मन्त्रीले खोले त्रिपाल घोटालाको रहस्य
०४ असार २०७२
•
९ मिनेट पाठ
मन्त्रीले खोले त्रिपाल घोटालाको रहस्य
काठमाडौं-सहरी विकास मन्त्रालयले केही सय त्रिपाल भरपाई नगरी वितरण गरेको स्विकारेको छ। व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिलाई जानकारी गराउने क्रममा सहरी विकासमन्त्री नारायण खड्काले वितरण गर्न लैजाँदा बाटोमा खोसाखोस भएपछि भरपाई हुन नसकेको बताए।‘त्रिपाल वितरण गर्न लैजाँदा बाटोमा खोसाखोस नभएको होइन, प्रहरीले पनि केही गर्न सकेन,' मन्त्री खड्काले भने। भूकम्प गएपछिको अवस्था निकै त्रासदीपूर्ण रहेकोले त्रिपालको भरपाई राख्न नसकिएको भनाई उनको थियो। अहिले कुनै पनि निस्कर्षमा पुग्दा त्यतिबेला कर्मचारीको मनोभावलाई विर्सन नहुने तर्क उनले राखे।

‘सबै पसल बन्द दिए। सरकार असफल भयो, नालायक भयो। एउटा पाल पनि दिन नसक्ने भनि दवाब आईरहेको थियो। डर, त्रास, बीच त्रिपाल खरिद र वितरण गर्दा केही कमजोरी भए होलान्,' भावनामा बहकिदै मन्त्री खड्का भन्दैथिए, ‘जनताको जिवन बचाउने राष्ट्रको दायित्व हो। यो दायित्व पुरा गर्न दिनभर त्रिपालको लागि बार्गेनिङ गरेर बसेको भए सकिदैनथ्यो।' 

निर्णय कहिले काँही अवस्था हेरेर लिनु पर्ने उल्लेख गर्दै उनले त्यसलाई पछि विर्सन नहुन जनाए। उनले भने, ‘दिउसो वितरण गर्दा फोटो खिची पत्रिका आउने भएकोले मन्त्री र सभासदलाई विहान र बेलुकी हामीले त्रिपाल बाँडेका थियौं।' 

मन्त्रीसँगै उपस्थित भएका सहरी विकास सचिव अर्जुनकुमार कार्कीले भरपाई नभएका ३ हजार १ सय ९९ सय त्रिपाल मध्ये केही कस्ले लगेको पत्ता लागेको जानकारी समितिलाई दिए। ‘ओखलढुंगाका दुई जना सभासद (रामहरी खतिवडा र यज्ञराज सुनुवार) ले लग्नु भएको १ हजार थान त्रिपाल पनि भरपाई नभएका ३ हजार १ सय ९९ थान त्रिपाल भित्र पर्ने रहेछन् ,' सचिव कार्कीले दुई सभासदको नाम नलिई भने। 

वैशाख १२ गते विनाशकारी भूकम्प गएलगत्तै त्रिपाल वितरण गर्दा दुई सभासदसँग पनि भरपाई लिन छुटेको दाबी गर्दै उनले यस्तो संख्या निकै कम रहेको बताए। भरपाई नभई वितरण भएका त्रिपाल केही मन्त्रि, सभासद, पत्रकार, सुरक्षा कर्मीले लगेको उनले बताए, तर नाम भने उनले लिएनन्। मन्त्रालयले हालसम्म ४ लाख २५ हजार त्रिपाल खरिद गरेको समितिलाई जानकारी दिंदै उनले भने, ‘केही सयको संख्यामा मात्र त्रिपालको भरपाई नभएको पाइएको छ।' 

सचिव कार्कीको दाबी १५ मिनेट पनि टिकेन। ‘एक हजार त्रिपाल ओखलढुंगाका दुई सभासदले लगे भन्नुहुन्छ, तीनको नाम किन लिन सक्नुहुन्न?,' समितिको बैठकमा आक्रोसित हुँदै सांसद धनराज गुरुङले भने। गुरुङ्को बोली भुईमा खस्न नपाउँदै त्यहीं समितिको बैठकमा रहेक ओखलढुंगाका सभासद रामहरी खतिवडा बिचैमा भने, ‘एक हजार त्रिपाल लैजाने ओखलढुंगाका दुई सभासद मध्ये एउटा म हुँ।' भरपाइ गरेर लगेको दाबी उनको थियो। 

‘यसरी खुल्ने रहेछ त पोल विस्तारै विस्तारै। यथार्थ विवरण नभन्ने तपाईहरु (सहरी विकास मनत्री र सचिव) लाई कारवाही किन नगर्ने?,' सांसद गुरुङले प्रश्न गरे। उनले यसो भनिरहँदा मन्त्री खड्का र सचिव कार्की एकअर्कालाई हेर्दै मुसुमुसु हाँसी रहेका थिए। त्यसपछि सांसद गुरुङले कड्किंदै भने, ‘त्रिपाल खरिद र वितरणमा ठूलो भ्रष्टाचार भएको म देख्दै छु।' त्यसपछि सिन्धुपाल्चोकबाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतले पनि आफूले १ हजार त्रिपाल मन्त्रालयसँग लिई वितरण गरेको समितिलाई सुनाए। 

‘मैले किन्न खोज्दा नपाएपछि मन्त्रालयसँग मागेर १ हजार त्रिपाल लगेको हो,' सांसद बस्नेतले भने। 

बैठकमा अर्का सांसद विकास लम्सालले मुलुकको अवस्था अतिरञ्जित गरेर त्रिपाल वितरण विवरण पेश गरिएको बताए। भरपाई नगरी वितरण भएका त्रिपालमा सबैलार्य मुछी चुप लगाउन खोजिएको आशय उनको थियो। उनले भने, ‘मुलुक अफ्ठेरो अवस्थामा रहेकाबेला कसैले फाइदा उठाउनु हुँदैन। उठाउनेलाई दण्डित गरिनुपर्छ।' 

देशको भयाभव अवस्था व्याख्या गरेर मन्त्री र सचिवले समितिलाई अनियमितता ढाकछोप गर्न खोजेको आरोप सांसद प्रेमबहादुर सिंहको थियो। उनले समिति भावनामा नवहने समेत जनाए। ‘हामीले राहत वितरणमा सरकारले लिएको एकद्वार प्रणालीको समर्थन गर्यौं। यो अनियमितता नहोस भनेर गरेको हो। तर केही सांसदले भने त्रिपाल बोकेर जान पाउने, कसैलाई भने जानै नदिने। यही हो सरकारको एकद्वार प्रणाली?,' सांसद सिंहले प्रश्न गरे। 

भरपाई नदिई वितरण भएका त्रिपालका सम्बन्धमा छानबीन पछि सार्वजनिक भएका दुई वटा प्रतिवेदनमा मन्त्रालयले दुई थरी जवाफ दिएकोले नियत सफा नभएको सांसद धनराज गुरुङले बताए। उनले भने, ‘एउटा प्रतिवेदनमा पीडितले जर्बजस्ती त्रिपाल लगे भनिएको छ अर्कोमा हावाहुरी, मन्त्री, सांसद, पत्रकार, सुरक्षाकर्मीले। मन्त्रालयको नियत सफा छैन भन्ने यहीं देखिन्छ।' 

बैठकमा जवाफ दिने क्रममा मन्त्री खड्काले सरकारकै एकद्वार प्रणाली विपरित त्रिपाल वितरण गर्ने सांसदको मुत्त कण्ठले प्रशंषा गरे। ६० जना सांसदले आँफुहरुको विजोक भएको भन्दै त्रिपाल मागेपछि दिने निर्णय गरिएको उनले समितिलाई जनाए। ‘जसले त्रिपाल आफै लग्नु भयो म उहाँहरुको प्रशंषा गुर्छ। त्यस्तोबेला सहयोगको हात अघि बढाएकोमा उहाँहरुलाई धन्यावाद,' मन्त्री खड्काले भने। 

बैठकमा समितिमा सदस्य मध्ये १३ जनाले त्रिपाल खरिद र वितरणका विषयमा बोलेका थिए। बोल्ने मध्ये एक/एक जना नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका सांसद थिए भने बाँकी सबै नेपाली कांग्रेसका। बैठकमा बोल्ने कांग्रेसका धेरै सांसदले मन्त्री तथा कांग्रेस नेता खड्का र मन्त्रालयको बचाउ गरेका थिए। ‘कर्मचारीले भ्रष्टाचारै भ्रष्टाचार गरे भनी कर्मचारीको मनोवल गिराए भोली कस्ले काम गर्छ,' सांसद दीपक खड्काले भने। 

सचिव कार्कीले बैठकमा मन्त्रालयले खरिद गरेका मध्ये ७३ हजार त्रिपाल हेटौंडा र १ लाख ११ हाजर त्रिपाल गृहमन्त्रालयसँग रहेको जानकारी दिए। खरिद गरेका मध्ये कूल १ लाख ८४ हजार त्रिपाल मनसुनको लागि भनि सुरक्षित राखिएको उनले बताए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस