काठमाडौं– नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंह केही मधेस केन्द्रित दलसँग शुक्रबार भारतीय दुतावास छिरेको विषयमा कांग्रेस संसदीय दलको बैठकमा चर्काचर्की भएको छ।शनिबार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सभासद केशवकुमार बुढाथोकीले सभासद सिंह शुक्रबार भारतीय दुतावास छिरेको विषयमा कुरा उठाएका थिए। बुढाथोकीले अमरेशकुमार सिंह कसलाई सोधेर भारतीय दुतावास छिरेका भन्दै कुरा उठाएका थिए। बैठकमा बुढाथोकीले पार्टीको नियम सबैलाई लाग्ने होकी होइन भन्दै सिंह दुतावास जानुको कारण माग गरेका थिए। 'अमरेशसिंह कसको मानिस हो,' बैठकमा बुढाथोकीले भने, 'कहिले मधेसी दलसँग जाने कहिले अराजक गतिविधि गर्ने यस्तो मनिसलाई किन कारवाही हुँदैन?' अमरेशका कारण पार्टी बद्नाम हुँदै भएको भन्दै सभासदले आक्रोश व्यक्त गरेका थिए। बैठकमा सभासदहरु बद्री पाण्डे, भिष्मराज आङदेम्बेलगायतले अमरेशसिंहलाई कारवाही गर्न माग गरेका थिए।
अमेरिको चर्को विरोध हुँदा प्रधानमन्त्री एवं सदंदीय दलका नेता सुशील कोइराला भने चुप लागेर बसेका थिए। बैठक सकिएपछि आक्रोशित सभासदले अमरेश सिंहलाई कारवाही गर्न माग गरेका थिए। जवाफमा कोइरालाले अमरेश सिंहसँग तत्काल स्पष्टिकरण सोध्ने आवश्वासन दिएको एक सभासदले जानकारी दिए। शुक्रबार संविधानसभामा संविधानको मस्यौदामाथि छलफल चलिरहेकै बेला केही मधेसी नेताहरुसँग कांग्रेस सभासद अमरेश सिंह 'भ्रम चिर्न' भन्दै भारतीय दुतावास लैनचौर पुगेका थिए तराई मधेस लोकतान्त्रीक पार्टी, संघीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, संघीय सद्भावनाका नेताहरु भारतीय दुतावास पुगेका थिए ।
यस्तै दुतावास पुग्नेमा नेकपा (माओवादी) का मातृकाप्रसाद यादव र नेपाली कांग्रेसका सभासद अमेरश कुमार सिंह र तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकास प्रसाद गुप्ता पनि दुतावास पुगेका थिए। दुतावास पुग्नु अघि उनिहरु तमलोपाको कार्यलयमा बैठक वसेका थिए। बैठक पछि उनिहरु दिउँसो दुतावासमा पुगेका थिए।