चीनले ६० अर्ब र जापानले २० अर्ब दिने
०९ असार २०७२
•
७ मिनेट पाठ
चीनले ६० अर्ब र जापानले २० अर्ब दिने
काठमाडौं- विदेशी राष्ट्र तथा दातृ निकायले 'आकर्षक' पुनर्निर्माण प्याकेज नेपाललाई दिने भएका छन्। सरकारले बिहीबार गर्ने 'नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन' मा सहभागी हुन काठमाडौं आइपुगेका विभिन्न देशका मन्त्रीले प्रधानमन्त्री सुशील कोइरालालाई उक्त संकेत गरेका हुन्।

भारतीय विदेशमन्त्री सुषमा स्वराज, चिनियाँ विदेशमन्त्री वाङ यी, नर्वेका विदेशमन्त्री बोर्जे ब्रेन्डी, जापानका विदेश राज्यमन्त्री मिनोरू किउची, बंगलादेशका अर्थमन्त्री अबुल माल ए महथ र श्रीलंकाका विपद व्यवस्थापन मन्त्री एएचएम फाउजीले काठमाडौं आइपुगेकै दिन बुधबार प्रधानमन्त्री कोइरालासँग शिष्टाचार भेट गरी पुनर्निर्माणमा सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

'सबै देशका मन्त्रीले नेपाललाई पुनर्निर्माणमा आवश्यक पर्ने सहयोग गर्न आफ्नो देश तयार रहेको बताउनुभयो,' प्रधानमन्त्री कोइरालाका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले नागरिकसँग भने।

परराष्ट्र मन्त्रालय स्रोतअनुसार सम्मेलनमा सहभागी हुन आएकामध्ये ४ राष्ट्र तथा दातृ निकायले मात्र १ खर्ब रुपैयाँ आर्थिक सहयोग गर्ने जनाउ प्रधानमन्त्रीलाई दिएका छन्। यसको आधिकारिक घोषणा भने उनीहरूले बिहीबार हुने सम्मेलनमा गर्नेछन्।

स्रोतका अनुसार नेपालको पुनर्निर्माणमा सबैभन्दा बढी आर्थिक सहयोग चीनले गर्ने भएको छ। प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ विदेशमन्त्री यीले चीनले ६० करोड अमेरिकी डलर (करिब ६१ अर्ब २० करोड रुपैयाँ) नेपाललाई आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। यस्तै, जापानका विदेश राज्यमन्त्री किउचीले प्रधानमन्त्री कोइरालासँगको भेटमा २० करोड अमेरिकी डलर (करिब २० अर्ब ४० करोड रुपैयाँ) सहयोग गर्ने बताए। भारतले भने बिहीबार नै सहयोग प्याकेज सार्वजनिक गर्ने जनाउ दिएको स्रोतले जनायो।

युरोपेली युनियन (इयु) ले भने नेपालको पुनर्निर्माणलाई १० करोड युरो ( करिब ११ अर्ब ४० करोड रुपैयाँ) उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। नेपालको चौथो ठूलो दातृ राष्ट्र नर्वेले पनि पुनर्निर्माणमा ५ करोड अमेरिकी डलर (करिब ५ अर्ब १० करोड रुपैयाँ) दिने प्रतिबद्धता गरेको स्रोतले बतायो।

वैशाख १२ गते ७.६ म्याग्निच्युडको भूकम्पले ठूलो जनधन क्षति गरेपछि पुनर्निर्माणमा सहयोगका लागि सरकारले मित्र राष्ट्र र दातृ निकायलाई आग्रह गरेको थियो। यसकै लागि सरकारले असार १० गतेलाई अन्तर्राष्ट्रिय सम्मेलन घोषणा गरेको थियो। सम्मेलनमा सहभागी हुन ५६ राष्ट्र तथा दातृ निकायका २ सय ८० प्रतिनिध काठमाडौं आइपुगेका छन्।

'भूकम्पपछि कस्ता घर बनाउने, विकासलाई कसरी अघि बढाउने, पुनर्निर्माण योजना कस्तो बनाउने भन्ने ठूलो चुनौती छ। हामीले यो पीडा गुजरातमा भोगेका थियौं,' प्रधानमन्त्रीसँगको भेटमा भारतीय विदेशमन्त्री स्वराजले भनिन्, 'भूकम्पपछिको पुनर्निर्माणलाई अवसरका रूपमा लिनुहोला। त्यसका लागि आवश्यक सहयोग गर्न हामी तयार छौं। म हाम्रो प्रधानमन्त्रीको यही सन्देश लिएर आएको हुँ।'

सम्मेलनमा सहभागी हुन आएका अन्य देशका विदेशमन्त्री समकक्षी महेन्द्रबहादुर पाण्डेसँग द्विपक्षीय भेटवार्ता गरेर प्रधानमन्त्री कोइराला भेट्न बालुवाटार पुगेका थिए भने भारतीय विदेशमन्त्री स्वराज शिष्टाचार भेट गर्न सिधै बालुवाटार गएकी थिइन्। परराष्ट्रका अनुसार विदेशमन्त्री स्वराजको परराष्ट्रमन्त्री पाण्डेसँग बिहीबार सम्मेलनस्थल सोल्टी होटलमा द्विपक्षीय भेटवार्ता हुनेछ।

चिनियाँ विदेशमन्त्री यीले पनि भेटमा नेपालको पुनर्निर्माणमा जस्तोसुकै सहयोग गर्न चीन तयार रहेको बताए। 'यो दुःखको घडीमा हामी तपाईंहरूसँगै छौं। हामी सहयोग गर्न तयार छौं,' यीले प्रधानमन्त्रीसँगको भेटमा भनेका थिए।

जापानका विदेश राज्यमन्त्री किउचीले पनि नेपालको पुनर्निर्माणमा आफ्नो देश जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए। यस्तै प्रतिबद्धता नर्वेका विदेशमन्त्री ब्रेन्डीले गरेका थिए। ब्र्रेन्डीले प्रधानमन्त्री कोइरालासँगको भेटमा नर्वे नेपालको जलविद्युत परियोजनामा सहयोग गर्न समेत तयार रहेको बताए। 'हामी नेपालको जलविद्युतमा सहयोग गर्न तयार छौं। त्यसका लागि के गर्नुपर्छ भन्नुस्,' ब्रेन्डीले भनेका थिए।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार केही दातृ निकायले सम्मेलनमा नेपालको पुनर्निर्माणमा दिने सहयोग प्याकेज घोषणा गर्नेछन् भने केही नेपालले पुनर्निर्माणका कार्य कसरी गर्छ त्यो हेरेर मात्र घोषणा गर्ने मनस्थितिमा छन्।

बंगलादेश, जापान, चीन, नर्वे, श्रीलंकाका मन्त्रीहरूले परराष्ट्रमन्त्री पाण्डेसँगको द्विपक्षीय भेटवार्तामा पनि नेपाललाई सहयोग गर्न तयार रहेको बताएका थिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस