बैंकक (थाइल्याण्ड)— ‘वन शहरमा हुँदैन, लगानी पनि शहरमा गरिनुहुन्न’ भियतनामको सामुदायिक वन सञ्जाल प्रमुख होवान वाङ भन्दैथिए, ‘दिगो रुपमा वन जोगाउने हो भने उपभोक्ता केन्द्रित लगानी गरिनुपर्छ ।’ भियतनामी भाषा अरुले बुझ्ने गरी अनुवाद हुँदै गर्दा राष्ट्रिय पोशाक लगाएका वाङले दूरदराजदेखि आएका दर्जनौं सहभागीको मनको कुरा थपे, ‘उपभोक्ता उँभो नलागेसम्म जति गरे पनि वनको दिगो संरक्षण हुँदैन।’ सभाहल तालीले गुञ्जियो।
मौलिक पोशाक पहिरिएर इण्डोनेशियाबाट उपभोक्ता अधिकार खोज्दै आएका सामुदायिक वन समिति अगुवा निस्रोले उस्तै आवाज उठाए। ‘जनसंख्या वृद्धि र जलवायु परिवर्तनले संकट परेको वन जोगाउन स्थानीय उपभोक्तामाथि लगानी केन्द्रित गर्नुपर्छ’ उनी भन्दैथिए, ‘वन क्षेत्रमा आश्रित उपभोक्ताको आर्थिक अवस्था दरिलो नभएसम्म वन जोगिँदैन, त्यसैले अबको लगानी हामीमा हुनुपर्छ ।’ निस्रोको बोलीले पनि समर्थन पायो।
पालो आयो नेपालको । ‘संरक्षणले नमूना बनेको’ भन्दै विदेशमा चर्चा हुने नेपाली सामुदायिक वनको अवस्थाबारे बिना श्रेष्ठले सम्भावना र चुनौतीको लामो फेहरिस्त प्रस्तुत गरिन्। ‘उपभोक्ताले नजोगाइदिएको भए नीति निर्माणको तहमा बस्नेले वनको ठाउँमा सुख्खा क्षेत्र मात्र पाउँथे’ उनी भन्दै थिइन्, ‘जंगली जनावर र तस्करसँग पौंठेजोरी खेलेर उपभोक्ताले जसरी वन जोगाएका छन्, अबको लगानी उनीहरुमाथि केन्द्रित गर्नुपर्छ ।’
वन क्षेत्रका सरोकारवालाको ‘कुम्भमेला’ मानिने विश्व वन सम्मेलनको १४ औं सम्मेलन सुरु हुन दुई महिना बाँकी रहँदा आफ्ना आवाज बुलन्द गर्न एसियाली प्रशान्त क्षेत्रका सरोकारवाला बैंककमा भेलिएका छन्। ‘वन र जनता: दिगो भविष्यमा लगानी’ नारासहित दक्षिण अफ्रिकाको डाफरमा सेप्टेम्बर ७ देखि सुरु हुने सम्मेलनलाई अर्थपूर्ण पार्न दबाव दिने उद्देश्यले बैंककमा नेपालसहित १० मुलुकका सरोकारवाला जुटेका हुन् ।
डार्फर सम्मेलनका सचिवालय सदस्य सचिव ट्रेभर अब्राहमद्वारा उद्घाटित बैंकक सम्मेलन ‘हामीमा लगानी’ भन्ने नारासाथ चलिरहेको छ। बर्मा, कम्बोडिया, लाओस, चीन, थाइल्याण्ड, मलेसिया, फिलिपिन्ससमेतका उपभोक्ता सहभागी सम्मेलन ‘उपभोक्ताको अधिकार बलियो पार्दै वनको दिगो संरक्षणमा उनीहरुको भूमिका शक्तिशाली पार्न केन्द्रित हुने’ अब्राहमले बताए । यहाँ पारित उपभोक्ताका सवाल डाफर सम्मेलनमा उठाइनेछ ।
सामुदायिक वनको सर्वाङ्णि विकासमा टेवा पुर्याउन रिकफ्टद्वारा आयोजित बैंकक सम्मेलनमा उल्लिखित मुलुकका उपभोक्ता र आदिवासी सम्मिलित छन् । ‘सामुदायिक वनले जसरी धेरै उपभोक्ताको गर्जो टरिरहेको छ, अब जीविकोपार्जनमा अझ टेवा पुगोस् भनेर विश्व सम्मेलन हुनुपूर्व क्षेत्रीय भेला गरिएको हो’ रिकफ्टका नेपाल संयोजक विष्णुहरी पौड्यालले नागरिकलाई भने, ‘वन जोगाउने उपभोक्ताको जीवन बलियो पार्नु हाम्रो कर्तव्य हो ।’
एसियाका विभिन्न अधिकार समूहमा आवद्ध स्थानीय उपभोक्ताबाट ‘हामीमा लगानी’ भन्ने मर्मलाई विश्व सम्मेलनबाट पारित गराई उनीहरुको जीवनस्तर उकास्न मरिमेट्ने रिकफ्टका कार्यकारी निर्देशक टिन्ट ल्विन थङ्ले बताए । ‘उपभोक्ता अग्रसर नभएको भए वन मासिन धेरै समय लाग्दैनथ्यो’ तीन दशकदेखि वन क्षेत्रमा कार्यरत थङ्ले नेपालमा सामुदायिक वनले पाएको सफलता सम्झिँदै भने, ‘त्यसैले अधिकार पनि उनीहरुलाई नै दिइनुपर्छ ।’
बढ्दो जनसंख्या र प्राकृतिक विपद्ले निम्त्याउने अनेकखाले चुनौती सामना गर्न हराभरा वनको विकल्प नभएको उल्लेख गर्दै थङ्ले नीति निर्माता र लगानीकर्ताले उपभोक्ताको हितलाई सर्वोपरी ठान्नुपर्ने सुझाए । ‘मन्त्रालय र कार्यालयमा बसेर नीति नियम बनाउनुअघि जंगल रुँघ्ने उपभोक्ताको दुःख दिमागमा लिनुपर्छ’ उनले सञ्चारकर्मीस“ग भने, ‘त्यसो भएको खण्डमा मात्र उपभोक्ता मैत्री ऐन, कानुन बन्छन् र उनीहरुलाई सजिलो हुन्छ ।’
जलवायु परिवर्तनले हुनसक्ने खतराको चौतर्फी आंकलन भइरहेका बेला नेपालमा सामुदायिक वनले पाएको सफलताबारे सम्मेलनमा चर्चा चल्यो । ४५ बर्ष अघिदेखि समुदायमा हस्तान्तरण हुन थालेपछि नेपाली वनबाट धेरै उपभोक्ताले लाभ लिएको, चोरी निकासी नियन्त्रण भएको, १० लाख हेक्टरभन्दा बढी वन उनीहरुको जिम्मामा रहेको, उत्तिकै संख्याका परिवारले जीविकोपार्जनको आधार वनलाई बनाएको विवरण प्रस्तुत गरिएको थियो ।
तीन दिनसम्म चल्ने बैंकक सम्मेलनबाट पारित उपभोक्ता हितका सवाललाई डाफर सम्मेलनमा उसैगरी पारित गराउने रिकफ्टको लक्ष्य छ । ‘जग बलियो नभए घर बलियो हुन्न भनेजस्तै उपभोक्ता शक्तिशाली नभई वन हराभरा हुन्न’ रिकफ्टका बैंककस्थित सञ्चार अधिकृत जैफरेम ओरोले भने, ‘एसिया प्रशान्त क्षेत्रका उपभोक्ताले यहा“ उठाएको आवाज डाफरमा हामी उसैगरी बुलन्द गर्नेछौं र उनीहरुको भूमिका कदर गर्दै अधिकार सम्पन्न पार्नेछौं ।’