काठमाडौं- नेपाल, भारत र चीनबीच 'इकोनोमिक कोरिडर' बनाउन चीनले नेपाललाई प्रस्ताव गरेको छ। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले बुधबार प्रधानमन्त्री सुशील कोइरालासँगको भेटमा उक्त प्रस्ताव राखेका हुन्।
विदेशमन्त्री यीले त्रिदेशीय इकोनोमिक कोरिडोर निर्माणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सकारात्मक रहेको जनाउ दिएका थिए। 'चीनले त्रिदेशीय इकोनोमिक कोरिडोर निर्माणको प्रस्ताव गरेको छ,' प्रधानमन्त्री कोइराला र चिनियाँ विदेशमन्त्री यीको भेटवार्ताबारे परराष्ट्र मन्त्रालय स्रोतले नागरिकसँग भन्यो, 'भारतीय प्रधानमन्त्री पनि यो प्रस्तावप्रति सकारात्मक रहेको जानकारी उहाँ (यी) ले प्रधानमन्त्री कोइरालालाई गराउनुभयो।'
चिनियाँ विदेशमन्त्री यी बिहीबार काठमाडौंमा हुने 'नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन' मा सहभागी हुन बुधबार काठमाडौं आइपुगेका हुन्। काठमाडौं आइपुगेलगत्तै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग द्विपक्षीय वार्ता गरी उनी प्रधानमन्त्री कोइरालासँग शिष्टाचार भेट गर्न बालुवाटार पुगेका थिए।
त्रिदेशीय कोरिडोरका विषयमा भारतीय प्रधानमन्त्री र चिनियाँ समकक्षीबीच पहिलो चरणको छलफल भएको समेत भेटमा उनले जानकारी दिएका थिए। गत महिना भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्दा चीनले त्रिदेशीय कोरिडोरको प्रस्ताव गरेको थियो। प्रस्तावमा दुवै देशका समकक्षी सकारात्मक भई छलफल अघि बढाउने सहमति गरेका थिए।
'चीन र भारतबीच सकारात्मक छलफल भएपछि नेपाललाई प्रस्ताव गरिएको हो। नेपालले प्रस्तावलाई अघि बढाउन चाहे त्रिदेशीय इकोनोमिक कोरिडोरले मूर्त रूप लिन्छ,' स्रोतले भन्यो।
चिनियाँ विदेशमन्त्री यीले त्रिदेशीय कोरिडोरको प्रस्ताव गरेपछि प्रधानमन्त्री कोइरालाले पनि यसप्रति नेपाल सकारात्मक रहेको बताएका थिए। अन्तर्राष्ट्रिय सम्मेलनपछि यस प्रस्तावमाथि त्रिदेशीय छलफल अघि बढाउन सकिने संकेत भेटमा प्रधानमन्त्री कोइरालाले दिएका थिए।
त्रिदेशीय कोरिडोर चीनको कुन विन्दुबाट सुरु भई भारतको कुन विन्दुमा पुगी टुगिन्छ भन्ने चाहिँ विदेशमन्त्री यीले खुलाएनन्। 'त्रिदेशीय कोरिडोर निर्माणप्रति तीनै देश सकारात्मक पाइयो,' स्रोतले भन्यो।
चिनियाँ विदेशमन्त्री यीले २०७१ पुस दोस्रो साता नेपाल भ्रमण गर्दा नेपाललाई भारत र चीनबीच 'चलायमान पुल' बन्न सुझाव दिएका थिए। चीन र भारतबीच पुल बन्नका लागि नेपालले दुवै देशसँग राम्रो सम्बन्ध राख्नुपर्ने धारणा उनले राखेका थिए। नेपाल, भारत र चीन एक ठाउँमा बसेर छलफल गरे तीनै देशलाई फाइदा हुने उनले स्पष्ट बताएका थिए। 'नेपाल चीन र भारतबीचको पुल बनोस् भन्ने चाहन्छौं। हामी यसका लागि छलफल र सहयोग गर्न तयार छौं। तीन देशबीच सहकार्य बढाउन जरुरी छ। यो यस क्षेत्रको शान्ति र स्थिरताका लागि पनि आवश्यक छ र यो क्षेत्रलाई पुनर्जीवन दिन पनि,' विदेशमन्त्री यीले ६ महिनाअघि भनेका थिए।
नेपाल, भारत र चीनका सरकार प्रमुखहरूको पछिल्लो छलफलले लामो समयदेखि थाती 'पारवहन मार्ग' र त्रिदेशीय लगानीको मुद्दा फेरि ब्युँताएको छ।
भारत र चीनको आपसी व्यापार र दीर्घकालीन आर्थिक स्वार्थ केही वर्षयता निकै बढेको छ। यी दुईबीच बर्सेनि लक्ष्यभन्दा बढी व्यापार भइरहेको छ। सन् २००० मा ३ अर्ब अमेरिकी डलरको व्यापार गरेका भारत र चीनले यसलाई २०१० सम्म ३० अर्ब पुर्यासउने लक्ष्य लिएका थिए। सन् २००८ मै यसले सबैलाई चकित पार्दै ५० अर्ब डलर नाघ्यो। २०१० सम्म आइपुग्दा त ६१ अर्बभन्दा माथि उक्ल्यो। यस वर्ष एक खर्ब डलर पुग्ने अनुमान छ। विश्वशक्ति राष्ट्र बन्ने दिशामा अग्रसर यी दुई मुलुकको आपसी व्यापारको सानो अंश मात्र नेपालको बाटो हुँदै गराउन सके नेपालले ठूलो फाइदा लिन सक्छ।
तत्कालीन हिन्दुस्तान र चीनबीच अफगानिस्तान, हालको पाकिस्तान (सिल्क रुट) तथा सुमात्रा हुँदै कोलकाता व्यापार हुने गर्थ्यो। सातौं शताब्दीमा हिमालबीच केरुङको बाटो खुलेपछि भारत र चीनबीच नेपाल हुँदै व्यापार सुरु भएको थियो। यो पुरानो रुटलाई चीन पुनरुत्थान गर्न चाहन्छ। तिब्बत रेलमार्गलाई नेपाल हुँदै हिन्द महासागरसम्म पुर्यायउने चाहना चीनको छ। यो सफल भए तिब्बतलाई समुद्रसम्म जोड्ने यो नै सबैभन्दा छोटो रुट हुनेछ।