यस्तो छ गृहमन्त्री–आइजिपी सम्बन्ध
१९ असार २०७२
•
१९ मिनेट पाठ
यस्तो छ गृहमन्त्री–आइजिपी सम्बन्ध
काठमाडौं-डेढ वर्षअघि गृहमन्त्रीमा एमाले उपाध्यक्ष वामदेव गौतमको नाम आउँदा प्रहरी अधिकारीहरू सशंकित भएका थिए। दुईचोटि गृह मन्त्रालय सम्हालिसकेका गौतमको हस्पक्षेपकारी कार्यशैली र संगठन प्रमुखसँगको तितो सम्बन्धसँग उनीहरू जानकार थिए।गौतमले २०७० फागुन १३ गते उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएलगत्तै केही वरिष्ठ प्रहरी अधिकृत त नेतृत्वदायी निकाय गृह मन्त्रालयसँग प्रहरी प्रधान कार्यालयको भावी सम्बन्धको विवेचनामै जुटेका थिए।

गौतमको नाम आउँदा प्रहरी प्रशासनलाई आफूअनुकूल उपयोग गर्ने गौतमको पुरानो कार्यशैली बुझेका प्रधानमन्त्री सुशील कोइरालासमेत झस्किएका थिए। आइजिपी उपेन्द्रकान्त अर्याल र गौतमको सम्बन्धबारे परिचित प्रधानमन्त्रीले गौतमलाई गृहमन्त्रीका रूपमा अस्वीकार गर्न खोज्दा सरकार नै झन्डै ढल्यो।

कोइरालाले सकेसम्म एमालेबाट अरूलाई नै सरकारमा ल्याउने प्रयास गरेका थिए। १५ दिनसम्म कुर्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री उनै हुने अडान लिएपछि कोइरालाले गौतमलाई उपप्रधान तथा गृहमन्त्रीको शपथ खुवाएका थिए।

शपथलगत्तै मन्त्रालय पुगेका गौतमले यसअघि गृह सम्हाल्दा लागेको अनुचित आरोपबाट मुक्ति पाउने गरी काम गर्ने' घोषणा गर्दै मातहतका सबै कर्मचारीलाई नेताकोमा नधाउन र आफूकहाँ चाकडी गर्न नआउन निर्देशन दिए। उनको निर्देशनले २०५३ को घटनाको नकारात्मक प्रभाव २०७१ मा नपर्ने निष्कर्ष निकाल्दै उनीहरू आश्वस्त भए।

तर, उनीहरूको विश्वास लामो १६ महिना पनि पुगेन। १९ वर्ष पुरानो घटनाको प्रभावले गृहमन्त्रालय र नक्सालको सम्बन्ध चिसो मात्रै बनाएन। गृहमन्त्री र प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल एकअर्काविरुद्ध सार्वजनिक कार्यक्रममै छेडखानीमा उत्रिए।

उस्तै प्रकृतिको २ सुरक्षा संगठन बनाएर द्वन्द्व बढाउने प्रयास भएको भन्दै प्रहरी नेतृत्व यतिबेला आलोचनामा उत्रिएको छ भने गृहमन्त्री प्रहरीमा अनुशासन नभएको, अपराध नियन्त्रण गर्न नसकेको भन्दै अप्रत्यक्ष रूपमा सशस्त्रलाई पक्राउ पुर्जीको अधिकार दिनुपर्ने पक्षमा उत्रिएका छन्। प्रहरी व्यक्तिगत तुष मेट्न र आर्थिक चलखेलको प्रभावमा अर्ध सैनिक बललाई प्रहरीझैं अधिकार तोकिएको भन्दै प्रहरी नेतृत्व प्रतिवादमा लागेको छ।

के भएको थियो २०५३ मा जसको प्रभाव २०७२ असारमा आएर देखियो?

राप्रपा–एमाले संयुक्त सरकाको गृहमन्त्री भएलगत्तै गौतमले तत्कालीन प्रहरी प्रमुख अच्युतकृष्ण खरेललाई रुचाएनन् र उनलाई राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गराएर आफूअनुकूलका धु्रवबहादुर प्रधानलाई प्रहरी प्रमुख बनाए। सर्वोच्चले गौतमको निर्णय बदर गर्दै खरेललाई ६ महिनापछि नै पुनः प्रहरी प्रमुखको कुर्सीमा बसाल्यो।

त्यो बेला अहिलेका प्रहरी प्रमुख अर्याल खरेलको सहयोगीका रूपमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए। गौतम गृहमन्त्री र अर्याल प्रहरी प्रमुख हुँदा त्यो बेलाको गौतम–खरेल तितो सम्बन्धको प्रभाव अर्यालको कार्यकालमा पर्ने धेरैको आशंका थियो।

पुरानो घटनासँग जोडेर आइजिपीसँगको सम्बन्धबारे चासो बढ्दै गएपछि गौतमले सार्वजनिक कार्यक्रममै आफ्नो सम्बन्ध राम्रो रहेको बताएका थिए। तर, त्यो ढाकछोप टिकेन। अपराधमा संलग्नलाई पक्राउ गर्दा पुर्जी जारी गर्ने अधिकारसहित सशस्त्रको नियमावली पारित भएसँगै यी दुवैको सम्बन्ध छरपष्ट भयो।

सशस्त्रले पाएको पक्राउ पुर्जीको अधिकार गृह–प्रहरीको सम्बन्ध बिग्रनुको मुख्य कारक देखिए पनि यसको पृष्ठभूमि उनी गृहमन्त्री बनेलगत्तै देखिएको स्रोतको विश्लेषण छ। प्रारम्भमा व्यक्तिगत सम्बन्ध आत्मीय नभए पनि व्यावसायिक सम्बन्ध राम्रै थियो। गौतमले चाहेअनुसारको काम प्रहरी प्रधान कार्यालयबाट हुन छाडेपछि भने औपचारिक सम्बन्धमा पनि चिसोपना बढ्न थाल्यो।

'सशस्त्रले पुर्जीको अधिकार पाएसँगै सार्वजनिक मञ्चबाटै दुवै एकअर्काको आलोचनामा उत्रिएकाले सम्बन्ध बिग्रनुको कारण यही झंै देखियो, तर होइन,' स्रोतले भन्यो, 'गौतम गृहमन्त्री भएको ६ महिनापछि नै दुवैबीच खटपट सुरु भइसकेको थियो, मौकाको खोजीमा रहेका उनले सशस्त्रको नियमावलीमार्फत प्रहरीको हुर्मत लिए।'

हतियारको बदला नियमावलीबाट

प्रारम्भमा गृहमन्त्री र आइजिपीको सम्बन्ध ठिकै थियो। तर, हतियार खरिद गर्ने गौतमको प्रयास तुहिएपछि भने उनी प्रहरी नेतृत्वसँग आगो भए। संविधानसभा दोस्रो निर्वाचनका लागि आवश्यक पर्ने भन्दै तत्कालीन प्रहरी नेतृत्वले खिलराज रेग्मी नेतृत्वको सरकारसँग डेढ अर्ब मूल्य बराबरका हतियार, गोलीगट्ठा र दंगा नियन्त्रणमा प्रयोग हुने सामग्री खरिदको माग गरेको थियो।

अर्थमन्त्रालयले समेत सो प्रस्ताव स्वीकार गरे पनि निर्वाचन अगाडि सामान खरिद हुन सकेन। प्रहरीको नेतृत्व फेरिएर कुबेर रानाको स्थानमा अर्याल प्रमुख भए। गौतम गृहमन्त्री भएलगत्तै उनले हतियार खरिद प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वसँग ताकेता सुरु गरे।

जे प्रयोजनका लागि हतियारको माग भएको सो प्रयोजन सकिएकाले प्रहरीले सामान खरिदमा रुचि देखाएन। गृहमन्त्रीले पटक–पटक ताकेता गरेपछि प्रधान कार्यालयका केही अधिकारीले हतियार खरिदका लागि छुट्ट्याएको रकम आवश्यक नभएको भन्दै फिर्ता गराउन अर्थमन्त्री रामशरण महतलाई आग्रह गरेलगत्तै अर्थ मन्त्रालयले रकम फिर्ता लग्यो। त्यसपछि गौतम प्रहरी नेतृत्वसँग आगो भए। प्रहरीकै खेलबाट पास भइसकेको बजेट फिर्ता भएको भन्दै उनले प्रष्टीकरणका लागि प्रधान कार्यालयमा पत्रसमेत पठाएका थिए।

चाकडीमा नआउन निर्देशन दिएको एक महिनापछि चैत २३ मा धुलिखेलमा युथफोर्सको कार्यक्रममा पुगेर उनले काठमाडौंका तत्कालीन एसएसपी रमेश खरेलले आफूलाई भेट्न नआएको बताए।

सञ्चारमाध्यममार्फत खरेलले आफू कुनै पनि गृहमन्त्रीलाई भेट्न जाने नगरेको भन्दै गौतमको भनाइको प्रतिवाद गरे। त्यसपछि गृहमन्त्रीले उनीमाथि कारबाही गराउन प्रहरी नेतृत्वलाई दबाब दिए, तर सफल भएनन्।

रिक्त भएको आठ महिनासम्म एआइजी बढुवा रोकिएकै बेला गत जेठमा सार्वजनिक कार्यक्रममै खरेलले 'डिआइजी बढुवामा ब्रिफकेसको खेल भइरहेको' बताए। मौका हेरेर बसेको गृह मन्त्रालयले खरेलको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल सरुवा र कारबाहीको गर्न दबाब दियो।

खरेलको नियमित सरुवा भयो। प्रधान कार्यालयले एआइजी विज्ञानराज शर्माको नेतृत्वमा छानबिन समिति गठन गर्यो । छानबिनमा खरेलले दण्डनीय गल्ती नगरेको निष्कर्ष आयो, कारबाही भएन।

शुक्रबार भने गृहको कार्यक्रममा गौतमले गृहमन्त्रीको आलोचना गर्नेमाथि कारबाही नभएको, तर आइजिपीको आलोचना गर्नेलाई कारबाही गरेको भन्दै दुखेसो पोखे।

प्रहरीको नयाँ नियमावली निर्माणका बेला प्रहरीको बढुवामा लोकसेवा आयोगको सहभागिता र अधिकारबारे समेत गृहमन्त्री र प्रहरी नेतृत्वबीच एक मत हुन सकेन। गृहमन्त्री तजबिजी अधिकारको पक्षमा र प्रहरी नेतृत्व लोकसेवासहितको सिफारिस समितिको पक्षमा हुँदा नियमावली धेरै समय गृहमा अड्किएको थियो।

इन्काउन्टरले बढायो दरार

जानकारका अनुसार अवैध हतियार र हत्या प्रयासको अभियोगमा फरार रहेका गुन्डा सुजन पौडेल (रमेश बाहुन) पक्राउ प्रकरणले समेत गृहमन्त्री–आइजिपीको सम्बन्धको चिसोपना बढायो।

ललितपुरमा मीनकृष्ण श्रेष्ठलाई गोली हानेर भागी भारतको लखनउमा रहेका बाहुनलाई प्रहरी टोलीले गोप्य रूपमा पक्राउ गरेको थियो। प्रारम्भमा इन्काउन्टरकै रणनीतिअनुसार उनलाई पक्राउ गरिएको थियो। तर, पक्राउक्रममा बाहुनका सहयोगी भागेकाले र भारतीय सुरक्षाकर्मीले समेत सकुशल पक्रेको जानकारी पाएकाले प्रहरीले रणनीति बदल्यो।

त्यतिबेला एमाले महाधिवेशन मुखैमा थियो। स्रोतका अनुसार गृहमन्त्री गौतमले बाहुनको इन्काउन्टर गर्न बारम्बार मौखिक निर्देशन दिएका थिए। प्रहरीले एक साता लुकाएर असार १२ गते सार्वजनिक गरेपछि गौतम बिच्किए।

एमालेमै आबद्ध अर्का गुन्डा दिनेश अधिकारी चरीको इन्काउन्टर घटनाले पनि गृहमन्त्री–आइजिपी सम्बन्धमा असर गर्यो । एक सुरक्षा अधिकारीका अनुसार चरी पक्राउपछिका घटनाक्रमबारे गृहमन्त्रीलाई जानकारी दिएर अनुमतिमै रणनीति बनेको थियो।

चरी मारिएपछि परिवार र समर्थकबाट सामान्य विरोध भए पनि राष्ट्रिय रूप लिने र पार्टीभित्रैबाट चर्को विरोध हुने दुवै पक्षले आँकलन गरेका थिएनन्। गत साउन २१ मा सीतापाइलाको भीमढुंगामा अधिकारी मारिएपछि एमालेका राजेन्द्र पाण्डे लगायतका नेता खुला रूपमा विरोधमा उत्रिए।

प्रारम्भमा वामदेवले घटनाबारे आफूलाई समेत जानकारी नभएको भन्दै अनुसन्धान हुने बताए। तर, पछि उनकै अनुमतिमा सबै घटना भएको खुलेपछि एमाले अध्यक्ष ओली सहितका नेता उनीसँग बिच्किए। आफ्नो पोल खोलेको भन्दै उनी प्रहरीसँग रिसाए।

राजनीतिक बाध्यताको अवज्ञा

गौतमनिकट गृहमन्त्री–आइजिपी सम्बन्ध यो अवस्थासम्म पुग्नुमा अर्यालको भूमिका पनि जिम्मेवार रहेको बताउँछन्। मन्त्रीले भनेको सामान्य काम पनि नमान्दा गौतमले अपमानित भएको महसुस गरेको उनीनिकट स्रोतले बतायो।

२०५३ को घटनापछि बिग्रिएको गौतम र खरेलको सम्बन्ध अझै सुधारिएको छैन। गौतमको हस्तक्षेपपछि प्रहरीभित्रै जन्मिएको ध्रुवबहादुर–अच्युतकृष्ण समूह अझै हराइसकेको छैन। प्रहरी नेतृत्व चयनका बेला प्रायः दुवै समूहको सक्रियता प्रस्टै देखिन्छ।

