आयोगले माग्यो कोइरालासँग जवाफ
२९ चैत्र २०७८
•
३ मिनेट पाठ
आयोगले माग्यो कोइरालासँग जवाफ
निर्वाचन आयोगले निर्वाचन खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालासँग जवाफ मागेको छ। आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले गत निर्वाचनमा गरेको खर्चको यथार्थसहित सात दिनभित्र जवाफ पेश गर्न उनीलाई ध्यानाकर्षण गराइएको बताए।




उनले निर्वाचन खर्चसम्बन्धी विवरणमा डा. कोइरालाको अभिव्यक्तिले आयोगको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराए। ‘विभिन्न सञ्चार माध्यममार्फत नेता कोइरालाले दिनुभएको अभिव्यक्तिअनुसार ६ करोड रूपैयाँ खर्च भएको भन्ने आएकाले आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगका प्रवक्ता पौडेलले भने, ‘त्यस विषयमा के कसो भएको हो। सात दिनभित्र आयोगमा जवाफ पठाउन ध्यानाकर्षण गराइएको छ।’

नेता डा. कोइरालाले शनिबार एक कार्यक्रममा निर्वाचन खर्च महँगो हुँदै गएको र आफूले विसं.२०७४ को प्रतिनिधिसभा निर्वाचनमा ६ करोड रूपैयाँ खर्च गरेको अभिव्यक्ति दिएका थिए। नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेका कार्यक्रममा उनले भनेका थिए, ‘मैले नवलपरासीबाट तीनपटक जितें। पहिलो निर्वाचनमा मेरो खर्च ८० हजार रूपैयाँ थियो। दोस्रो निर्वाचनमा तीन करोड रूपैयाँ र गत निर्वाचनमा ६ करोड रूपैयाँ खर्च भएको थियो। निर्वाचन किन यति महँगो भएको हो?’

प्रवक्ता पौडेलका अनुसार २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा आयोगले उम्मेदवारलाई २५ लाख रूपैयाँ खर्च गर्ने प्रावधान तोकेको थियो। त्यसबेला आयोगमा नेता डा. कोइरालाले २१ लाख ७५ हजार रूपैयाँ खर्च भएको विवरण पेश गरेका थिए।  

आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई स्पष्टीकरण सोधेको छ। आयोगका प्रवक्ता पौडेलले तीन दिनभित्र जवाफ पेश गर्न नेकपा उसलाई निर्देशन दिएको जानकारी गराए।  

शनिबार भृकुटीमण्डपमा आयोजित एक कार्यक्रममा नेकपा (एकीकृत समाजवादी )ले आचारसंहिता उल्लंघन गरेको उजुरी आयोगमा परेको थियो। ‘नेकपा (एकीकृत समाजवादी)ले चैत २६ गते भृकुटीमण्डपमा आयोजित आमसभा निर्वाचन आचारसंहिता उल्लंघन गरेको गुनासो आमसञ्चार र सामाजिक सञ्जालमार्फत आएका थिए,’ उनले भने, ‘निर्वाचन आचारसंहिता उल्लंघन गरेकोबारे प्रमाणसहित चित्त बुझ्दो जवाफ दिन निर्देशन दिइएको छ।’ सञ्चारमाध्यमहरूमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्न प्रेस काउन्सिल नेपालले गर्ने जानकारी उनले दिएका थिए।  

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि २८ जिल्लामा आवश्यक पर्ने ४५ लाख २२ हजार निर्वाचन मतपत्र छपाइको कार्य सम्पन्न भएको जानकारी उनले दिएका थिए। आयोगले चैत २१ गतेदेखि निर्वाचनको लागि एक करोड ९४ थान मतपत्र छपाइ सुरुगरेको थियो। यसपटक कुल मतपत्रमध्ये आठदेखि २५ प्रतिशतसम्म थप मतपत्र छपाइ हुनेछ। स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता हुनेछन्। आयोगले निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदानस्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र कायम गरिसकेको छ।  

आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहज रूपमा जानकारी दिन आगामी वैशाख १ गतेदेखि हरेक दिन ‘स्थानीय तह निर्वाचन बुलेटिन’ प्रकाशन गर्ने भएको छ। सबै निर्वाचन अधिकृतले पाउने गरी एकएक प्रति मतदाता नामावली पठाउने कार्य भइसकेको जानकारी पौडेलले दिए। ‘मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय स्थापना नभएसम्मका लागि स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयन भए नभएको अनुगमन गर्ने जिम्मेवारी गृह मन्त्रालयमार्फत् सबै जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ,’ उनले भने। आयोगले केन्द्रबाट खरिद गर्नुपर्ने ३८ प्रकारका निर्वाचन सामग्रीमध्ये ३४ प्रकारका सामग्री प्राप्त भई भण्डारण भइसकेका छन्।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
३८ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस