नालायकहरुले नाै महिनामै देश कंगाल बनाएः अध्यक्ष ओली
२६ चैत्र २०७८
•
३ मिनेट पाठ
नालायकहरुले नाै महिनामै देश कंगाल बनाएः अध्यक्ष ओली
बागलुङमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिरः संगम/नागरिक
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नालायकहरुले नाै महिनामै देश कंगाल बनाएको बताएका छन्।




शनिबार बागलुङमा स्थानीय तह निर्वाचित केन्द्रीय प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले आफ्नो सरकार हुँदा जति खर्च गरे पनि एक वर्षका लागि पुग्ने सञ्चित विदेश मुद्रा रहेकोमा वर्तमान सरकारले ९ महिनामै सकेर कंगाल बनाएको आरोप लगाए। ‘मेरो नेतृत्वमा सरकार हुँदा जे जति खर्च गरे पनि एक वर्षलाई पुग्ने विदेशी मुद्राको सञ्चिती थियो,’ उनले भने,‘अहिले चार महिनाका लागि पनि नपुग्ने अवस्थामा रहेको छ। नालायकहरुको हातमा पर्‍यो भने ९ महिनामै देश कंगाल पार्न सक्दा रहेछन् भन्ने उदाहरण देखियो।’

राष्ट्र बैंकका गभर्नर पार्टीको कार्यकर्ता हुन नमान्दा वर्तमान सरकारले निलम्बन गरेको उनले आरोप लगाए। ‘अहिले अर्थ मन्त्रालयमा अर्थशास्त्री छैनन्, पढेर राष्ट्र बैंकको गभर्नर बनेकालाई कार्यकर्ता नभएको भनेर निलम्बन गरिएको छ,’ ओलीले भने, ‘वर्तमान अर्थमन्त्री त ठूलो अर्थशास्त्री अरुले केही बोल्नै हुँदैन। हम! हामीलाई सिकाउने भनेर उफ्रिहाल्छन्।’ उनले पछिल्लो तीन वर्षमा असाधारण विकास निर्माणको काम गरेको आफ्नो सरकारलाई उन्नती देख्न नचाहानेहरुले गिराएको समेत बताए।  

‘पछिल्लो चालिस महिनामा हामीले असाधारण विकासको काम गरेका छौं, पार्टी भित्रको अवरोध, कोभिडको समस्या हुँदा पनि विकासको गति रोकिएन,’ ओलीले भने,‘हजारौं पुल बनायौं, हजारौं किलोमिटर बाटो बनायौं। हुलाकी राजमार्ग सुरु गर्‍यौं, फास्ट ट्रयाकको काम अगाडि बढ्यो।’ भूकम्पले ध्वस्त पारेको देशको पुनः निर्माण आफ्नो सरकारले तीव्र गतिमा गरेको ओलीको दाबी थियो। वर्तमान सरकार देशको विकास हुन नदिने शक्तिको आडमा बनेका कारण यसबाट जनताको पक्षमा कुनै काम नहुने समेत तर्क गरे।  

गठबन्धन दलहरुमा पहिरो जाँदा एमाले प्रवेशको मूल फुटेकाले अब एमालेलाई कसैले रोक्न नसक्ने समेत बताए। ‘मैले काठमाडौमा देशभरका विभिन्न ठाउँमा पुगेर पार्टी प्रवेश गराएको छु, आजै राति पार्टी प्रवेश गराउने कार्यक्रम थियो, तर काठमाडौं पुग्न सकिने अवस्था भएन,’ शनिबार साँझ ओलीले भने,‘अहिले गठबन्धन भनिएका दलहरुमा पहिरो जाँदा एमाले प्रवेशको मूल फुटेको छ। जताततैबाट प्रवेशको लहर छ।’ जातियता र क्षेत्रीयताका नारा लगाएर समाज भड्काउन खोज्नेहरुलाई जनताले पराजित गरेको समेत ओलीको कथन छ।

‘जातियता र क्षेत्रीयताको नारा लगाएर हामीलाई मधेसमा कमजोर पारिएको थियो, अघिल्लो निर्वाचनमा हामीले दुई नम्बर प्रदेशमा जम्मा दुई सिट मात्रै जितेका हौं,’ उनी भन्छन्,‘अहिले जनताले त्यसलाई पराजित गरेका छन् र मधेस उल्टिएर एमालेमय बनेको छ। मधेसको ३२ सिटमध्ये कम्तीमा २० सिट हामी जित्ने अवस्थामा पुगेका छौं।’ पाँच दलीय गठबन्धनलाई ओलीले स्यालको झुण्डको संज्ञा समेत दिए। ‘अहिले पाँच दलीय गठबन्धन भन्ने भएको छ, यो स्यालको झुण्ड हो, यसले जति गरे पनि हात्तीको सिकार गर्न सक्दैन,’ ओलीले भने।

एमालेसंग एक्ला एक्लै भिड्दा अस्तित्व नै मेटिने देखिएको उनको भनाई छ। ‘एक्ला एक्लै आउँदा त हामी यिनीहरु सबैलाई मसलदिन्छौं, पाँच दलको गठबन्धन आउँदा अलिअलि बीउ जोगिन सक्छ,’ ओली भन्छन्,‘कोभिडको बेलामा व्यापारीहरुको व्यापार त हुन्थेन त्यही पनि आधा सटर खोल्थे त्यस्तै यी पाँच दलीय गठबन्धनको व्यापार त चल्दैन आधा सटर खोलेर बस्न सक्छन्।’ स्थानीय निर्वाचनमा ३५ हजार सिटमध्ये २० हजार र ७५३ पालिकामध्ये चार सय पालिका एमालेले जित्ने उनले ठोकुवा गरे।

जनयुद्धका नाममा १७ हजार नागरिकको बलि चढाएर अहिले राष्ट्रिय सभा सदस्यमा भाईलाई सिफारिस गरेको भन्दै उनले प्रचण्डप्रति व्यङ्ग्य कसे। दुई तिहाई बहुमत ल्याउँदा पनि प्रचण्ड, माधव नेपाल र झलनाथ खनालहरुको कारण बीचैमा सरकार ढलको ओलीको भनाई थियो। माधव, झलनाथहरु पार्टी छाडेर गएपछि एमाले झन् गतिशील बनेको ओलीले दाबी गरे। ‘कम्युनिष्ट पार्टी भित्र बसेर कम्युनिष्ट आन्दोलन र पार्टी नै सक्ने योजनामा प्रचण्ड, माधव र झलनाथहरु थिए,’उनले भने,‘नेपालमा यो सम्भव छैन। एमाले सशक्त र बलियो अवस्थामा छ।’
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
४३ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस