कांग्रेसमा मनोमानी उम्मेदवार सिफारिस: चुनावको मुखैमा झन् ‘बेमेल’
०२ वैशाख २०७९
•
६ मिनेट पाठ
कांग्रेसमा मनोमानी उम्मेदवार सिफारिस: चुनावको मुखैमा झन् ‘बेमेल’
घोराही उपमहानगरपालिका वडा नम्बर १५ को वडा अध्यक्षका लागि ६ जना आकांक्षी देखिए। उम्मेदवारीमा आफ्नो दाबी गरेका ६ मध्य दुईजना बलिया दाबेदार थिए। तर यो वडा ईकाई समितिले अन्य आकांक्षीसंग सहमतिका लागि प्रयासै गरेन। एकलौटीरुपमा एक जनालाई मात्रै वडा अध्यक्षको उम्मेदवार सिफारिस गरिदियो। त्यसो त,वडाले गरेको यो निर्णय कांग्रेसको बिधान बिपरितको कदम थियो।




नेपाली कांग्रेसको बिधान २०१७ नवौँ शंशोधन २०७५ को परिच्छेद ८ को ३२ को १ (क) अनुसार गाउँ, नगर वडाको अध्यक्ष र सदस्यको उम्मेदवारीका लागि वडा कार्य समितिले योग्यता पुगेका व्यक्ति मध्यबाट अध्यक्षमा एक महिला सहित बढिमा ३ जना र सदस्यमा प्रत्यक एक सीटका लागि एक महिला सहित बढिमा ३ जनाको नाम सिफारिस गरि पठाउनु पर्ने व्यवस्था छ।  

वडाको बिधान बिपरितको कदम विरुद्ध वडा अध्यक्ष पदका उम्मेदवार आकांक्षी सुदीप गौतमले उजुरी हालेका छन्। ‘उम्मेदवार चयनका बिषयमा एकलौटी ढंगबाट वडा ईकाईले निर्णय गर्यो, जबकी म आकांक्षीसंग कुनै छलफल समेत गरिएन,’गौतमले भने, ‘पार्टीको बिधान मिचेर गुटगत बिचारका आधारमा गरिएको निर्णय मलाई मान्य छैन, फलतः मैले कांग्रेसको नगर समितिदेखि कांग्रेसको केन्द्रीय समितिसम्म नै उजुरी हालेको छु।’

यो वडाले अहिलेकै वडा अध्यक्ष रमेश कुमार पाण्डेलाई एकल उम्मेदवारका रुपमा सिफारिस गरेको छ। कांग्रेसको संस्थापन इतर समूहलाई पेलेरै जाने मनस्थितीमा रहेको संस्थापन पक्षले उम्मेदवार सिफारीसका सम्बन्धमा बिधान मिचेरै निर्णय गरेको कांग्रेस वृत्तमा चर्चा चलिरहेको छ।

यसैगरि यही वडाकै सदस्यको उम्मेदवार आकांक्षी गुरु गौतम पनि अहिले वडा समिति देखि रुष्ट छन्। नेविसंघको राजनीतिमा सकृय उनी अहिले वडा सदस्यको आकांक्षी थिए। तर उनी पनि गुटगत निर्णयको मारमा पिल्सीए। उनको पनि नाम सिफारीसै भएन। ‘मैले वडा सदस्यको आकांक्षीका रुपमा आफ्नो आकांंक्षा राखेको थिएँ, पहिलो दिन नाम टिपियो पनि,’ गौतमले भने, ‘तर पछि मेरो नाम काटिएछ, मेरो नामै सिफारिस गरिएन छ।’

उनीसंग पनि वडा समितिले कुनै छलफलनै गरेन। ‘कित सहमतिका लागि हामीहरुलाई छलफल गराउनुपथ्र्यो, त्यो पनि गराईएन,’ गौतमले भने ‘यसरी आफूलाई मन लाग्यो भन्दैमा वा आफ्नो गुटको हैन भन्दैमा नाम काट्ने अधिकार पार्टीको बिधानको कुन बुँदाले दिएकोछ?’ वडा समितिले दुई खुल्ला सदस्यका लायि अन्य आकांक्षीहरुको नाम काटेर दुई जनाको नाम मात्रै सिफारिस गरेको छ।  

यता पार्टीको बिधान मिचेर आफू पक्षीय व्यक्तिलाई मात्रै उम्मेदवारका रुपमा सिफारिस गरेका वडा सभापति सुनिल कुमार देवकोटाले यस बारेमा मुख खोल्नै मानेनन्। उनले भने, ‘बाहिर आईसकेको कुरा मसंग किन सोध्नुपर्यो?’ पटक पटक उनलाई आग्रह गर्दा पनि उनले जानकारी दिन आनाकानी गरिरहेका थिए। उनी भन्दै थिए ‘तपाईलाई थाहै छ होलात, मैले किन भन्नु पर्यो?’ वडा अध्यक्षमा एक जनाको मात्रै नाम सिफारिस भएको हो? यो प्रश्नमा उनले भने ‘हो वडा कार्य समितिको निर्णय अनुसार गरिएको हो।’

आकांक्षीहरुका बीच सहमति कायम गर्नका लागि छलफल गराईएको हो कि हैन भन्ने प्रश्नमा उनले गैरजिम्मेवार जवाफ दिए। उनले भने ‘तपाईले छलफल गराएर मिलाउनु पर्ने हो?, किन मिलाउनु भएन त?’ उनको यो गैर जिम्मेवार अभिब्यक्तिले पनि उनले एकल रुपमा गुटगत आधारमा आफू निकटस्थलाई मात्रै उम्मेदवार सिफारिस गरेको प्रष्टै आँकलन गर्न सकिन्छ।  

तर, अहिलेको सिफारीस ‘क्यान्सिल’हुन सक्ने पनि उनले बताए। ‘सिफारिस भएको मात्रै त हो नि,’ उनले भने, ‘उम्मेदवार चयननै भैसकेको त हैन,यो क्यान्सिल पनि हुन सक्छ।’  एकलौटी ढंगबाट गुटगत स्वार्थ बमोजिम कांग्रेसको बिधानै मिचेर गरिएका यस्ता निर्णयले चुनावको मुखैमा कांग्रेसीहरुमा थप चिसो बढाएको छ। त्यसोत, कांग्रेसको महाधिवेशनले कैयन असन्तुष्ट मनहरु ऋहिले सम्म माझिईसकेका छैनन्।

लगत्तै स्थानीय तहको निर्वाचनको मुखैमा इतर पक्षलाई थप असन्तुष्ट बनाउने कांग्रेसी स्वार्थले चुनावमा थप तिक्तता निम्तने हो कि भन्ने खतरा देखिन्छ। घोराही उपमहानगरको १५ नम्बर वडामा मात्रै हैन, जिल्लाका थुप्रै वडामा कांग्रेसका निर्णयहरु एकपक्षीय भएका छन्।

घोराही उपमहानगरकै वडा नम्बर १७ मा वडा अध्यक्षका आकांक्षी १४ जना थिए। यी १४ जना मध्य कसैसंग पनि छलफल गरिएन। यो वडामा पनि एकलौटी ढंगबाट कांग्रेस वडा सभापति बुझाउना चौधरीले वडा अध्यक्षको उम्मेदवारका रुपमा आफ्नो नाम मात्रै सिफारीस गरे। अन्य आकांक्षीहरु अहिले वडा कांग्रेसको एकल निर्णय प्रति रुष्ट बनेका छन्। यो वडाको वडा अध्यक्षका आकांक्षी सन्तोष योगी पनि थिए।

यो वडाका कांग्रेस निवर्तमान सहसभापति योगीले आफ्नो नाम सिफारीस नगरिएको बाहिरी हल्लाबाट मात्रै थाहा पाए। ‘म पनि वडा अध्यक्षको आकांक्षी थिएँ, तर मसंग वडा अध्यक्षको एकल उम्मेदवार चयन गर्ने विषयमा कुनै छलफल नै गरिएन,’ उनले भने ‘तानाशाही ढंगबाट सभापतिले आफ्नो नाम मात्रै वडा अध्यक्षको रुपमा सिफारिस गरे, यो सरासर कांग्रेसको बिधान बिपरितको कदम हो।’

घोराही ९ का अमरराज भण्डारी पनि यो वडाको वडा अध्यक्षका आकांक्षी थिए। उनीसहित आकांक्षीहरु धेरै भएपछि भण्डारीले आफू सदस्यमै भएपनि बस्न तयार रहेको कांग्रेस वडा समितिको छलफलमै बताए। तर वडा सदस्यका लागि ८ जनाको नाम सिफारिस गर्दा पनि उनको नाम यो सुचीमा परेन।

भण्डारीका अनुसार वडा अध्यष तथा वडा सदस्यहरुको नाम सिफारिस गत कांग्रेसको महाधिवेशनका बेला बनेको पार्टीको गुट अनुसार मात्रै चयन भए। ‘महाधिवेशनका बेला आफ्नो समूहमा रहेकाहरुको मात्रै नाम सिफारिस भए,’ भण्डारीले भने ‘तर त्यो समूहको इतर रहेका हामीहरु कसैको पनि नाम सिफारिस भएन, आफ्नोगुटका मान्छेहरुको नाम मात्रै एकलौटी ढंगबाट सिफारिस गरियो।’

घोराही उपमहानगरका बिभिन्न वडामा देखिएको उम्मेदवार सिफारिसको कचिंगलको समाधानका लागि वडा भन्दा माथिल्ला इकाइहरु सहजीकरणमा लाग्ने बताउँछन्। कांग्रेस क्षेत्र नम्बर २ (क) का सभापति प्रकाश श्रेष्ठले केही वडाहरुमा असन्तुष्टि देखिएको बताए।

१५ नम्बर वडाको उम्मेदवार सिफारीस प्रकरणका विरुद्ध परेको उजुरी उपर आफूहरुले छलफल गरिरहेको उनले बताए। ‘पहिला यो वडामा एकलौटी ढंगबाट सिफारिस गरिएको हो कि भन्ने मलाई पनि लागेको थियो, हामीले वडालाई सोध्दा वडाको कार्य समितिको निर्णय अनुसार गरिएको हो भन्ने कुरा आएको छ,’ श्रेष्ठले भने ‘हामीहरुले त्यो बेला वडाले गरेको निर्णयको प्रतिलिपी मागेका छौँ, के निर्णय भएको रहेछ? त्यो हेरेपछि थाहा हुन्छ।’ घोराही उपमहानगरका वडाहरुमा देखिएको एकलौटी उम्मेदवार सिफारिस बिधान बिपरित भएको कांग्रेसका नगर स्तरीय नेताहरु बताउँछन्। 

तानाशाही ढंगबाट बिधान मिचेरै गरिएका यस्ता निर्णयले कांग्रेसीहरुमा दुरी बढ्ने खतरा रहेको र यसले आगामी स्थानीय तहको निर्वाचनमा गलत प्रभाव पर्न सक्ने खतरा रहेको तत्कालीन घोराही नगरको सभापति पदमा उम्मेदवार बनेका निरज गिरीले बताए। 'कांग्रेसको बिधान अनुसार जानु पर्नेमा बिधानै मिचेर शक्तिको आडमा तानाशाही ढंगले उम्मेदवार सिफारीस गर्नु हामी कांग्रेसका लागि निकै लाजमर्दो कुरा हो,’ गिरी भन्छन्, ‘आफ्ना र आफ्नो गुटका मान्छेहरुलाई मात्रै च्याप्ने प्रबृत्ति अहिले उम्मेदवार सिफारीसका क्रममा देखियो, यसले कांग्रेसीहरुबीच नै बेमेल पैदा गरेको छ, जुन निर्वाचनका लागि घातक बन्न सक्छ।’ उनले अहिले देखिएको उम्मेदवार सिफारिसको गलत कदमलाई सच्याएर सबैलाई अपनत्व हुने खालको निर्णय गरिनु पर्नेमा समेत जोड दिए।

मूलतः वडा अध्यक्ष वा वडा सदस्यको आकांक्षा गरिरहेकाहरुका लागि उम्मेदवारका रुपमा सिफारिस हुनुलाई पनि राजनीतिक यात्राको ठूलो खुड्किलोका रुपमा लिन्छन्। उम्मेदवारका रुपमा सिफारिस भए मात्रै पनि जनप्रतिनिधिको बन्ने प्रकृयामा प्रवेश हुने तर एकलौटी ढंगबाट उम्मेदवार चयननै नगरिँदा जनप्रतिनिधि बन्न्ने बाटो नै बन्द हुने गत कांग्रेस महाधिवेशनमा दाङ क्षेत्र नम्बर २ का सचिव पदका उम्मेदवार बनेका सन्तोष योगी बताउँछन्।

‘उम्मेदवारका रुपमा सिफारिस भए मात्रै पनि पार्टीमा आफूले गरेको लगानीको मूल्यांकन गर्ने अवसर आकांक्षीहरुलाई हुन्छ,’ योगी भन्छन् ‘तर एकलौटी ढंगबाट आफ्नो निहित स्वार्थका लागि जसरी सिफारिसनै गरिन्न, सिफारीसबाट बञ्चित हुनेहरुका लागि मनोबल,उत्साह स्वतः शिथिल भएर जान्छ।’
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
२ घण्टा अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस