प्रधानमन्त्रीले झिकाए गृहमन्त्रीको टेप
२० असार २०७२
•
९ मिनेट पाठ
प्रधानमन्त्रीले झिकाए गृहमन्त्रीको टेप
काठमाडौं-प्रधानमन्त्री सुशील कोइरालाले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको विवादित भाषणको टेप मगाएका छन्। अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको हौसला बढाउन सरकारले घोषणा गरेको पुरस्कार दिन आयोजित कार्यक्रममा विभागीय मन्त्रीले अनुसन्धानमाथि नै प्रश्न उठाएर खिन्न बनाएको सार्वजनिक भएपछि कोइरालाले सम्बोधनको टेप झिकाएका हुन्।




मन्त्रिपरिषदको निर्णयअनुसार रानीबारी हत्याको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतलाई सम्मान गर्न शुक्रबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गौतमले प्रहरी अनुसन्धानमाथि आशंका गर्दै 'प्रहरी र अपराधीको साँठगाँठ' हुने गरेको गम्भीर आरोप लगाएका थिए।

मन्त्रिपरिषदले १२ वर्ष पुरानो रानीबारी हत्या अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख हेमन्त मल्ल ठकुरी, डिएसपी भीम दाहाल तथा प्रहरी निरीक्षकद्वय दीपेन्द्र अधिकारी र महेश बस्नेतलाई नगदसहित सम्मानपत्र प्रदान गर्ने निर्णय गरेको थियो। पुरस्कार दिन आयोजित कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री गौतमले कामको प्रशंसाको साटो अनुसन्धानमाथि नै प्रश्न उठाउँदै संगठनको कडा आलोचना गरेका थिए।

प्रहरी प्रधान कार्यालयको तथ्यांकमा २०७१–०७२ मा गत वर्षको तुलनामा २० प्रतिशतले अपराध घटेको देखिन्छ, तर गौतमले अपराध बढेको दाबी गरेका थिए। यही वर्ष सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्या, रानीबारी हत्या र फादर ग्याफ्नेको हत्याजस्ता गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा प्रहरी सफल भएको थियो। तर, यी सबै उपलब्धिको अवज्ञा गर्दै गौतम संगठनको आलोचनामा केन्द्रित भएका थिए।

उनले सम्मान कार्यक्रममा प्रहरीमा चेन अफ कमान्ड नभएको, आफूलाई स्यालुटसमेत गर्ने नगरेकाले प्रहरी कार्यालयको अनुगमनमा जानै डर लाग्ने दाबी गर्दै भनेका थिए, 'यसअगाडि गृहमन्त्री हुँदा चौकीसम्मको अनुगमनमा जान्थेँ, अहिले जाँदा किन आएको भन्दै मलाई नै गलहत्याउलान् भन्ने डर लाग्छ, त्यसैले जान्नँ।'

राम्रो काम गर्ने प्रहरी अधिकारीलाई सम्मान गर्ने कार्यक्रममा कामको प्रशंसा गरी हौसला बढाउनुपर्नेमा प्रहरी संगठनको औचित्यमाथि नै प्रश्न उठाएर मानमर्दन गरेको भन्दै प्रधानमन्त्री कोइराला उनीसँग रुष्ट भएको स्रोतले बतायो। गृहमन्त्रीको सम्बोधन सञ्चारमाध्यममा सार्वजनिक भएपछि उनले आफैं सत्यतथ्य बु‰न प्रधानमन्त्री कार्यालयमार्फत गौतमको सम्बोधनको टेप मागेको विश्वस्त स्रोतले बतायो।

'गृहमन्त्रीज्यूको जे–जति भाषण सार्वजनिक भएका छन्, विभागीय मन्त्रीको हैसियतमा ती आपत्तिजनक छन्,' स्रोतले भन्यो, 'उहाँको सम्बोधनबारे अन्य मन्त्रीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि उहाँले आफैं सुनेर निर्णय गर्छु भन्दै टेप मगाउनुभएको हो।'

नेपाल प्रहरीको विमतिका बीच सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी दिने अधिकारसहितको नियमावली मन्त्रिपरिषदको विधेयक समितिबाट पारित भएपछि नेपाल प्रहरी र गृहमन्त्रीबीचको दुरी बढेको थियो।

आफ्नो प्रस्तावप्रति असहमति जनाउँदै प्रहरी संगठन विपक्षमा उभिएपछि वामदेव रिसाएका थिए। गौतमको सो अभिव्यक्तिपछि मन्त्रालय र प्रहरीबीचको दुरी बढेको र यसले शान्ति सुरक्षामै नकारात्मक प्रभाव पर्ने भन्दै प्रधानमन्त्री चिन्तित रहेको उनीनिकट स्रोतले बतायो।

नियमावलीप्रति प्रधानमन्त्री 'असन्तुष्ट'

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार नेपाल प्रहरीको कार्यक्षेत्र मिचिने गरी आएको सशस्त्र प्रहरी नियमावली २०७२ प्रति समेत प्रधानमन्त्री सन्तुष्ट छैनन्। मन्त्रिपरिषदमा आएको मस्यौदालाई सच्याएर अन्य सुरक्षा संगठनको कार्यक्षेत्रमा प्रवेश नगराई नियमावली पारित गर्न विधेयक समितिमा पठाएकोमा उल्टै विवादित कानुनी अधिकार राखेर नियमावली पास गरेको भन्दै उनले कानुनमन्त्री नरहरि आचार्यलाई बोलाएर मौखिक प्रस्टीकरण लिएको स्रोतले जानकारी दियो। नियमावली पारित भएसँगै गृह–प्रहरी र सशस्त्रबीचको सम्बन्ध बिगँ्रदै गएपछि प्रधानमन्त्री सशस्त्रको नियमावली रोक्ने पक्षमा रहेको स्रोतको दाबी छ।

स्रोतका अनुसार नियमावली पास भइसकेकाले त्यसलाई संशोधन गर्ने कानुनी बाटोबारे उनले आफ्ना सल्लाहकारसँग परामर्श गरिसकेका छन्। बालुवाटारको सक्रियताका कारण नियमावली पारित भए पनि राजपत्रमा प्रकाशित भएको छैन। राजपत्रमा प्रकाशित नभएसम्म नियमावलीले कानुनी वैधता पाउँदैन।

संशोधन गर्न मातहत मन्त्रालयबाटै पुनः प्रस्ताव आउनुपर्ने र सो सम्भव नदेखेपछि अहिले उनका सहयोगी वैकल्पिक उपायको खोजीमा जुटेका छन्। 'सशस्त्रको नियमावलीले प्रहरीसँग विवाद बढायो, गृहमन्त्रीको अभिव्यक्तिमा प्रहरीलाई किनारा लगाउने उद्देश्य देखिएपछि प्रधानमन्त्री गम्भीर हुनुभएको छ,' बालुवाटार स्रोतले भन्यो, 'नियमावलीले कानुनी अधिकार पाउनुअगाडि नै यसको संशोधनको पाटोबारे छलफल भइरहेको छ।'

राज्यव्यवस्थाको बैठक बस्दै

सशस्त्रको नियमावली विधेयक समितिमा रहँदै 'थप छलफलपछि मात्रै नियमावलीको प्रक्रिया अगाडि बढाउन' दिएको निर्देशन उल्लंघन गर्दै नियमावली पारित भएपछि संसदको राज्यव्यवस्था समितिले छलफलका लागि बैठक राख्ने तयारी गरेको छ।

प्रहरीको क्षेत्राधिकार सशस्त्रलाई दिनेगरी बनेको नियमावलीले दुई संगठनबीच द्वन्द्व बढाउने भन्दै समितिले 'त्यसबारे थप छलफल गर्नुपर्ने' निष्कर्ष निकालेको थियो। विधेयक समितिले नियमावली पारित गरेर समितिको निर्देशन अवज्ञा गरेपछि सभापति दिलबहादुर घर्तीले बैठक राख्ने तयारी गरेका हुन्। 'समितिका सदस्यबीच छलफल भइरहेको छ,' घर्तीले नागरिकसँग भने, 'यसबारे निर्णय गर्न चाँडै समितिको बैठक डाक्दै छु।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस