काठमाडौं- भूकम्पले ध्वस्त भौतिक संरचना पुनर्निर्माणलाई केन्द्रमा राख्दै सरकारका तर्फबाट राष्ट्रपति रामवरण यादवले बुधबार संसदसमक्ष आर्थिक वर्ष २०७२/७३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
भूकम्पले ध्वस्त संरचना पुनर्निर्माणमा जोड दिइए पनि कस्ता कार्यक्रम भन्ने स्पष्ट उल्लेख छैन। अधिकांश अघिल्लै वर्षका कार्यक्रमलाई निरन्तरता दिइएका छन्।
भूकम्पपछि राष्ट्रिय पुनर्निर्माणका केही कार्यक्रमबाहेक धेरैजसो पुरानै कार्यक्रमले निरन्तरता पाएको प्रतिक्रिया नेताहरुले दिएका छन्।
राष्ट्रिय पुनर्निर्माण र संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको कार्यलाई सँगै लैजाने प्रतिबद्धता सराहनीय कार्य भएको राष्ट्रपतिले उल्लेख गरेका छन्।
सरकारले भूकम्पबाट भएको क्षतिको पाँच वर्षभित्र पुनर्निर्माण गरिसक्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
'भूकम्पबाट भएको क्षतिको पाँच वर्षभित्र पुनर्निर्माण गरिसक्ने गरी पुनर्निर्माण प्राधिकरण अध्यादेश जारी भइसकेको छ,' नीति तथा कार्यक्रममा भनिएको छ, 'नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा मित्रराष्ट्र तथा दातृ संस्थाहरुले उदारतापूर्वक सहयोग घोषणा गरेका छन्। प्राप्त हुने सहयोगलाई समेत सदुपयोग गर्दै समयमै पुनर्निर्माण कार्य सम्पन्न गर्ने गहन जिम्मेवारी हामी सबैको काँधमा आएको छ। यस जिम्मेवारीलाई सरकारले प्रभावकारी ढंगले बहन गर्नेछ।'
सरकारले विपदबाट भएको क्षतिको दिगो पुनःस्थापना र पुनर्निर्माण नै ठुलो चुनौतीका रुपमा लिएको छ।
'यो चुनौती सामना गर्न क्षतिको मूल्यांकन गरी पुनःस्थापना र पुनर्निर्माणको तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ,' नीति तथा कार्यक्रममा भनिएको छ, 'हामी भूकम्पीय जोखिमयुक्त भूगोलमा बस्ने भएकाले आगामी दिनहरुमा यस किसिमको विपद जोखिम न्यूनीकरणका लागि आवश्यक नीतिगत संस्थागत व्यवस्थाका साथै त्यसबमोजिम कार्यक्रम तर्जुमा गरी राष्ट्रव्यापी रुपमा कार्यान्वयन गरिनेछ।'
त्यसैगरी, सरकारले भूकम्पबाट क्षति भएका सरकारी भवन तथा आवास, विद्यालय, स्वास्थ्यसंस्था, खानेपानी एवं सरसफाइ, सडक, विद्युत, औद्योगिक प्रतिष्ठान र स्थानीय निकायका संरचनाको भूकम्पप्रतिरोधी प्रविधि अवलम्बन गरी मर्मत तथा पुनर्निर्माण सम्पन्न गरी सेवा प्रवाहलाई सुचारु गर्ने नीति सरकारले लिएको छ।
भूकम्पबाट अति प्रभावित क्षेत्रमा जीविकोपार्जनका अवसर तथा बजार पहुँच समेतमा आधारित बस्ती एकीकरण योजना लागु गर्ने सरकारको नीति छ।
पर्यटन क्षेत्रलाई भूकम्पपूर्वको अवस्थामा फर्काई आकर्षक तथा सुरक्षित पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक सम्पदाहरुको प्राथमिकतामा पुनर्निर्माण संरक्षण र सम्बर्द्धन गर्ने प्रतिबद्धता सरकारको छ।
देशभरका भूकम्प प्रतिरोध नभएका सार्वजनिक तथा निजी संरचनालाई अभियानका रुपमा भूकम्प प्रतिरोधात्मक बनाउने र आगजनीबाट सुरक्षित रहने संरचना निर्माणलाई समेत अभियानका रुपमा लैजाने प्रतिबद्धता नीति तथा कार्यक्रममा गरिएको छ।
पुनर्निर्माण कार्य सम्पन्न गर्न सरकारी र निजी लगानीलाई संयुक्त रुपमा अगाडि बढाउने नीति लिइने उल्लेख छ।
भूकम्पबाट घर क्षति भएका परिवारलाई सहुलियत ऋण उपलब्ध गराउने प्रतिबद्धता पनि सरकारको छ।
सरकारले गत वर्षहरुमा जस्तै यस आर्थिक वर्षभित्र पनि स्थानीय निकायको निर्वाचन गर्ने प्रतिबद्धता दोहोर्या एको छ। संविधानको पहिलो मस्यौदामा भने ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने विषय हटाइएको थियो। यसअघिका अघिल्ला वर्षहरुमा पनि स्थानीय निकायको निर्वाचनमा जोड दिइएको थियो।
सुशील कोइराला प्रधानमन्त्रीमा चयन हुनासाथ अवलम्बन गर्ने भनिएको भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति आगामी आर्थिक वर्षमा पनि अवलम्बन गर्ने प्रतिबद्धता जनाइएको छ।
सार्वजनिक लेखापरीक्षणको विश्वसनीयता बढाउन र सूचना प्रविधिमा आधारित लेखापरीक्षण प्रणाली अवलम्बन गर्न आवश्यक पर्ने पूर्वाधार संस्थागत गर्ने कार्यक्रम अघि सारिएको छ।
'आगामी आर्थिक वर्षको बजेटलाई आर्थिक वृद्धिलाई सघाउने गरी भूकम्पले पुर्या एको क्षतिको पुनर्निर्माण, ऊर्जा, भौतिक पूर्वाधार विकास, कृषिको व्यवसायीकरण, औद्योगिक विकास, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र सामाजिक विकासतर्फ केन्द्रित गरिनेछ,' सरकारले कार्यक्रममा उल्लेख गरेको छ, 'विस्तृत सम्भाव्यता अध्ययनबिना बजेट विनियोजन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै निर्माणपूर्वका चरणहरु पूरा गरेका आयोजनाहरुका लागि मात्र बजेट विनियोजन गर्ने नीति लिइनेछ। विगतदेखि कार्यान्वयनमा रही अधुरो रहेका आयोजनाहरुलाई समयमै सम्पन्न गर्न जोड दिइनेछ।'
अर्थतन्त्रलाई पुनः गतिशील बनाउन सार्वजनिक–निजी साझेदारी तथा सहकारी र समुदायमा आधारित जनसहभागिता अवधारणालाई कार्यान्वयनमा लैजाने बताएको छ।
राष्ट्रिय गौरवका र ठूला आयोजनाहरुमा कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गरी आयोजनाहरुको कार्यान्वयन क्षमता वृद्धि गर्ने सरकारको प्रतिबद्धता छ।
पूर्वाधार निर्माणमा जग्गासम्बन्धी समस्या समाधानका लागि आवश्यक कानुन ल्याउने पनि सरकारको नीति छ। भूकम्प तथा अन्य प्रकोपपछि हुने विशेष परिस्थितिमा पुनर्निर्माणको लागि खरिद प्रक्रिया सरल, पारदर्शी र विश्वसनीय बनाउने नीति सरकारले लिएको छ।
विद्युतीय खरिद प्रणाली सुदृढ गरी सार्वजनिक खरिद व्यवस्थापनमा विद्युतीय सूचना सम्प्रेषण पद्धति विकास गर्ने प्रतिबद्धता पनि गरेको छ।
सरकारले बढ्दो चालु खर्च नियन्त्रण गर्न सञ्चालन खर्चमा कटौती गरिनुका साथै सार्वजनिक खर्चको दीर्घकालीन दायित्व कम गर्ने बताएको छ। यसलाई अनुमानयोग्य बनाउन नयाँ नियुक्त हुने निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षकलगायत अन्य सार्वजनिक निकायमा कार्यरत सम्पूर्ण कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली यसै वर्षदेखि लागू गर्ने नीति पनि सरकारले लिएको छ।
सरकारको नीति तथा कार्यक्रममा अन्तरदेशीय प्रसारण लाइन गुरुयोजना तयार गर्ने उल्लेख गरिएको छ। जनताको विद्युत जनताकै लगानीको अवधारणमा सार्वजनिक, स्थानीय निकाय, सहकारी निजी साझेदारीमा स्थानीय जनताको स्वामित्व तथा अपनत्व हुनेगरी जलविद्युत उत्पादनमा लगानी गर्न प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिने उल्लेख छ।
विद्यमान विद्युत केन्द्र पूर्ण क्षमतामा सञ्चालन गर्न मर्मतसम्भार गर्ने तथा ग्रीड र सौर्यऊर्जाको समेत विकास गरी लोडसेडिङलाई आगामी सुक्खा याममा अधिकतम दैनिक ८ घन्टामा सीमित गर्ने नीति लिइएको छ।
