काठमाडौं—राप्रपा नेपालका सभासदहरुले झुक्याएर मस्यौदा समितिले धर्म परिवर्तनको अधिकार मौलिक हकमा थपेको भन्दै संविधान सभा बैठक अवरुद्ध पारेका छन्। शुक्रबारको बैठक सुरु हुने बित्तिकै राप्रपा नेपालका अध्यक्ष कमल थापाले मस्यौदा समितिले षड्यन्त्रपूर्वक धर्म परिवर्तनलाई मौलिक हकमा राखेको आरोप लगाए।
संविधानको मस्यौदा प्रस्तावनामा 'समाजवादउन्मुख' भन्ने शब्द राखिएको भन्दै उनले आपत्ति जनाए।
'मस्यौदा समितिले एउटा निर्णय गर्योस संविधान सभामा आउँदा अर्कै भयो', उनले भने, 'षड्यन्त्रपूर्वक धर्म परिवर्तनलाई मौलिक हक बनाइयो।' थापाले 'षड्यन्त्रपूर्वक' भन्ने शब्द प्रयोग गरेपछि सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङले उनलाई सो शब्द प्रयोग नगर्न आग्रह गरेका थिए।
६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने भन्ने मस्यौदा समितिको निर्णय पनि हटाइएको भन्दै उनले आलोचना गरे।
राप्रपा नेपालका सभासदले नाराबाजी गरिरहेका छन्।