काठमाडौं- संविधानसभा सचिवालयले संविधानको मस्यौदा लिएर जनतासम्म पुग्न आवश्यक हवाईजहाज, हेलिकप्टरसहित यातायात सहयोगको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ। असार ३१ वा साउन १ गते नै सभासदहरू जिल्ला पुगिसक्नुपर्ने भन्दै सचिवालयले नजिकका जिल्लामा गाडी, हवाईजहाज पुग्ने क्षेत्रमा सोही र नभए हेलिकप्टर व्यवस्था गर्न गृहमन्त्रालयसँग आग्रह गरेको संविधानसभा सचिवालयले जानकारी दिएको छ।
संविधानसभाले पारित गरेको कार्यतालिकाअनुसार पनि आवश्यक प्रबन्ध मिलाउन सरकारलाई अनुरोध गरिएको सचिवालयले जनाएको छ।
नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिकी सभापति प्रमिला राणाले संविधानसभामा पेस गरेको कार्यतालिका बहुमतले पारित गरेको थियो। मधेसकेन्द्रित चार दलका सभासदको नाराबाजीकै बीचमा कार्ययोजना पारित भएको थियो। राप्रपा नेपाल भने कार्ययोजनाको विरोधमा थियो।
'संविधानको विधेयकको पहिलो मस्यौदामा जनताको राय सुझाव संकलन गर्न संविधानसभाका सदस्य र सुझाव संकलन कार्यमा खटिएका सचिवालयका कर्मचारीका लागि सम्बन्धित जिल्ला र निर्वाचन क्षेत्रमा जान आउन आवश्यक पर्ने हवाईजहाज, हेलिकप्टर, सवारी साधन, जनशक्ति र अन्य आवश्यक सहयोग सरकारले प्रबन्ध मिलाउनेछ,' कार्ययोजनामा उल्लेख गरिएको छ।
समितिका सचिव एवं संविधानसभा सचिवालयका प्रवक्ता भरत गौतमले पनि सरकारले गर्ने सहयोग छुट्ट्याएर गृहमन्त्रालयलाई जानकारी गराइएको बताए।
'गाडी सहज हुने स्थानमा त्यही अनुसार, नभए जहाज र जहाज पनि नजाने जिल्लाका लागि हेलिकप्टर व्यवस्था गर्न गृहमन्त्रालयसँग अनुरोध गरेका छौं,' प्रवक्ता गौतमले नागरिकसँग भने, 'त्यसको जिम्मा सरकारलाई नै दिएका छौं।'
संविधानको पहिलो मस्यौदा लिएर कर्मचारीहरू शुक्रबार नै जिल्ला प्रस्थान गर्नेछन्। प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा दुई जनाका दरले कर्मचारी खटाइएको छ। केही कर्मचारी संसद सचिवालयबाट जाने र आवश्यक पर्ने जिल्लाबाटै व्यवस्थापन गर्ने समितिले जनाएको छ।
संविधानसभाका सदस्यले २ सय ४० वटै निर्वाचन क्षेत्रमा पुगेर जनताको राय सुझाव संकलन गर्नेछन्। सामूहिक रूपमा जिल्लास्थित आम नागरिक, विभिन्न संघसंस्था, राजनीतिक दल/पार्टी र सरोकारवाला सहितको उपस्थितिमा सार्वजनिक सुनुवाइलगायत आवश्यक कार्यक्रम सञ्चालन गरी संविधानको विधेयकको मस्यौदामा जनताको रायसुझाव वा प्रतिक्रिया प्राप्त गरिने कार्ययोजनामा उल्लेख छ।
स्वदेश र विदेशमा रहेका नेपाली नागरिकबाट मस्यौदामा रायसुझाव वा प्रतिक्रिया प्राप्त गर्न समितिबाट विभिन्न सञ्चारमाध्यममार्फत सूचनापत्र वा आह्वान जारी गरिनेछ। जुनसुकै माध्यमबाट समितिमा प्राप्त भएका सुझाव संकलनपछि अभिलेख व्यवस्थापन वा विश्लेषण गरी समितिले प्रतिवेदन तयार पारेर संविधानसभामा पेस गर्नेछ।
जिल्ला पुगेका कर्मचारीले प्रत्येक जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चालन हुने कार्यक्रमका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय र सहकार्यमा जिविस, नगरपालिका र गाविसमा मस्यौदा उपलब्ध गराउने र सुझाव संकलन कार्यक्रम व्यवस्थापन गर्नेछन्।
जिल्ला र निर्वाचन क्षेत्रमा गरिने कार्यक्रम र जनताबाट प्राप्त सुझाव नियमित रूपमा समितिमा पनि जानकारी गराउने व्यवस्था संविधानसभा सचिवालयले गरेको छ। संविधानको विधेयकको पहिलो मस्यौदामा स्वदेश एवं विदेशमा रहेका नेपाली नागरिकका रायसुझाव संकलन गरिने कार्ययोजनामा उल्लेख छ।
यसबीच, समितिले नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन, बुद्धिजीवी, पेसागत संघसंगठन र नागरिक समाजका प्रतिनिधिसँग अन्तर्क्रिया पनि गर्ने भएको छ।
कार्ययोजनाअनुसार साउन ४ र ५ गते प्रत्येक जिल्लामा संविधानको मस्यौदामा सार्वजनिक सुनुवाइलगायत कार्यक्रम गरिनेछ। जनतासँग प्रत्यक्ष भेटघाटबाटै सुझाव संकलन गर्ने समितिले कार्ययोजनामा उल्लेख गरेको छ। जनताको राय सुझाव एवं प्रतिक्रिया लिपिबद्ध गरिनेछ।
साउन ७ गतेसम्म मस्यौदामा स्वेदश र विदेशमा रहेका नेपाली नागरिकबाट प्राप्त भएका रायसुझाव एवं प्रतिक्रिया अध्ययन र विश्लेषण गरी लिपिबद्ध गरिसक्ने कार्ययोजनामा उल्लेख छ। त्यसपछि प्रतिवेदन तयार गरी संविधानसभामा पेस गरिनेछ।
सहयोग गर्न सभाध्यक्षको अपिल
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माणको राष्ट्रिय अभियानमा उत्साहका साथ सहभागि भई आफ्नो जिल्ला र क्षेत्रमा आइपुग्ने टोलीलाई सुझाव दिएर सहयोग गर्न सम्पूर्ण नागरिकसँग अपिल गरेका छन्।
'संविधानको प्रस्तावित मस्यौदा पहिलो संविधानसभाका बेला जनताबाट संकलित सुझावअनुसार बनेको अवधारणापत्रमै आधारित भई वर्तमान संविधानसभाले तयार गरेको व्यहोरा सम्पूर्णमा जानकारी गराउन चाहन्छु,' अध्यक्ष नेम्वाङको अपिलमा भनिएको छ, 'संविधानसभाले अघि बढाइरहेको संविधान निर्माण कार्य पूर्ण रूपमा नेपालको अन्तरिम संविधान २०६३, संविधानसभा नियमावली २०७०, विधिको शासन र लोकतान्त्रिक प्रक्रिया अनुकूल रहेको छ।'
नेम्वाङले मस्यौदा प्रारम्भिक मात्र भएकाले प्राप्त सुझावका आधारमा परिमार्जन गरी संविधानसभाले संविधानको परिमार्जित विधेयक तयार गर्ने जनाएका छन्। प्रस्तावित मस्यौदामा आफूलाई लागेको सुझाव प्रदान गरी संविधानमा आफ्नो अपनत्व कायम गर्न संविधान निर्माणको अभियानमा सहभागी हुन आग्रह नेम्वाङले आग्रह गरेका छन्।