काठमाडौं- निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम बढाउन माग गर्दै सत्तारूढ दलका साढे तीन सय सांसदको हस्ताक्षर अर्थमन्त्री रामशरण महतलाई बुझाएका छन्। बुधबार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेस गरिसकेपछि बाहिरिँदै गर्दा अर्थमन्त्री महतलाई कांग्रेस र एमालेका केही सांसदले गरेको हस्ताक्षर बुझाएका हुन्।अर्थमन्त्री महतले भने यसको जवाफ बजेटमार्फत नै दिने बताउँदै थप प्रतिक्रिया दिन चाहेनन्। 'अहिले तपाईंहरूलाई यसबारे केही पनि भन्दिनँ,' हस्ताक्षर बुझ्दै अर्थमन्त्री महतले भने, 'यसमा थप छलफल आवश्यक छ।' सांसदको हस्ताक्षर बुझाएपछि कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो मागमा ध्यान दिन आग्रह गरेका थिए।
कांग्रेस र एमालेका सांसदको छुट्टाछुट्टै हस्ताक्षर संकलन गरी सरकारले निर्वाचन क्षेत्रमा पूर्वाधार विकासका लागि पोहोरदेखि दिन थालेको १ करोड बढाएर ५ करोड रुपैयाँ बनाउन माग गरेका हुन्। अर्थमन्त्री महतलाई दबाब दिन सत्तारूढ कांग्रेस र एमालेका सांसदहरू हस्ताक्षर अभियानमा जुटेका थिए।
अघिल्लोपल्ट कांग्रेस र एमालेले संयुक्त रूपमा हस्ताक्षर अभियान चलाए पनि यसपटक भने छुट्टाछुट्टै हस्ताक्षर गराइएको थियो। तर, अर्थमन्त्रीलाई संयुक्त रूपमा बुझाइएको छ।
साना–साना विकास आयोजनाका लागि पनि जिल्लाबाट डेलिगेसन आउने र सभासदले मन्त्रालय धाउनुपर्ने परिपाटी अन्त्यका लागि ५ करोड माग गरिएको उनीहरूले बताएका छन्।
समानुपातिक र साना दलका सांसदले भने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा ठूला दल र प्रत्यक्ष निर्वाचित सांसदको मात्रै हालीमुहाली भएको बताउँदै यस्तो रकम वितरण गर्न दबाब दिएका छन्।
उनीहरूले बुधबार संविधानसभा भवनकै शंकर हलमा बैठक गरेका थिए। बैठकले निर्वाचन क्षेत्रमा छुट्ट्याइएको रकम प्रत्यक्ष निर्वाचित सांसदले नै हालीमुहाली गरेको, योजना छनोट पनि आफैं गरेको भन्दै निर्वाचन क्षेत्र विकास कार्यक्रम रोक्न माग गर्दै अर्थमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतालाई बिहीबार ज्ञापनपत्र बुझाउने भएका छन्।
'प्रत्यक्षवालाले आफूखुसी योजना र कार्यक्रम सञ्चालन गरेका छन्,' नेकपा मालेका सांसद अइन्द्रसुन्दर नेम्वाङले भने, 'विकास कार्यक्रमको सदुपयोग हुन सकेन। अझ समानुपातिक सांसदलाई दोस्रो दर्जाको जस्तो गरियो। अनुगमन गर्ने जिम्मा दिए पनि योजना छनोटमा हालीमुहाली प्रत्यक्षले नै गरेका छन्। त्यसैले यसरी सांसदपिच्छे रकम वितरण गर्नु हुँदैन भनेर ज्ञापनपत्र बुझाउँदैछौं।'