त गर्दै नगरमा चुनाव जिताउने जिम्मेवारी आएको बताएका छन्।