सुनसरीको इनरुवा नगरपालिकमा मेयरका एमालेबाट ११ जना र उपमेयरमा पाँच जनाको नाम सिफारिस भएको छ।
नगर कमिटीले नेता प्रेम पौडेल, खेमराज पोखरेल, पोष्टकुमार नेपाल, सरोज पोखरेल, निरा आचार्य, इन्द्र पोखरेल, रामप्रसाद मेहता, पर्शुराम यादव, लोकेश निरौला, हरिनारायण चौधरी र मनोज मेहताको नाम सिफारिस गरेको जनाएको छ। सिफारिस गरिएकामध्ये प्रेम, खेजराज, सरोज र इन्द्रमध्ये एक जना हुने सम्भवाना छ।
उपप्रमुख पदमा सरिता कार्की, शकुन्तला भण्डारी, रेखादेवी मेहता, कालिका तिम्सिना र टिका शिवाकोटी आचार्यको नाम सिफारिस भएको छ। यी सिफारिस भएकामध्ये मेयर र उपमेयरमा जातीय क्लस्टर मिलाएर उम्मेदवार तय गर्ने भएकाले गर्दा सवैको उत्तिकै सम्भावना रहेको दावी गरिएको छ।
२०७४ को स्थानीय तह निर्वाचनमा नगर प्रमुखमा नेपाली काङग्रेसले जितेको थियो। त्यतिबेला प्रमुखमा राजन मेहता १० हजार ९ सय ८७ मत ल्याएर विजयी भएका थिए।
एमालेका पोष्टकुमार नेपालले ९ हजार ८ सय १३ मत ल्याएका थिए। केही समयअघि एमाले प्रवेश गरेका मनोज मेहताले सो निर्वाचनमा २ हजार ६ सय १५ मत ल्याएका थिए। मेहता सो बेला लोकतान्त्रिक फोरमबाट मेयरको उम्मेदवार थिए। इनरुवा नगर क्षेत्रमा कुल मतदाता संख्या ४४ हजार ३ सय ६६ छ।