काठमाडौं- शक्तिशाली भूकम्पले क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणमा छिमेकी भारत र चीनसहित विदेशी दाता राष्ट्र तथा दातृसंस्थाले नेपाललाई दिल खोलेर आर्थिक सहयोग दिने घोषणा गरेका छन्। बिहीबार राजधानीमा आयोजित 'नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन' मा सहभागी दातृ राष्ट्र र विकास साझेदार निकायले ४ खर्ब ४० अर्ब रुपैयाँबराबर अनुदान एवं सहुलियत ऋण सहयोग गर्ने घोषणा गरेका हुन्।
यो घोषणा नेपालले अपेक्षा गरेभन्दा बढी हो। यो सहयोगले पुनर्निर्माणमा सरकारलाई खर्च गर्न बजेटको अभाव नहुने अवस्था बनेको छ। त्यसका लागि आन्तरिक जोहोसमेत धेरै गर्नुपर्नेछैन। बाँकी खर्च निजी क्षेत्रले समेत योगदान गर्न सक्नेछ।

राष्ट्रिय योजना आयोगले प्रक्षेपण गरेको कुल पुनर्निर्माण खर्च ६ खर्ब ७० अर्बमध्ये एकै सम्मेलनमार्फत यति ठूलो रकम जुट्नु नेपालप्रति दाताले देखाएको उल्लेखनीय सदाशय हो। यसलाई सम्मेलनको सफलतासँग समेत जोडेर हेरिएको छ।
पुननिर्माणका लागि आवश्यक रकममध्ये करिब ६० प्रतिशत सरकार र बाँकी निजी क्षेत्र वा व्यक्तिले बेहोर्नुपर्ने आँकलन यसअघि नै गरिएको थियो। सरकारले खर्च गर्नुपर्ने करिब ४ खर्ब २ अर्ब रुपैयाँ रहेको तर दाताबाट नै साढे ४ खर्ब हाराहारी आएकाले यो उत्साहप्रद भएको अर्थमन्त्री रामशरण महतले बताए।
दाता राष्ट्र तथा निकायले प्रतिबद्धता गरेको कुल रकममध्ये ५० प्रतिशत अर्थात् २ खर्ब २० अर्ब रुपैयाँ अनुदान र त्यति नै सहुलियत ऋण हो।
पुनर्निर्माणमा नजिकका छिमेकी भारत र नेपालले मन फुकाएर सघाउने घोषणा गरेका छन्। भारतले सबैभन्दा बढी १ खर्ब रुपैयाँ दिने जनाएको छ जसमा २५ प्रतिशत अनुदान हो।
चीनले पनि पुनर्निर्माणका हरेक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै करिब ५० अर्ब रुपैयाँ (३ अर्ब युआन) अनुदान दिने घोषणा गरेको छ। सम्मेलनमा सहभागी चिनियाँ विदेशमन्त्री वाङ यीका अनुसार करिब ५० अर्ब रुपैयाँ सन् २०१६ देखि २०१८ सम्म उपलब्ध हुनेछ।
आगामी ५ वर्षभित्र भारतले नेपाललाई २ खर्ब रुपैयाँ उपलब्ध गराउने भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बताइन्। गत वर्ष साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै १ खर्ब रुपैयाँ दिने घोषणा गरेका थिए। यसमध्ये ६५ अर्ब रुपैयाँ अनुदान हो।
सम्मेलनमा नेपालका अन्य द्विपक्षीय दाता राष्ट्र जापान, अमेरिका, बेलायतले क्रमशः २६ अर्ब ५२ करोड, १३ अर्ब २६ करोड र ११ अर्ब २२ करोड रुपैयाँ दिने प्रतिबद्धता जनाएका छन्। यस्तै, जर्मनी, स्विट्जरल्यान्ड, नर्वे, कोरिया, फिनल्यान्ड, टर्की, श्रीलंका, पाकिस्तान र बंगलादेशले पनि सहयोग दिने प्रतिबद्धता जनाएको सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले बताए।
'नेपालका बहुपक्षीय दाता एसियाली विकास बैंक, (एडिबी), विश्व बैंक, युरोपियन युनियन (इयु), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लगायत निकायले मन फुकाएर सहयोग गरेका छन्,' महतले भने, 'दाताले खुला हृदयले गरेको सहयोग सदुपयोग गरेर हामीले आर्थिक रुपान्तरण गर्नुको विकल्प छैन।'
उनका अनुसार एडिबी, विश्व बैंक, इयु र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले क्रमशः ६१ अर्ब, ५१ अर्ब, ११ अर्ब ४३ करोड र ५ अर्ब १० करोड रुपैयाँ सहयोग दिने प्रतिबद्धता जनाएका छन्। यसैगरी, सम्मेलनमा सहभागिता जनाएका अन्य दातृ निकायले प्राविधिक तथा क्षमता विकासका लागि पनि सहयोग दिने घोषणा गरेको महतले बताए।
भूकम्पपछिको छोटो समयमा यति ठूलो अन्तर्राष्ट्रिय सम्मेलन सफल भएकाले पुनर्निर्माण तथा नवनिर्माणमा विश्वको ध्यान नेपालतर्फ तानिएको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले बताए। 'हाम्रो क्षति र पीडामा दाता तथा छिमेकी मुलुक सहभागी छन्,' उनले भने, 'पुनर्निर्माणमा नेपाल एक्लो रहेनछ भन्ने सन्देश पनि सम्मेलनले दिएको छ।'
सम्मेलनबाट विपदका बेला त्यसको सामना गर्ने क्षमता नेपालसँग नरहेको पुष्टि भएको महतको भनाइ थियो। 'तत्काल हाम्रो क्षमता वृद्धि गर्नुपर्ने महसुस भएको छ, विकास साझेदार निकायले समेत सुझाव दिएका छन्,' महतले भने, 'यसका लागि आवश्यक प्राविधिक सहयोग दिने वचन आइसकेको छ।'
उनका अनुसार दाताबाट प्राप्त प्रतिबद्धता रकम सरकारले विशेष आयोजनामा बदलिनेछ। जलविद्युत तथा पूर्वाधार आयोजना छनोट हुने र ती आयोजनामा दातासँग छलफल तथा सम्झौता हुनेछ। आयोजनामा लगानीको किटान भएपछि प्राप्त सहयोग परिचालन तथा कार्यान्वयनमा जाने महतको भनाइ छ।
जनशक्तिको क्षमता तथा दक्षता विकास गर्नुपर्ने आवश्यकता टड्कारो देखिए पनि प्रतिबद्धताको अधिकांश रकम सरकारले पुनर्निर्माण तथा नवनिर्माणमा खर्च गर्ने घोषणा गरेको छ। बजेट भए पनि खर्च गर्ने क्षमतामा विकास नभएको कमजोर पक्ष 'राष्ट्रिय पुनर्निर्माण प्राधिकरण' बाट सुधार हुने महतले दाबी गरे।
'सार्वजनिक खरिद ऐन परिमार्जन भएको छ, निर्माणमा समस्या सिर्जना गर्ने कानुन सुधार हुँदैछन्,' उनले भने, 'सधैं खर्च हुँदैन भनेर निराश भएर बस्न हुँदैन, सकारात्मक रुपमा सोच्नुपर्छ।' गत वर्षभन्दा चालु वर्ष पुँजीगत खर्च २० प्रतिशत बढेको बताउँदै महतले यसको दर आगामी आर्थिक वर्षमा ५० प्रतिशतसम्म बढाउने दाबी गरे।
पुनर्निर्माणलाई दु्रत गतिमा अघि बढाउन गठन हुने पुनर्निर्माण प्राधिकरणमा एक महिनाभित्र प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिसक्ने मन्त्री महतले जानकारी दिए।