काठमाडौं–संविधान सभामा संविधानको मस्यौदा माथि छलफल चलिरहेकै बेला केहि मधेसी नेताहरु भने शुक्रबार दिउँसो 'भ्रम चिर्न' भन्दै भारतीय दुतावास लैनचौर पुगेका छन्। तराई मधेस लोकतान्त्रीक पार्टी, संघीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, संघीय सद्भावनाका नेताहरु भारतीय दुतावास पुगेका हुन्।यस्तै दुतावास पुग्नेमा नेकपा (माओवादी) का मातृकाप्रसाद यादव र नेपाली कांग्रेसका सभासद अमेरश कुमार सिंह र तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकास प्रसाद गुप्ता पनि दुतावास पुगेका थिए।
दुतावास पुग्नु अघि उनिहरु तमलोपाको कार्यलयमा बैठक वसेका थिए। बैठक पछि उनिहरु दिउँसो दुतावासमा पुगेका थिए।
तमलोपाबाट अध्यक्ष महन्थ ठाकुर, हृदयस त्रिपाठी सहित चार जना थिए। यस्तै संघीय समाजवादीका फोरम नेपालबाट रत्नेश्वरलाल कायस्थ, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, उपाध्यक्ष लक्ष्मणलाल कर्ण र संघीय समाजवादीका अनिल झा थिए।
अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो कुरा प्रष्ट पार्ने अभियनामा आफुहरु रहेको तमलोपा उपाध्यक्ष हृदयस त्रिपाठी बताए। 'कांग्रेस, एमाले र एमाओवादीले हाम्रो बारे अन्तराष्ट्रिय समुदालयमा भ्रम फैलाएका छन्' त्रिपाठीले भने, 'हाम्रो कुरा स्पष्ट पार्नको लागि दुतावास गएका हौं।' उनले मधेसी दलहरु संविधान निर्माणको विरोधी नभएको बताए।
ठूला दलहरुले अन्तरीम संविधानको मर्म विपरीत, विगतमा भएका सहमति र अदालतको आदेशको उल्लङघन गरेर फाष्ट्रयाकको नाममा अघि बढेको विषयमा आफूहरुको असहमति रहेको त्रिपाठीले नागरिकसँग बताए।
दुतावास पुगको नेताहरुले मधेसी र जनजातिलाई उपेक्षा गरेर संविधान ल्याउन खोजे संविधान सभा छोडेर आन्दोलनमा जाने बताएका थिए। मधेसी उपेक्षामा परेको भन्दै भारतले मध्यस्थता गर्नुपर्ने बताएको भेटमा सहभागि एक नेताले बताए। मधेस आन्दोलनको क्रममा भएको सहमति दुतावासलाई सम्झाएको ति नेताले बताए। 'मधेस आन्दोलनको समयमा भएको ८ बुँदे सहमतिमा भारतले मध्यस्थता गरेको थियो अहिले त्यो लागु भएको छैन' ति नेताले नागरिकसँग भने, 'विगतका सहमति लागु नहुने हो भने हामी मधेसमा फेरी वारपारको आन्दोलन गछौं।'
मधेसलाई छोडेर ल्याउन लागिएको संविधानले देशमा दिगो शान्ति नदिने उनको भनाई थियो। संविधान भित्र भएका र वाहिर भएका मधेसी सभासदहरु एक रहेको उनले दावी गरे।
राजदुत रन्जीत रेलाई भेटेका नेताहरुले सत्ताधारी दलहरुले जर्वजस्ती संविधान ल्याउन लागेको भन्दै भारतको भूमिकाबारे सोधेका थिए। उनिहरुले १२ बुँदे सहमति देखि यहाँ आइपुग्दा सम्म भारतको भूमिका रहेको स्मरण गराउँदै १६ बुँदे प्रतिको धारणा के हो भन्दै प्रश्न गरेका थिए।
मधेस केन्द्रीत दलहरुले संविधान निर्माणको विषयमा चार दलबीच भएको १६ बुँदे सहमतिको विरोध गर्दै आएका छन्। उनिहरुले संविधान सभामा छलफलको लागि पेस भएको संविधानको पहिलो मस्यौदामा विरोध जनाउँदै च्यातेका थिए।