काठमाडौं–सरकारले भोली ल्याउने सरकारको नीति तथा कार्यक्रम र संविधान निर्माणका विषयमा छलफल गर्न सत्तारुढ घटक नेकपा एमाले स्थायी कमिटीको बैठक बसिरहेको छ।सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा जारी बैठकमा पार्टीमा पछिल्लो आन्तरिक विवादका विषयमा पनि छलफल हुने बताइएको छ ।बैठक सरकारले भोली ल्याउन नीति तथा कार्यक्रमका विषयमा केन्द्रित हुने नेताहरुले बताएका छन् । भूकम्पपछि सरकार ल्याउने नीति तथा कार्यक्रममा जनतालाई राहत हुने कार्यक्रम ल्याउने विषयमा छलफल भइरहेको छ ।
यसैगरी बैठकमा दलहरुबीच भएको १६ बुँदे सहमतिपछि संविधान निर्माणले गति लिएको भन्दै छिट्टै संविधान निर्माणहुने बाटो खुलेको स्थायी कमिटी सदस्यले धारणा राखेका छन् । स्रोतका अनुसार बैठकमा पछिल्लो पटक देखा परेको आन्तरिक विवादको विषयमासमेत छलफल हुने भएको छ ।