'प्रहरी देख्दा मलाई डर लाग्छ'
१८ असार २०७२
•
७ मिनेट पाठ
'प्रहरी देख्दा मलाई डर लाग्छ'
काठमाडौं-गृहमन्त्रालयमा शुक्रबार एक महत्वपूर्ण कार्यक्रम थियो– रानीबारी हत्याकाण्डका सफल अनुसन्धानकर्ता प्रहरी अधिकारीलाई सम्मान गरेर सिंगो संगठनको मनोबल उकास्ने। कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री वामदेव गौतमलाई कार्यक्रमको उद्देश्य र प्रकृति थाहै नहुने विषय थिएन।
उनले यो हेक्का नराख्दा कार्यक्रममा सहभागी प्रहरीले उत्साही होइन, खिन्न बन्नुपर्योय।

प्रहरीका कामको प्रशंसा गरेर सम्मानको गरिमा राख्नुपर्ने हेक्का नराखी गृहमन्त्री गौतमले आफ्नो भाषणको पूरै समय प्रहरी संगठनकै आलोचनामा बिताए। उनले प्रहरीलाई कमजोर र अक्षम मात्र भनेनन्, अपराधीसँग साँठगाँठ गरेको आरोप लगाउँदै आफूलाई प्रहरीदेखि नै डर लाग्न थालेको आक्षेप लगाए।

'पहिले गृहमन्त्री हुँदा म प्रहरी कार्यालयको अनुगमन गर्न जान्थेँ, साना समस्यासमेत थाहा हुन्थ्यो र समाधान गर्न सक्थेँ,' उनले भने, 'अहिले मलाई नै गलहत्याउँछन् कि भन्ने डर लाग्छ, त्यसैले जाँदिनँ।'

रानीबारी हत्याकाण्डको उत्कृष्ट अनुसन्धान गरेकोमा मन्त्रिपरिषदकोे निर्णयअनुसार सम्मानपत्र हस्तान्तरण कार्यक्रम राखिएको थियो। 'असम्भव' ठानिएको उक्त हत्याकाण्डको रहस्य १२ वर्षपछि सुल्झाएकोमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका चार अधिकारीलाई कार्यक्रममा नगदसहित सम्मानपत्र दिइयो।

काठमाडौंको रानीबारीमा मारिएका हेमन्त र अञ्जली श्रेष्ठको हत्या अनुसन्धानको नेतृत्व गरेका केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख हेमन्त मल्ल, डिएसपी भीमप्रसाद दाहाल तथा प्रहरी निरीक्षकद्वय दीपेन्द्र अधिकारी र महेश बस्नेत सम्मानित भए। तर यही कार्यक्रममा गृहमन्त्री भने प्रहरीको आलोचनामा केन्द्रित रहे।

सम्मान कार्यक्रममा उनले प्रहरी–अपराधी साँठगाँठ हुने गरेको र मुद्दा कमजोर बनाएर उन्मुक्ति दिने गरेको जस्ता गम्भीर आरोप लगाए। अपराध अनुसन्धान विभागको तथ्यांकमा यो वर्ष २० प्रतिशतले अपराध घटेका छन् तर गृहमन्त्री गौतमले अपराध बढेको मात्र दाबी गरेनन्, अपराधी जोगाउने काममा प्रहरी नै संलग्न हुने गरेको गम्भीर आरोपसमेत लगाए।

'चरी (दिनेश अधिकारी) मार्दैमा गुण्डा नियन्त्रण भयो भन्ने?' उनले आक्रोश पोखे, 'न गुण्डागर्दी घटेको छ न अपराध। बरु प्रहरीकै संलग्नतामा अपराधी जोगाउने काम भएको छ।'

कार्यक्रममा गृहमन्त्रीको आक्रोशको चुरो थियो– सशस्त्र प्रहरी बललाई पक्राउ पुर्जी जारी गर्ने अधिकार दिने विवाद।

उनले त्यो कारण पनि बिस्तारै खुलाउँदै गए। सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी जारी गर्ने अधिकारसहित मन्त्रालयले अगाडि बढाएको नियमावलीमा प्रहरी नेतृत्वबाट भएको विरोधतर्फ संकेत गर्दै उनले आफूलाई प्रहरीदेखि डर लाग्न थालेको बताएका थिए।

प्रहरीमा अनुशासन नभएको भन्दै उनले गृहमन्त्रीलाई खुलेआम आलोचना गर्ने प्रहरी कारबाहीको साटो पुरस्कृत हुने गरेको आरोप लगाए। त्यही संगठनमा प्रहरी महानिरीक्षकको आलोचना गर्दा भने प्रहरी कर्मचारी कारबाहीमा परेको उनको भनाइ थियो।

कार्यक्रममा सहभागी प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गृहमन्त्री लक्षित केही बोलेनन्। उनले कार्यक्रममा सहभागी सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई चुनौती दिन भने भुलेनन्।

अर्यालले वन्तलाई लक्षित गर्दै 'धेरै मान्छेले अनुसन्धानको अधिकारका लागि मुख मिठ्याइरहेको तर अनुसन्धानको बाहिरी आवरण ग्लामर देखिए पनि यसको जटिलतासम्बन्धी ज्ञान नभएको बताए। सरकारले अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको मनोबल बढाउने काम गर्न नसकेको भन्दै घुमाउरो शैलीमा उनले गृहमन्त्रीको पनि आलोचना गर्न भ्याए।

गृहमन्त्री र प्रहरी प्रमुखबीच आरोप–प्रत्यारोप चलिरहँदा कार्यक्रममा रहेका वन्त भने केही नभएझैँ मोबाइल चलाएर बसिरहे।

दिउँसो प्रहरी प्रधान कार्यालयमा अपराधसँग जोडिएको विधिविज्ञानको सुदृढीकरणका लागि आयोजित गोष्ठीमा आइजिपी अर्यालले काग र बकुल्लाको कथा सुनाए।

'बकुल्लाझैँ सेतो हुने रहर लागेपछि काग पनि बकुल्लाझैँ खोलाको किनारमा गएर बस्न थाल्यो र उड्न छाडेर पौडिन थाल्यो,' गृहसचिव सूर्य सिलवाल, भावी प्रधानन्यायाधीश कल्याण श्रेष्ठ मञ्चमै रहेका बेला अर्यालले भने, 'आफ्नो कामभन्दा भिन्न काम गर्दा ऊ बिस्तारै दुब्लाउँदै गयो र मर्योश।' उनको कथा सशस्त्र प्रहरीको अधिकारसम्पन्न प्रहरी बन्ने मोहतर्फ लक्षित थियो।

राज्यका विभिन्न निकायलाई आ–आफ्ना कार्यक्षेत्रमा बस्न सुझाव दिँदै उनले २०१२ सालदेखि प्रहरीको क्षेत्राधिकारमा रहेको अपराध अनुसन्धान संगठनको साखसँग जोडिएको पनि बताए।

सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी दिने अधिकारसहितको नयाँ नियमावली केही दिनअघि मन्त्रिपरिषद विधेयक समितिले पारित गरेको थियो। यो विवादले गृह नेतृत्व र प्रहरी नेतृत्वबीच भित्रभित्रै शीतयुद्ध बढाएको छ भने सशस्त्र र प्रहरी नेतृत्व सम्बन्धसमेत चिस्याएको छ।



अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस