सङ्खुवासभा– सिंचाइमन्त्री एनपी साउदले संविधानको मस्यौदा अन्तिम दस्तावेज नभएको बताएका छन्। मस्यौदा अन्तिम दस्तावेज नभएकाले यसप्रति असन्तुष्ट दल र समूहहरुको सम्भव हुन सक्ने सबै माग अब बन्ने संविधानमा समावेश गर्न सकिने उनको भनाइ थियो।
संविधानसभामा रहेका अधिकांश दलहरु एकै ठाउँमा आएर गरिएको १६ बुँदे सहमतिबाट संविधान निर्माणको प्रक्रिया अगाडि बढेको बताउँदै मन्त्री साउदले अझै पनि छुटेका कुराहरुलाई संविधानमा राख्न सकिने समय प्रशस्त रहेको बताए। सिंचाइ कार्यालयको उद्घाटन तथा कार्यकर्ता भेटघाटका लागि आएका मन्त्री साउदले शनिवार तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै आफ्नो संविधान आफैले लेख्ने परिकल्पना सार्थकताको बाटोमा अगाडि बढिरहेको धारणा राखे।
'यो अझै जनतामाझ लगिन्छ। त्यहाँबाट फर्केपछि संवाद समितिमार्फत संविधानसभामा पुनः छलफल हुन्छ', मस्यौदाको विरोध गरिरहेका दलहरुप्रति लक्षित गर्दै उनले भने, 'त्यसैले यसमा समावेश नभएका विषयहरुमा थप सम्झौता हुनसक्छ ।' नेपाली काङ्ग्रेसको अधिवेशनको बिषयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा पाँच वर्षभित्र हुनैपर्ने विधानमा व्यवस्था भएकाले नसर्ने स्पष्ट पारे।
केही तालिकाहरुमा पुनर्विचार हुनसके पनि महाधिवेशनको मिति सार्न नमिल्ने पार्टी केन्द्रीय सदस्यसमेत रहेका साउदको भनाइ थियो।
संविधानसभामा रहेका अधिकांश दलहरु एकै ठाउँमा आएर गरिएको १६ बुँदे सहमतिबाट संविधान निर्माणको प्रक्रिया अगाडि बढेको बताउँदै मन्त्री साउदले अझै पनि छुटेका कुराहरुलाई संविधानमा राख्न सकिने समय प्रशस्त रहेको बताए। सिंचाइ कार्यालयको उद्घाटन तथा कार्यकर्ता भेटघाटका लागि आएका मन्त्री साउदले शनिवार तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै आफ्नो संविधान आफैले लेख्ने परिकल्पना सार्थकताको बाटोमा अगाडि बढिरहेको धारणा राखे।'यो अझै जनतामाझ लगिन्छ। त्यहाँबाट फर्केपछि संवाद समितिमार्फत संविधानसभामा पुनः छलफल हुन्छ', मस्यौदाको विरोध गरिरहेका दलहरुप्रति लक्षित गर्दै उनले भने, 'त्यसैले यसमा समावेश नभएका विषयहरुमा थप सम्झौता हुनसक्छ ।' नेपाली काङ्ग्रेसको अधिवेशनको बिषयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा पाँच वर्षभित्र हुनैपर्ने विधानमा व्यवस्था भएकाले नसर्ने स्पष्ट पारे।
केही तालिकाहरुमा पुनर्विचार हुनसके पनि महाधिवेशनको मिति सार्न नमिल्ने पार्टी केन्द्रीय सदस्यसमेत रहेका साउदको भनाइ थियो।