'आफ्ना सामान्य निर्देशन पनि पूरा नभएपछि गृहमन्त्रीलाई यी सबै काम खरेलको निर्देशनमा भइरहेको भन्ने लाग्यो,' ती अधिकारीले भने, 'अर्यालले स्वविवेकमा सबै निर्णय भएका हुन् भन्ने विश्वास दिलाउन नसक्दा शंका बढ्दै गयो।'

प्रहरीको सरुवा–बढुवामा गौतम कहिल्यै सन्तुष्ट भएनन्। माथिल्लो तहको बढुवालाई आफूअनुकूल बनाउन सके पनि तल्लो तहको बढुवामा उनको खास चलेन। आफ्ना अतिनिकट प्रहरी निरिक्षकलाई डिएसपीमा पहिलो नम्बरमा बढुवा गर्ने इच्छा पूरा भएन। उनको सूचीमा रहेका केही प्रहरी निरीक्षक बढुवा सूचीमा परेनन्। उनले बढुवा नगर्न निर्देशन दिएका बढुवामा परे।

सरुवामा समेत गृहमन्त्रीभन्दा आइजिपी नै हावी भए। पूर्वाञ्चल, मध्यमाञ्चलमा आइजिपीनिकट व्यक्तिकै सरुवा भयो। जिल्ला प्रमुख पाउने एसपी र डिएसपीमा समेत गौतमको सिफारिसका कमै नाम अटाए।

आफूले चाहेअनुसार प्रधान कार्यालयले सरुवा नगर्दा आफ्नै दलका सभासद र नेताले 'आफ्नै दलको गृहमन्त्री हुँदासमेत जिल्लामा आफूले चाहेको डिएसपी लान सकिएन' भन्दै पार्टीभित्र आलोचना भएपछि उनी थप चिढिएको गृहमन्त्री निकटस्रोत बताउँछ।

आपराधिक पृष्ठभूमिका युवा संघका केन्द्रीय सदस्य अमित लामा छाड्न दिएको निर्देशन पालना नहँुदासमेत गौतम बिच्किएका थिए। चन्दा रसिदसहित महानगरीय प्रहरी वृत्त दरबारमार्गले उनलाई पक्राउ गरी कारबाही अगाडि बढाउँदा युवा संघले गौतमलाई लामा छुटाउन दबाब दिएको थियो। आइजिपीले सानो कुरा पनि मान्दैनन् भन्दै त्यो बेला गौतमले खुबै चित्त दुखाएको स्रोतले बतायो।

'प्रारम्भमा मिलेरै काम गर्ने योजनामा थिए, झिनामसिना कुरा नटेर्ने र प्रेसमा सार्वजनिक गर्ने घटना बढेपछि गृहमन्त्री रिसाए,' गौतमनिकट स्रोतले भन्यो, 'साना कुरासमेत पूरा नभएपछि उनले अपमानित महसुस गरे, त्यसको प्रभाव पनि हो यो।'

अनुभवी प्रहरी अधिकारीहरू राजनीतिक व्यक्तिको बाध्यता बुझ्दै गृहमन्त्रीलाई विश्वासमा लिएर काम गर्ने पाटोमा अर्याल चुकेको बताउँछन्। '२०५३ देखि २०७१ सम्म प्रहरी प्रशासनमा धेरै सुधार भइसक्यो, त्यो उहाँ (गौतम) ले बुझ्न सक्नुभएन,' ती अधिकारीले भने, 'राजनीति गर्ने व्यक्तिका पनि केही बाध्यता हुन्छन्, त्यो आइजिपीले बुझ्न सक्नुभए।'

गृहमन्त्री–आइजिपीबीच असझदारी बढ्दा संयोजनकारी भूमिका निभाउनुपर्ने गृहसचिव सूर्य सिलवाल निरीह बने। गृहस्रोतका अनुसार प्रहरी प्रशासनमा सचिव र सुरक्षा महाशाखा प्रमुख लक्ष्मीप्रसाद ढकालमाथि कानुन शाखाका सहसचिव धनराज ज्ञवाली हाबी भए।

'गृहसचिवले पदअनुसारको भूमिका निर्वाह गर्न सकेको भए यस्तो लाजमर्दो अवस्था आउने थिएन,' स्रोतले भन्यो, 'उनी सही गलतमा भन्दा पनि गृहमन्त्रीलाई रिझाउनमै बढी केन्द्रित भए।'

त्यसो त संगठनभित्रैबाट समेत प्रहरी प्रमुखले सहयोग पाएनन्। विवाद बढाउँदा संगठन नेतृत्वमा पुग्न चाहने महŒवाकांक्षी केही सदस्य विवाद सुल्झाउन समन्वयकारी भूमिका निर्वाह गर्नुको साटो दुरी बढाउन सक्रिय भए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस