अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी र एमालेबीच तालमेल गरेर जाने सहमति भएपछि माओवादीका कृष्णबहादुर महरा र एमालेका शंकर पोख्रेलबीच प्रतिनिधिसभा सदस्य बन्ने प्रतिष्पर्धा चल्यो। महरा रोल्पाबाट ‘आयातित’ नेता भएका कारण उनलाई प्रतिनिधिसभाको उम्मेदवार बनाईन नहुने तर्क शंकरको थियो।
त्यसो त, उनीहरुले दुबैले दाबी गरेको निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी भन्दा एमालेको सांगठनिक अवस्था बलियो रहेका कारण पनि यो क्षेत्रबाट एमालेले उँचो संसदमा आफ्नो प्रतिनिधित्व खोजिरहेको थियो। तर, माओवादीको दोस्रो तहका नेता महराले प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा हार मान्ने कुरै थिएन, उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने र शंकर प्रदेशसभा सदस्यको। त्यो चुनावमा एक अर्काका सहयोगी बनेर प्रतिनिधिसभा क्षेत्र र प्रदेश क्षेत्र २ (क) मा बाजी मारेका महरा र शंकर अहिले भने एक अर्काका मुख्य प्रतिष्पर्धी बनेका छन्।
यो लडाईँ भनेको उनीहरुबीचको बिरासतको लडाईँ हो। उनीहरुको यो लडाईँ आगामी स्थानीय तह देखिनै प्रारम्भ हुने निश्चित छ। कारण जिल्लाको घोराही उपमहानगरपालिका उनीहरु दुबैको चुनावी क्षेत्रको स्थानीय तह हो। घोराही उपमहानगरमा आफ्नो बिरासत कायम राख्न सक्ने आफ्नो राजनीतिक प्रभाव बढ्ने आँकलनबाट उनीहरु टाढा छैनन्।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित महरा प्रतिनिधिसभाको सभामुख बने। तर उनको सभामुखको कार्यकाल दुखद रह्यो। आफ्नै सचिवालयको एक महिला कर्मचारी माथि यौन दुराचार गरेको भन्दै उनी माथि लागेको मुद्धाले महराको सभामुखको पद मात्रै गएन, उनको राजनीतिक कदममै ठूलो ‘ब्रेक’ लाग्यो। भलै उनी उक्त मुद्धामा निर्दोष करार भैसकेका छन्।
तथापी उनी माथि लागेको आरोपले उनलाई राजनीतिक पृष्ठभुमीमा पहिले जस्तो खुल्न नसकेको आँकलन गरिन्छ। यसर्थ उनको राजनीतिक करिअर नै ध्वस्त बन्ने भन्दै गरिएको आँकलनलाई फेल खुवाउने अवसर अहिले महराका लागि छ। यसर्थ पुनः प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएर आफ्नो पुरानो राजनीतिक ‘साख’ लाई फर्काउने अवसर उनका लागि अहिलेको सत्तापक्षीय गठबन्धन बनिदिएको छ।
प्रतिनिधिसभा निर्वाचनमा आफ्नो जीतका लागि उनको निर्वाचन क्षेत्रको घोराही उपमहानगरको जीतको श्रेय लिनु महराका लागि अनिवार्य छ। यसर्थ गठबन्धनका तर्फका उम्मेदवारलाई निर्वाचित बनाउने दायित्व महराका लागि बढि छ। त्यसोत, स्थानीय तहको जीतले उपल्लो तहको निर्वाचनमा सकारात्मक प्रभाव पार्छ नै। स्थानीय तहका प्रतिनिधि आममतदातासंग निकटस्थ रहेर काम गर्ने भएकाले त्यसको प्रभाव स्वाभाविकै रुपमा उपल्ला निर्वाचनहरुमा देखिन्छ।
‘स्थानीय तहका जनप्रतिनिधिहरु स्थानीय स्तरका मतदाताहरुसंग निकट रहेर काम गरिरहेका हुन्छन्,’ घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसका राजनीति शास्त्रका प्राध्यापक सुदीप गौतम भन्छन् ‘यसर्थ ती जनप्रतिनिधिहरुको निकटस्थताका कारण उपल्लो निर्वाचनमा सकारात्मक प्रभाव पर्छ, अतः स्थानीय तहका जनप्रतिनिधिहरुको भुमिकाले उपल्लो निर्वाचनमा प्रभाव पार्ने हो।’
यसका निम्ती महरालाई आफ्नो निर्वाचन क्षेत्रको स्थानीय तहमा आफू र आफ्नो पार्टी अनुकुलको उम्मेदवारलाई जिताउनै पर्ने दबाब छ। फलतः अहिले महरा यो उपमहानगरमा गठबन्धनका तर्फबाट आफ्नै दलका उम्मेदवार चयन गर्ने दौडमा सकृय बनेको माओवादी स्रोत बताउँछ। यो उपमहानगरमा माओवादीबाट जीवन गौतम र कांग्रेसबाट भुपबहादुर डाँगी मध्य एकजना मेयरको उम्मेदवार बन्न सक्ने सम्भावना छ। यी दुबै अघिल्लो पटक यही उपमहानगरमा पराजित भएका थिए। यता अघिल्लो प्रदेशसभा निर्वाचनबाट बिजयी भई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको बागडोर सम्हालेका शंकर पोख्रेललाइ आफ्नो बिरासत कायम गर्ने चुनौती झनै पेचिलो बनेको छ।
नेकपा बिभाजन पश्चात प्रदेशमा अल्पमतमा परेर मुख्यमन्त्री पदबाट राजीनामा दिन बाध्य पोख्रेल अहिले प्रदेशको सामान्य सांसदको हैसियतमा मात्रै छन्। त्यसोत, पार्टीको महासविचको जिम्मेवारीमा रहेका पोख्रेल जनमतबाट पनि पुनः अनुमोदन हुन चाहन्छन्। अनि आफ्नो त्यही अनुमोदनका लागि उनलाई पनि घोराही उपमहानगरमा बिरासत कायम राख्नै पर्ने चुनौती छ। पोख्रेल यो उपमहानगरमा यसअघी निर्वाचित बहालवाला मेयर नरुलाल चौधरीलाई जसरी पनि दोहोर्याउन चाहिरहेका छन्।
यो प्रतिष्पर्धा महरा र पोख्रेलका लागि जनमतबाट आफ्नो अनुमोदनका लागि मात्रै पनि हैन। जिल्लाको हेभिवेट नेता को बन्ने भन्ने प्रतिष्पर्धा हो। खुमबहादुर खड्काको एकल बोलबाला रहेको दाङमा उनको निधन भएपछि केन्द्रीय तहमा प्रभाव राख्न सक्ने कांग्रेसका शक्तिशाली जिल्ला नेताहरु छैनन्। खड्काको निधन भएपछि जिल्लाबाट केन्द्रमा प्रभाव राख्न सक्ने नेताका रुपमा एमालेका शंकर पोख्रेल रहे। तर माओवादीका नेता महरा पनि रोल्पाबाट यसै जिल्लामा झरेपछि जिल्लाको हेभिवेट नेता बन्ने प्रतिष्पर्धा महरा र पोख्रेलका बीचमा चलेको छ। त्यसोत, यसअघिकै प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा उनीहरुबीच चलेको टिकटको प्रतिष्पर्धाको एउटा कारण पनि हेभिवेटको रेस थियो।
यस्तो छ पुरानो अंकगणित
यो उपमहानगरमा अघिल्लो स्थानीय तहको निर्वाचनमा कुल ७७ हजार ४ सय ४९ मतदाता मध्य एमालेले २२ हजार ३० मत प्राप्त गर्दै जीत हात पारेको थियो। कांग्रेस १७ हजार ९ सय ३ मत प्राप्त गर्दै दोस्रो बनेको थियो भने तेस्रो स्थानमा रहेको माओवादीले १२ हजार ८२ मत प्राप्त गरेको थियो। गठबन्धनमा सामेल भएका कांग्रेस र माओवादीको त्यो बेलाको कुल मत जोड्दा २९ हजार ९ सय ८५ अर्थात एमाले भन्दा ७ हजार ९ सय ५५ बढि हुन्छ।
पहिलेको चुनावी अंकगणितलाई हेर्ने हो भने कमजोर अवस्थामा देखिने एमालेले अहिले थपिएको मत कति सम्म आफ्नो पोल्टामा पार्न सक्छ भन्ने हो। अघिल्लो निर्वाचन भन्दा अहिले यो उपमहानगरमा ३५ हजार ४ सय ७८ मतदाता थपिएका छन्। अहिले यो उपमहानगरमा कुल मतदाता संख्या १ लाख १२ हजार ९ सय २७ रहेको छ। एमालेलाई चुनाव जित्नका लागि अघिल्लो पटक थपिएको ३५ हजार ४ सय ८५ मतदाता मध्य ५० प्रतिसत भन्दा पनि बढि मत एक्लै प्राप्त गर्नुपर्ने हुन्छ।