ऐनसँग बाझिने गरी पूर्व युवराज्ञीलाई दाइजो फिर्ता आदेश
१५ असार २०७२
•
९ मिनेट पाठ
ऐनसँग बाझिने गरी पूर्व युवराज्ञीलाई दाइजो फिर्ता आदेश
काठमाडौं—सर्वोच्च अदालतले काठमाडौं, छाउनीस्थित १५ रोपनी १ आना जग्गा पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा सिंहका नाममा फिर्ता दिन गरेको परमादेश कानुनविपरीत देखिएको छ। 

उक्त फैसलाले 'नेपाल ट्रस्ट ऐन, २०६४' को प्रस्तावना नै लत्याएको छ। 

उक्त ऐनको प्रस्तावनामा 'राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूको परिवारको देहावसान हुँदाका बखत निजहरूको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रस्ट बनाई त्यस्तो सम्पत्ति व्यवस्थापन गरी राष्ट्रिय हितमा प्रयोग गर्ने ...' भनिएको छ। तर सर्वोच्चले केही दिनअघि उक्त जग्गा वीरेन्द्र र उनको परिवारका नाममा रहेको नदेखिएको भन्दै प्रेरणालाई फिर्ता दिन परमादेश जारी गरेको थियो।

प्रधान न्यायाधीश रामकुमार प्रसाद साह र चोलेन्द्रसम्शेर राणाले यस्तो फैसला गरेका हुन्।

मालपोत कार्यालय, कलंकीले २०६४ साल माघ २ गते तथा विभिन्न समयमा लेखेको पत्रमा भने देहावसान हुँदा उक्त घरजग्गा वीरेन्द्रकै नाममा रहेको उल्लेख छ। वंशनाश भएको लामो समयपछि अन्यको नाममा पुर्जा भएको देखिँदा परिवारका नाममा रहेको नदेखिएको भनी अदालतबाट गरिएको व्याख्या अमिल्दो देखिन्छ।

२०६४ माघ ३ गते मालपोत कार्यालयले ट्रस्ट कार्यालयलाई लेखेको पत्रमा सातवटा पुराना कित्ताबाट नयाँ नाममा नामसारी भएको उल्लेख छ।

वीरेन्द्रकै नाममा रहेको टंकेश्वर वार्ड नम्बर ८ को कित्ता नम्बर ३७, ३८, ४० र ४१ को ८ रोपनी ३ आना २ पैसा र कित्ता नम्बर २९, ३९ र ३६ को ४ रोपनी ७ आना २ पैसा जग्गा वीरेन्द्रका नामबाट नारायणहिटी राजदरबारमा नामसारी गरी कित्ता नम्बर २५ कायम गरिएको देखिन्छ।

वीरेन्द्रको नामबाट नामसारी भएको उक्त जग्गालाई ज्ञानेन्द्रले आफू राजा हुँदा आफ्नी छोरी प्रेरणालाई दाइजोका रूपमा दिएका थिए। वीरेन्द्रको परिवार समाप्त भएपछि उक्त जग्गा नारायहिटी दरबारमा नामसारी भएको देखिन्छ।

काठमाडौं वडा नम्बर १३ मा पर्ने छाउनीको २५ नम्बर कित्ताको घरजग्गा २०६२ जेठ ४ गतेको निर्णयबाट दरबारका नाममा नामसारी भएको मालपोत कार्यालयको रेकर्डमा छ। वीरेन्द्र र उनको परिवारको २०५८ जेठ १९ गते हत्या भएको थियो। हत्याकाण्ड भएको ४ वर्षपछि दरबारको नाममा एकीकृत पुर्जा आएको भए पनि सर्वोच्चले वीरेन्द्रको परिवारका नाममा नरहेको देखाउँदै तत्काल फिर्ता दिन परमादेश जारी गरेको हो।

सर्वोच्चको यो आदेश ट्रस्ट ऐनको प्रस्तावानासँग सिधै बाझिएको देखिन्छ। मृत्यु हुनुअघि वीरेन्द्रको नाममा रहेको सम्पत्ति ट्रस्टमा जानुपर्ने प्रस्तावनाविपरीत अन्य व्यक्तिको नाममा रहेको भन्दै प्रेरणाको अधिकार हुने व्याख्या सर्वोच्चले फैसला गरेको देखिन्छ।

ट्रस्टको ऐन २०६४ को दफा ३ र ४ बमोजिम तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराजा दीपेन्द्र र राजकुमार निराजनको नाममा रहेको सम्पत्ति नेपाल ट्रस्टमा ल्याउने व्यवस्था भएकोमा प्रेरणाको पनि बिनासोधपुछ ल्याइएको सर्वोच्चको फैसलामा भनिएको थियो।

सर्वोच्चले ऐनको दफा ३ र ४ को व्यवस्थाविपरीत जग्गा ल्याइएको भने पनि ४ कै उपदफा 'क' सँग फैसला मिलेको देखिँदैन । उक्त दफाको 'क' मा 'वीरेन्द्र, ऐश्वर्या र उनको परिवारको देहावसान हुँदा निजहरूका नाममा रहेको सम्पत्ति ट्रस्टअन्तर्गत ल्याउने' भनिएको छ। तर, सर्वोच्चले २०६२ सालअघि वीरेन्द्रका नाममा रहेको घरजग्गा उनको नभएको भनी गरेको व्याख्याले महान्यायाधिवक्ताको कार्यालय र ट्रस्ट अन्योलमा परेका छन्।

वीरेन्द्रका परिवार बाहेक अन्यको नाममा रहेको सम्पत्ति ट्रस्टको नाममा जाने भन्ने कानुनी व्यवस्था नभएको अवस्थामा सरकारले गैरकानुनी रूपमा प्रेरणाले दाइजो बकसमा पाएको जग्गा अधिकरण गरेको सर्वोच्चको फैसलामा भनिएको थियो। 'काठमाडौंको छाउनीमा रहेको २५ रोपनी १ आनामा निर्माण भएको घरजग्गा प्रेरणाले आफ्ना पिता ज्ञानेन्द्रबाट दाइजोस्वरूप पाएको देखिएको अवस्थामा सरकारले २०६४ पुस १ गते आफ्नो नाममा ल्याउन गरेको निर्णय उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ,' सर्वोच्चको फैसलामा भनिएको छ, 'निजको अद्यावधिक भोगचलनको घरजग्गा सोध्दै नसोधी, सुनुवाइको मौका समेत नदिई सारेको मिलेको देखिएन ।'

अदालतले गरेको यो फैसलाले ऐनको व्यवस्था वा अदालतको फैसला कुन अन्तर्गत काम गर्ने भन्ने अन्योल सिर्जना भएको ट्रस्टका कर्मचारीले बताएका छन्।

'निवेदकको दाबीबमोजिम कित्ता नम्बर २५ को घरजग्गामा निवेदक बस्न पाउने देखिन्छ,' फैसलामा भनिएको छ, 'आफ्नो हक लाग्ने उक्त जमिनमा बस्न दिनका लागि तत्काल प्रयोजनमा रहेको कानुनबमोजिम जो जे गर्नुपर्ने हो गर्नू ।' सर्वोच्चले ट्रस्टमा लैजाने सरकारको निर्णय खारेज भई प्रेरणाको नाममा तत्काल पुर्जा उपलब्ध गराउन परमादेश जारी गरेको थियो ।

२०६२ जेठ १० र २०६३ असार १९ मा ज्ञानेन्द्रले आफ्नी छोरी प्रेरणाको नाममा उक्त जग्गा बकस दिएका थिए। वीरेन्द्रको परिवारकै मृत्यु भएपछि राजा भएका ज्ञानेन्द्रले उनको नाममा घरजग्गा बकस गरिदिएका हुन् । मृत्यु भएको केही वर्षसम्म वीरेन्द्रकै नाममा रहेको सम्पत्ति कसरी उनको परिवारको नहुने भन्ने प्रश्न अदालतको फैसलाले उठाएको महान्याधिवक्ता कार्यालयका एक कर्मचारीले बताए ।

फैसलाको पूर्ण पाठ आएपछि सञ्चालक समितिको बैठक राखी पुनरावलोकनमा जाने वा नजाने निर्णय हुने निमित्त सचिव केदारबहादुर अधिकारीले बताए । तर, ट्रस्टको नाममा भएका अन्य जग्गाको हकमा समेत कानुनी प्रश्न उठ्ने देखिएकाले सञ्चालक समितिले पुनरावलोकनको पक्षमा निर्णय गर्न सक्ने सम्भावना रहेको उनले बताए।

वीरेन्द्रको नाममा रहेको उक्त जग्गा नारायणहिटी दरबारको नाममा नामसारी गरिएको थियो। वीरेन्द्रको नाममा रहेको उक्त जग्गा बिक्री, बकस अन्य प्रक्रियाबाट नभई एकरूपता कायम गर्न नारायणहिटी दरबारका नाममा तत्कालीन समयमा पुर्जा निर्माण गरिएको मालपोत कार्यालयको पत्रमा उल्लेख छ ।

आफूले दाइजोमा पाएको घरजग्गासमेत सरकारले ट्रस्टमा ल्याउने गैरकानुनी निर्णय सरकारले गरेको भन्दै पूर्वअधिराजकुमारी प्रेरणाले २०७१ माघ २५ गते सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन्। प्रेरणाले रिट दायर गरेको चार महिनामै सर्वोच्चले उनको पक्षमा फैसला सुनाएको हो ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस