प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ।
आज दिउँसो साढे १२ बजे ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा पत्रकार सम्मेलन गरी एमालेले पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो।
एमालेका अनुसार तीन जना पूर्व अर्थमन्त्रीहरुको उपस्थितिमा सो पत्रकार सम्मेलन गरिने भएको हो। पत्रकार सम्मेलनमा एमालेबाट विगतमा अर्थमन्त्री बनेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा.युवराज खतिवडाले धारणा राख्नेछन्।
सो पत्रकार सम्मेलनबाट अर्थतन्त्र संकटमा परेको बेला गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएको विषयमा पनि औपचारिक धारणा आउने बताइएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र बिग्रँदै गएको बताएका थिए।