काठमाडौं–संविधानसभाको बैठक असार १४ गते दिनको तीन बजेलाई बोलाइएको छ। संसद सचिवालयले बिहीबार सुचना जारी गरी संविधानसभाको बैठक असार १४ गतेलाई बोलाएको हो।जेठ २९ गते संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनलाई मस्यौदा समितिमा पठाएर स्थगित भएको संविधानसभा १४ गतेलाई बोलाइएको हो। संविधानसभाले मस्यौदा समितिलाई असार १३ गतेसम्म मस्यौदा तयार पार्ने समय दिएको थियो। स्रोतका अनुसार १४ गते बस्ने संधिवानसभा बैठकमा मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले नयाँ संविधानको पहिलो मस्यौदा पेश गर्ने छन्।
यसअघि आजै राष्ट्रपति डा। रामबरण यादवले प्रधानमन्त्रीको सिफारिसमा व्यवस्थापिका संसदको अधिवेशन असार १५ गते दिनको दिनको तीन बजेका लागि आह्वान गरेका थिए ।राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको सिफारिसमा नेपालको अन्तरिम संविधानको धारा ५१ को उपधारा ९१० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा २०७२ असार १५ गते तीनबजे बस्ने गरी व्यवस्थापिका संसदको अधिवेशन आह्वान गरिएको उल्लेख छ।