त्यसैगरी, कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै सामूहिक, सहकारी र करार खेतीलाई प्रोत्साहन गर्ने जनाएको छ।
तराईका १२ जिल्लालाई धानउत्पादन पकेट क्षेत्र घोषणा गर्ने पनि जनाइएको छ। आगामी पाँच वर्षभित्र ७५ वटै जिल्लाको भू–उपयोग नक्सा तयार गर्ने प्रतिबद्धता पनि सरकारको छ।
कृषिका लागि सिँचित क्षेत्र विकास गर्ने लक्ष्य पनि सरकारले लिएको छ। मध्यपश्चिमाञ्चल र सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट क्षतिग्रस्त क्षेत्रहरुको पुनःस्थापना तथा जोखिमयुक्त बस्ती संरक्षण कार्य सम्पन्न गर्ने नीति सरकारले लिएको छ।
जलवायु परिवर्तन, प्राकृतिक विपत्ति, वनविनास, प्रदूषण तथा मरुभूमीकरणबाट मानव स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्ने योजना सरकारको छ।
पेट्रोलियम पदार्थ आपूर्तिमा सहजता ल्याउन अमलेखगन्ज–रक्सौल पेट्रोलियम पाइपलाइन निर्माण कार्य प्रारम्भ गर्ने पुरानै कार्यक्रमलाई यस वर्ष पनि समावेश गरिएको छ।
एकैप्रकारका सहकारी संस्था एकापसमा गाभ्न प्रोत्साहन गर्ने नीति पनि सरकारले लिएको छ।
काठमाडौं–तराई–मधेस दु्रतमार्ग निर्माण कार्य, काठमाडौं उपत्यकामा सडक विस्तार कार्यलाई निरन्तरता दिने पुरानै कार्यक्रम दोहोर्यााइएको छ।
अत्यन्त पिछडिएका, विपन्न, दलित, लोपोन्मुख जाति र सीमान्तीकृतका लागि जनता आवास कार्यक्रमलाई निरन्तरता दिइएको छ।
मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम सन् २०१६ भित्र सक्ने, जेष्ठ नागरिकलाई पारिवारिक वातावरणमा बस्न सक्ने बनाउन परिवारको भूमिका र जिम्मेवारी अभिवृद्धि गर्ने नीति सरकारले लिएको छ।
त्रिभुवन विमानस्थलको क्षमता विस्तार र सेवा सुविधालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने, गौतमबुद्ध विमानस्थल निर्माण तोकिएकै समयमा सम्पन्न गर्ने, बारामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेलगायत पुरानै प्रतिबद्धता सरकारको नीति तथा कार्यक्रममा दोहोरिएका छन्।
विमानस्थलको निर्माण सम्भाव्यता अध्ययन गरी दुर्गम पहाडी जिल्लाहरुमा एक जिल्ला एक हवाई मैदान स्थापना गर्ने महŒवाकांक्षी योजना पनि समावेश गरिएको छ।
अनलाइन मिडिया सञ्चालनलाई व्यवस्थित गर्न कानुनी व्यवस्था गर्ने, सञ्चारजगतको आचारसंहिता संशोधन गरी सूचनाको सम्प्रेषणलाई विश्वसनीय र मर्यादित बनाउने प्रतिबद्धता सरकारले गरेको छ।
सय वाट क्षमतासम्मको एफएम रेडियोहरुको नवीकरण सम्बन्धित जिल्लाबाटै हुने व्यवस्था पनि गरिने भएको छ।
सरकारले शिक्षा ऐन परिमार्जन गर्नुका साथै शिक्षा क्षेत्रको पुनःसंरचना तथा गुणस्तरीय शिक्षाका लागि अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठन गर्ने पनि जनाइएको छ।
नीति तथा कार्यक्रममा पूर्वराजपरिवारका नाममा रहेका सम्पत्तिबारे जानकारी दिनेलाई प्रोत्साहन गर्ने पनि उल्लेख छ।
दिउँसो तीन बजे कारगेडसहित संविधानसभा भवनमा पुगेका राष्ट्रपति यादव डेढ घन्टा सम्बोधन गर्दै बाहिरिएका थिए। प्रधानमन्त्री सुशील कोइरालाले सरकारको नीति तथा कार्यक्रम टेबल गरेका थिए।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुक्रबार र शनिबार हुनेछ।