काठमाडौं- स्थानीय निकायअन्तर्गत हालको गाउँ विकास समिति र नगरपालिका, जिल्ला विकास समितिको संरचना बदल्दै अब गाउँ कार्यपालिका र नगर कार्यपालिकाको व्यवस्था गरिने भएको छ।संविधानसभा अन्तर्गतको संविधान मस्यौदा समितिले अनुमोदन गरेको संविधानको मस्यौदामा स्थानीय निकायअन्तर्गत गाउँ कार्यपालिका र नगर कार्यपालिका रहनेछन् भने यिनलाई समन्वय र आवश्यक सहयोग गर्ने काम जिल्लासभाले गर्नेछ। केन्द्रमा झैं स्थानीय स्तरको कार्यकारी र व्यवस्थापकीय कामका लागि स्थानीय कार्यपालिका र स्थानीय व्यवस्थापिका रहनेछ। जसअन्तर्गत नगरपालिकाको कार्यकारी काम गर्न नगरकार्यपालिका रहनेछ भने व्यवस्थापकीय काम गर्न नगरसभा रहनेछ।
मस्यौदामा स्थानीय तहको व्यवस्थापकीय अधिकार गाउँसभा र नगरसभामा हुने उल्लेख छ। गाउँसभामा गाउँ कार्यपालिका प्रमुख, उपप्रमुख र हरेक वडाबाट पाँच जनाका दरले निर्वाचित पैंतालीस जना सदस्य रहने उल्लेख छ। उक्त संरचनाले गाउँपालिकाको व्यवस्थापकीय काम गर्नेछ। यसैगरी गाउँपालिकाको कार्यकारी काम गर्नका लागि प्रमुख र उपप्रमुख रहेको कार्यपालिका रहने उल्लेख छ। गाउँ पालिकामा प्रमुख र उपप्रमुख र १५ जना सदस्य रहने व्यवस्था गरिएको छ। गाउँपालिकामा वडामा निर्वाचित भएका वडा अध्यक्ष र सदस्य गाउँ कार्यपालिकाको सदस्य रहने व्यवस्था छ। यसैगरी गाउँसभाका सदस्यले आफूमध्येबाट निर्वाचित चार महिला सदस्य र योग्यता पुगेका दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित दुई व्यक्तिसमेत गाउँ कार्यपालिकाको सदस्य हुनेछन्। उक्त कार्यपालिकालाई कार्यकारीणी अधिकार दिइएको छ।
गाउँ कार्यपालिका जस्तै नगर कार्यपालिकामा व्यवस्थापकीय काम गर्न नगरप्रमुख र उपप्रमुख नगरपालिकाका हरेक वडाबाट ५ जनाको प्रतिनिधित्व हुने गरी कम्तीमा ५५ जना रहेको नगरसभा गठन हुने व्यवस्था छ। नगरसभामा कायम रहेको संख्याको बहुमतबाट प्रत्येक वडामा निर्वाचित भएका पाँच सदस्यमध्ये एकलाई नगर कार्यपालिकाको सदस्यमा निर्वाचित गरिने उल्लेख छ। त्यसैगरी नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख र १९ जना सदस्य रहेको नगर कार्यपालिका गठन हुने व्यवस्था छ। संविधानको मस्यौदामा गाउँ कार्यपालिका जस्तै नगरपालिकाका वडा सदस्यहरु पनि नगर कार्यपालिकाको पदेन सदस्य हुने व्यवस्था छ। त्यसैगरी दलित र अल्पसंख्यकहरुबाट निर्वाचित तीन जना व्यक्ति पनि नगर कार्यपालिकाको सदस्य हुने प्रावधान राखिएको छ। जसका प्रमुख र उपप्रमुखको गाउँ कार्यपालिका र नगर कार्यपालिका क्षेत्रभित्रका मतदाताले प्रत्यक्ष मतदान गरी सबैभन्दा बढी मत ल्याउनेलाई प्रमुख र उपप्रमुख निर्वाचित गर्न सक्ने व्यवस्था गरिएको छ।
संविधानको मस्यौदामा गाउँ र नगर कार्यपालिकामा प्रमुखको पदमा दुई कार्यकाल निर्वाचित भएको व्यक्ति, त्यसपछि हुने गाउँ/नगर कार्यपालिकाको निर्वाचनमा उम्मेदवार हुन नसक्ने प्रावधान राखिएको छ। नगरपालिका र गाउँ कार्यपालिकाका पदाधिकारीको कार्यकाल ५ वर्ष हुनेछ। स्थानीय निकायमा मतदान गर्न १८ वर्ष उमेर पूरा भएको र उम्मेदवार बन्न २१ वर्ष पूरा भएको हुनुपर्ने प्रावधान राखिएको छ।
संविधान मस्यौदामा प्रत्येक गाउँपालिका र नगरपालिकामा संघीय र प्रादेशिक कानुनबमोजिम गाउँ र नगर कार्यपालिकालाई प्रदत्त मुद्दा हेर्न गाउँ कार्यपालिका उपप्रमुख र नगर कार्यपालिका उपप्रमुखको संयोजकत्वमा एक न्यायिक समिति गठन हुने व्यवस्था गरिएको छ। उक्त समितिमा प्रमुखले तोकेको नगर सभाका दुई सदस्य रहनेछन्।
हाल रहेको जिल्ला विकास समितिको प्रावधानलाई हटाएर जिल्लाभित्रका नगर र गाउँ कार्यपालिकाबीच समन्वय र आवश्यक व्यवस्थापन जिल्ला सभाले गर्ने व्यवस्था गरिएको छ। उक्त जिल्लासभामा जिल्लाभित्रका प्रत्येक गाउँ कार्यपालिका प्रमुख र नगरकार्यपालिका प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ। गाउँसभा र नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको ३० दिनभित्र जिल्लासभाको पहिलो बैठक बस्ने उल्लेख छ।
उक्त जिल्लासभाले प्रादेशिक कानुनबमोजिम एक जना प्रमुख, एक जना उपप्रमुख र कम्तीमा तीन जना महिला, एक दलितसहित बढीमा नौ जना रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने उल्लेख छ।