काठमाडौं– व्यवस्थापिका संसदअन्तर्गतको विकास समितिले स्थानीय निकाय निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई निर्देशन दिएको छ।सोमबारको बैठकका निर्णय सुनाउँदै समितिका सभापति रविन्द्र अधिकारीले स्थानीय निर्वाचन शीघ्र गर्ने गरी मिति तोक्न, नयाँ बजेटमा आवश्यक बजेटको व्यवस्था गर्न र निर्वाचन आयोग पदाधिकारीको रिक्त पद पूरा गर्न सरकारलाई निर्देशन दिने निर्णय गरिएको बताए।
हाल निर्वाचन आयोगमा रहेका दुई आयुक्त मध्ये पनि कार्यबाहक प्रमुख आयुक्त दोलखबहादुर गुरुङ केही महिनामै सेवा निवृत्त हुने भएकोले निर्वाचन आयोग पदाधिकारीविहीन हुने देखिएको छ।समितिले निर्वाचनका लागि आवश्यक मतदाता नामावली तयार, परिचय पत्र वितरणलगायतका काम गरी तयारी अवस्थामा रहन निर्वाचन आयोगलाई निर्देशन दिने निर्णय गरेको पनि उनले बताए।
त्यस्तै समितिले निर्वाचनका लागि आवश्यक स्थानीय निकाय कार्यविधि ऐन र निर्वाचन सुधार ऐनको मस्यौदा तयार संसदमा पेश गरी पारित गराउन र आवश्यक गाविस सचिवहरुको व्यवस्था तत्काल गर्न पनि सरकारलाई निर्देशन दिने निर्णय गरिएको सभापति अधिकारीले बताए।२०५९ साल असार मसान्तदेखि(१२ वर्षदेखि) स्थानीय निकाय जनप्रतिनिधिविहिन भएकोले स्थानीय निकायको निर्वाचन अति नै आवश्यक भएको सांसदहरुले बताएका थिए।
निर्वाचन सुरक्षाको जिम्मा लिन सक्षम र तयार छौंः गृहमन्त्री
समितिको बैठकमा आमन्त्रित उपप्रधानमन्त्री एवं गृहमन्त्री बामदेव गौतमले राजनीतिक दलहरुबीच सहमति गरी निर्वाचनमा गए आफ्नो नेतृत्वमा रहेको गृहमन्त्रालय सुरक्षा प्रबन्ध मिलाउन सक्षम र तयार रहेको बताए। सरकार निर्माणअघि नै स्थानीय निकायको निर्वाचन गर्ने विषयमा दुई प्रमुख सत्ता साझेदार दल कांग्रेस र एमाले सहमत भइसकेको र पछिल्लो समय ४ प्रमुख राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिको १६ औं बुँदामा पनि स्थानीय निर्वाचन गर्ने सहमति भएकोले आफूहरु निर्वाचनका लागि तयार रहेको स्पष्ट भएको उनले बताए।
निर्वाचनका लागि आवश्यक ऐनको मस्यौदा व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने आफूहरुको तयारी रहे पनि संसदको हिउँदे अधिवेश(विधेयक अधिवेशन) राम्ररी चल्नै नसकेकाले मस्यौदा पारित हुन नसकेको उनले बताए। संविधानकाे पहिलाे मस्याैदामा संविधान जारी भएकाे ६ महिनाभित्र स्थानीय निकायकाे निर्वाचार गर्ने उल्लेख छ ।
संविधानले नै स्थानीय निर्वाचनको माग गर्छः स्थानीय विकास मन्त्री सिंह
समिति बैठकमा आमन्त्रित उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले अन्तरिम संविधानको धारा १३९ को उपधारा १ ले नै स्थानीय निर्वाचनलाई आवधिक निर्वाचनको रुपमा गराउँदै जानु पर्ने उल्लेख गरेकोले स्थानीय निर्वाचन सक्दो छिटो गर्नु पर्ने बताए।
'स्थानीय जननिर्वाचित प्रतिनिधि नहुँदा स्थानीय स्तरका काम छिटो छरितो र पारदर्शी हुन सकेका छैनन्,' उनले भने, 'अख्तियारले रोक लगाए पनि दलीय संयन्त्रले पनि स्थानीय निकाय राम्ररी सञ्चालन गर्न सकेका छैनन्।' उनले एक जुगमा हुने भनिएको संविधानसभाको निर्वाचन २ पटक हुन सक्ने तर स्थानीय निकायको निर्वाचन भने दशक वितिसक्दा पनि नहुनुमा दलहरुकै बेमेल कारण रहेको बताए।
भूइँचालोले गराउने भयो स्थानीय निकायको निर्वाचनः सभासद्
समितिको बैठकमा उपस्थित सभासद् चित्रबहादुर केसीले नेपालमा स्थानीय निकायको निर्वाचन गराउन पनि भूँइचालो आउनु पर्ने अवस्था बिडम्बनापूर्ण रहेको बताए। 'स्थानीय जनप्रतिनिधि पाल, त्रिपाल र कुहिएको चामल बाँड्नलाई मात्रै होइन,' उनले भने 'केन्द्रीय सरकार जस्तै अविच्छिन्न हुनुपर्छ स्थानीय सरकार पनि।'
हालसम्म स्थानीय निकायलाई जनप्रतिनिधि विहिन बनाउन भूमिका खेल्ने २०६२–६३ पछिका सरकारहरुले राज्यलाई पुगेको घाटाको जिम्मेवारी लिनु पर्ने र दोषिलाई कारवाही गर्नु पर्ने उनले बताए।सभासद् लोकमणी ढकालले १२ वर्षसम्म स्थानीय निकायको निर्वाचन नै नगरेर विश्व नै चकित पारेका नेपालका नेताहरुले भुइँचालो लगत्तै स्थानीय निकायको निर्वाचनमा चासो देखाएकोले यस निर्वाचनलाई पनि भुँइचालोको देन मान्नु पर्ने बताए।
नीति, मिति र सहमति भए निर्वाचन गराउन तयार छौंः प्रमुख कार्यबाहक निर्वाचन आयुक्त
समिति बैठकमा उपस्थित प्रमुख कार्यवाहक निर्वाचन आयूक्त दोलखबहादुर गुरुङले आफूहरु निर्वाचन गराउन तयार रहेको बताए। देशभर १८ वर्ष उमेर पुगिसकेका करिब १ करोड २६ लाख मतदाता र १६ वर्ष उमेर पुगेको १ करोड ३० लाख सम्भावित मतदाताको नामावली आफूहरुले तयार गरिसकेको र परिचय पत्र पनि बाँडिसेको बताउँदै उनले निर्वाचनका लागि आफूहरु तयार रहेको बताए। 'हामीसँग आवश्यक जनशक्ति, ७५ जिल्लामा सक्षम जनशक्तिसहितको कार्यालयहरु, मतपेटिकाहरु पर्याप्त मात्रामा छन्,' उनले भने, 'आवश्यक बजेट, नीति(ऐन), पदाधिकारीको पदपूर्ति र दलहरुबीचको सहमतिमा मिति घोषणा गरिए निर्वाचन गराउन हामी तयार छौं।'
निर्वाचित प्रतिनिधि नहुँदा रु. १५ अर्ब उठ्नु पर्नेमा ७ अर्बमात्र राजस्व उठ्छः सचिव
स्थानीय निकाय जनप्रतिनिधि विहिन हुँदा करिब रु. १५ अर्ब राजस्व उठ्ने स्थानीय निकायबाट हाल वार्षिक करिब ७ अर्ब मात्र राजस्व उठ्ने गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव सोमलाल सुवेदीले बताए। उनका अनुसार देशको कुल बजेटको ७ दशमलव २८ प्रतिशत स्थानीय निकायले परिचालन गर्ने भएकोले पनि स्थानीय निकायमा जननिर्वाचित प्रतिनिधि आवश्यक छ।