काठमाडौं-सरकारले पुनर्निर्माण तथा नवनिर्माणमा बाधक देखिने सबै कानुन निलम्बन गरेर अघि बढ्ने भएको छ। ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण' बाट तोकिएको समयमा पुनर्निर्माण सक्न बाधक कानुन हटाइने भएको हो।पुनर्निर्माण गर्न गठन गरिएको प्राधिकरणलाई कार्यक्रम कार्यान्वयन गर्न कुनै कानुनले नरोक्ने अर्थमन्त्री रामशरण महतले दाबी गरे। उनका अनुसार विकासे मन्त्रालयले गरेको काम चित्त नबुझे वा ढिलासुस्ती भए त्यस्ता कानुन निलम्बन गरेर वैकल्पिक उपायबाट प्राधिकरणले काम गर्न सक्नेछ।
‘प्राधिकरण शक्तिशाली हुन्छ र आयोजना कार्यान्वयन गर्दा समस्या देखिए समाधान गर्ने अधिकार हुन्छ,' उनले शनिबार नागरिकसँगको कुराकानीमा भने, ‘सार्वजनिक खरिद ऐन सुधार गरिएको छ, यदि यो ऐनले काममा बाधा पारे त्यस्ता बुँदा निलम्बन गरेर कार्यान्वयन गर्न सक्छ।'
विगतदेखि बजेट खर्च प्रणालीमा सुधार हुन नसकेको समस्या पुनर्निर्माणका क्रममा दोहोरिने छैनन्। जटिल कानुन र स्थानीय निकायले समस्या उत्पन्न गराउँदा वर्षौंदेखि जलविद्युत तथा पूर्वाधार आयोजना प्रभावित छन्।
प्राधिकरणबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम हकमा यस्तो कुनै समस्या नहुने अर्थमन्त्री महतको भनाइ छ। विपदपछिको आवश्यकता पहिचान (पिडिएनए) मा कार्यक्रम स्वीकृतदेखि खर्च र अनुगमन गर्नेसम्मको अधिकार प्राधिकरणमा सुरक्षित गरिएको छ।
प्रधानमन्त्री नेतृत्वको यो निकायमा छिट्टै प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त हुने जानकारी दिँदै महतले सिइओले कार्यक्रम कार्यान्वयन पक्षलाई तीव्रता दिने बताए। ‘हरेक योजना तथा कार्यक्रम कार्यान्वयन जिम्मा सिइओलाई हुन्छ, सरकार बदलिँदै सिइओ फेरिन्न,' उनले भने, ‘सिइओ र उसको समूह उच्चस्तर एवं क्षमतावान हुन्छन्, सरकारको लक्ष्यअनुसार नै यसले काम गर्छ।'
दातृ राष्ट्र तथा निकायले पुनर्निर्माणका लागि ४ खर्ब ४० अर्ब रुपैयाँ दिने प्रतिबद्धता जनाएका छन्। तर, सरकारको खर्च गर्ने क्षमता बढेको छैन। अन्तर्राष्ट्रिय निकायले पनि यसमै प्रश्न गरेका छन्। तर, मन्त्री महतले प्राधिकरणबाट हुने काममा खर्चको कुनै समस्या नहुने प्रस्ट पारेका छन्।
खर्च गर्ने प्रक्रिया र मोडालिटी तयार भइरहेको बताउँदै उनले भने, ‘दातृ राष्ट्र र निकायसँग द्विपक्षीय सम्झौताका चरणमा खर्चको मोडालिटी तय हुँदै जान्छ।' आयोजनापिच्छे दातृ निकायसँग सम्झौता गरी सहयोगको सदुपयोग हुने उनको तर्क छ।
सम्मेलनका क्रममा केही दाताले आफ्ना गैरसरकारी संस्था (एनजिओ) मार्फत खर्च गर्ने जनाएका थिए। तर, सरकारले यस्तो कामलाई निरुत्साहित गर्ने कार्यक्रम ल्याउन लागेको छ। महतका अनुसार सहयोगको अधिकांश रकम पुनर्निर्माणमा खर्च गर्न दुई देश तथा निकायबीच हुने सम्झौताले तय गर्नेछ।
बजेट खर्चको क्षमतामा रातारात बढाउन नसकिए पनि सुधार गर्दै लैजाने योजना बनेको पनि महतले बताए। गत वर्षको तुलनामा चालु वर्षमा पुँजीगत खर्चको दर २२ देखि २४ प्रतिशतले बढेकाले आगामी वर्ष यसमा अझ सुधार हुने उनको विश्वास छ।
सरकारले आउँदो वर्ष खर्च बढाउने थप नयाँ योजना ल्याउने तयारी गरेको उनले जानकारी दिए। प्रत्येक आयोजनामा दुई देश वा निकायबीच सम्झौता हुन्छ। सम्झौता भएको आधारमा आयोजनाको कार्यक्रम सञ्चालन गरिनेछ।
दातृ नियकाबाट प्राप्त सहयोग सरकारभन्दा बाहिरी निकायबाट खर्च हुन नदिने उनले प्रतिबद्धता जनाए। खर्च बढाउन दक्ष जनशक्ति आवश्यक पर्ने हुँदा आउँदो वर्ष ४० हजार जनशक्ति उत्पादन गर्ने योजना ल्याउने भएको छ। यसका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) र अन्य प्राविधिक निकायसँग सहकार्य भइरहेको महतले बताए।
केन्द्रदेखि स्थानीय स्तरसम्म निर्माणका कार्यक्रम परिचालन हुन्छन्। तर, स्थानीय प्रशासन नभएकाले पुनर्निर्माणले गति लिन नसक्ने सरोकारवालाको टिप्पणी छ। तर, अर्थमन्त्री महतले सबै राजनीतिक पार्टीबीच स्थानीय चुनाव गर्ने सहमति भएकाले स्थानीय प्रशासन कायम हुने दाबी गरेका छन्।