नेपाली कांग्रेसले दाबी गर्दै आएको घोराही उपमहानगरको नेतृत्व नेकपा माओवादी केन्द्रको भागमा परेपछि कांग्रेसका आम कार्यकर्ताहरु विभाजित देखिए। गठबन्धनको निर्णयलाई ‘प्रतिगमन’ रोक्ने अस्त्रका रुपमा बुझेको कांग्रेसीहरुको एक तप्काले यो निर्णयलाई सहर्ष स्वीकार्यो भने आफ्नो जित ‘सुनिश्चित’ दाबी गरेको उपमहानगरमा माओवादी केन्द्रलाई नेतृत्व दिइनु गलत निर्णय भन्दै कांग्रेसको अर्को तप्का आक्रोशित बन्यो।
उपमहानगरमा भएको भागबन्डाको निर्णयले दुईधारमा उभिएका कांग्रेसीहरुका कारण गठबन्धनलाई आगामी स्थानीय तहको निर्वाचन सहज नहुने आँकलन विपक्षी दलहरुका तर्फबाट भैरहेका छन्। अहिले घोराहीको उपमहानगरको नेतृत्व गरिरहेको एमालेले कांग्रेसभित्रको यही ‘बेमेल’ कायम रहने र त्यसको फाइदा आफूलाई पुग्नेमा पुरापुर आशावादी जस्तै देखिन्छ।
उता अघिल्लो स्थानीय तहको निर्वाचनमा चौथो दलका रुपमा रहेको राप्रपाले कांग्रेसभित्र अहिले देखिएको मतभेदलाई अधिक ‘उपयोग’ गर्न सकिनेमा आशावादी छ। ‘गठबन्धनको कार्यान्वयन फितलो नै भएको खण्डमा त्यसको फाइदा राप्रपालाई स्वभाविकै रुपमा हुन्छ,’ राप्रपाका एक जिल्ला नेताले भने, ‘तर त्यो फाइदा मात्रै हामीहरुले हेरेका छैनौँ, हामीहरु हाम्रो सांगठनिक अवस्थालाई मजबुत बनाएर अघि बढ्छौँ।’
उपमहानगरको नेतृत्व भागबन्डामा देखिएको कार्यकर्तापंक्तिको असन्तुष्टि सम्बोधन गर्न कांग्रेस र माओवादी लगाएतका सत्तारुढ गठबन्धनमा रहेका दलहरु लागेका छन्। साथै उनीहरुले अहिले देखिएको भागबन्डामा चित्त नबुझ्दाको सामान्य असन्तुष्टि मात्रै भएको भन्दै गठबन्धनको कार्यान्वन बलियो रुपमा हुने दाबी गरेका छन्। वडा तहसम्मै पुगेर कार्यकर्तालाई कन्भिन्स गर्ने योजना बनाएको कांग्रेसले गठबन्धनलाई ‘प्रतिगमन’ भित्रन नदिने बलियो अस्त्रका रुपमा बुझाउने जनाएको छ।
गठबन्धनले हारे एमालेको जित हुने र एमालेले यसअघि निम्त्याएको प्रतिगमन पुनः दोहोरिने भन्दै कांग्रेसले कार्यकर्ताहरुलाई सचेत बनाइरहेको छ। ‘मुलुकमा प्रतिगमनका विरुद्ध यो गठबन्धन बनेको हो र यो गठबन्धनले तय गरेका उम्मेदवारहरुलाई मत हाल्नै पर्छ भन्ने सन्देश हामीहरुले कार्यकर्ताहरुलाई दिइरहेका छौँ, साथीहरु कन्भिन्स भैरहनु भएको छ,’ कांग्रेस जिल्ला उपसभापति गिरीराज सुवेदीले भने, ‘यो सन्देश लिएर हामीहरु वडातह सम्मै पुग्ने छौँ, हाम्रा साथीहरु गठबन्धन प्रति प्रतिबद्ध भएर लाग्नु हुनेछ, यसमा दुईमत रहन्न।’
गठबन्धनले हारे एमालेको जित हुने सन्देश दिएको कांग्रेसले हिजो संविधान कुल्चेको एमालेको जितका निम्ती सचेत रहन कार्यकर्ताहरुलाई सुझाईरहेको छ। ‘हिजो संविधान कुल्चिएर मुलुकमा प्रतिगमन लादेको एमालेसंगको हाम्रो लडाईँ हो,’ सुवेदी भन्छन्, ‘त्यो लडाईँ जित्नका लागि एमालेलाई हराउनै पर्छ, एमालेलाई हराउनका लागि गठबन्धनलाई जिताउनै पर्छ भन्नेमा साथीहरु कन्भिन्स हुनुहुन्छ।’
गठबन्धनको जित प्रतिगमनविरुद्धको जितलाई पहिरो नारा बनाएको कांग्रेसका हरेक इकाईले गठबन्धनको बलियो कार्यान्वयनका लागि कार्यकर्ता पंक्तिलाई सचेत बनाईरहेका छन्। घोराही उपमहानगर रहेको कांग्रेसको क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्काले विभिन्न माध्यमबाट केही असन्तुष्ट देखिएका कांग्रेसीहरुलाई गठबन्धनेको अपरिहार्यताका बारेमा सुझाई रहेको बताए।
‘घोराही उपमहानगरमा कांग्रेसले नेतृत्वको टिकट पाउनु पर्छ भन्ने त हामी पनि थियौँ, तर गठबन्धनका बीचमा सहमति गर्दा यहाँ कांग्रेसले पाएन,’ क्षेत्रीय सभापति खड्काले भने, ‘तर कांग्रेस सहभागी गठबन्धनले निर्णय नै गरिसकेपछि अब पार्टीको निर्णयलाई सच्चा सीपाही बनेर कार्यान्वयन गरिनु पर्छ, नेतृत्व नपाउँदाको सानो असन्तुष्टि अब सकिनु पर्छ भनेर हामीहरुले सन्देश दिईरहेका छौँ, र कुनै घात अन्तरघात भन्ने कुरा कांग्रेसबाट हुँदैन।’
त्यसोत, घोराही उपमहानगरमा उपमेयर कांग्रेसको भागमा परेको छ। फलतः कांग्रेसको उम्मेदवार पनि संगसंगै रहने भएकाले आम कांग्रेसीहरुको मनोभाव गठबन्धन प्रति प्रतिबद्ध हुने उनको भनाई छ।
उता तुलसीपुर उपमहानगरपालिकामा मेयर/ उपमेयर दुबै पद नपाएको माओवादी केन्द्रका कार्यकर्ताहरुमा पनि केही असन्तुष्टि छ। यो उपमहानगरमा कांग्रेसले मेयर र नेकपा एकीकृत समाजवादीले उपमेयर पाउनेगरि भागबन्डा गरिएको छ। तर माओवादीले मेयर वा उपमेयर मध्य एक पद पाउनु पर्नेमा कुनै पनि नपाउनुको दुखेसो आम कार्यकर्तामा देखिन्छ। तर त्यहाँ सिर्जित असन्तुष्टिहरुलाई माओवादकिा वडा कमिटिहरुले सम्बोधन गरिरहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले जानकारी दिए।
उनले भने, ‘माओवादीले मेयर उपमेयर केही पनि नपाएको भनेर स्वभाविकै रुपमा कार्यकर्ता पंक्तीमा असन्तुष्टि उब्जनु सामान्य कुरा हो, त्यो असन्तुष्टिलाई वडाहरुले सम्बोधन गरिरहेका छन्।’ माओवादीले तुलसीपुरमा पदविहीन हुनुको कारण घोराहीको नेतृत्व प्राप्ती रहेको भन्दै कार्यकर्ताहरुलाई सम्झाईरहेका छन्।
त्यसोत, गठबन्धनको पूर्ण कार्यान्वयन गरेर जाने नेतृत्वको नीति रहेको भन्दै माओवादीका कार्यकर्ताहरुले नेतृत्वको यो नीतिलाई कदापी नकुल्चने केन्द्रीय सदस्य आचार्यले बताए। उनले भने, ‘गठबन्धन प्रतिगमनको खिलापमा जोडिएको शक्ति हो र यसको कार्यान्वयन हुनुपर्छ भन्ने नीति नेतृत्वले तय गरेको छ, यसर्थ यो नीति बिपरित कुनै पनि माओवादी साथीहरु जानु हुने छैन, माओवादीको इतिहासमा पनि नीति कुल्चेर अघि बढेको घटना छैनन्।’
कांग्रेस, माओवादी, नेकपा एस र समाजवादीका केन्द्रीय नेताहरुको संयुक्त उपस्थितीमा वडा गत छलफल हुने भन्दै माओवादी केन्द्रीय सदस्य आचार्यले उक्त संयुक्त छलफलबाट असन्तुष्ट मनहरु पुरै माझिने बताए। ‘हाम्रो पार्टीका प्रवक्ता कृष्णबहादुर महरा, कांग्रेसका केन्द्रीय सदस्य ज्यूहरु, अनि गठन्धनका अन्य दलका केन्द्रीय नेताहरुसंगको संयुक्त रुपमा वडा स्तरिय छलफल हुने छन्,’ आचार्यले भने, ‘यो छलफलले सबै तिक्तता, असन्तुष्टि मेटिएर जाने छन्, यसो भएमा गठबन्धनबीचको बेमेललाई उछाल्न खोजिरहेको एमालेको सपना चकनाचुर हुनेछ, यसमा दुईमतै छैन।’
यसैगरि उनले घोराही नेतृत्वका सम्बन्धमा कांग्रेसमा देखिएको भनिएको असन्तुष्टि बाहिर आए जस्तो आफूले नपाएको बताए। ‘मेयर कांग्रेसको भागमा नपर्दा केही असन्तुष्टिहरु उत्पन्न हुनुलाई नकारात्मक मान्नु हुँदैन,’ आचार्यले भने, ‘तर बाहिर आए जस्तो कांग्रेसका साथीहरु मलाई प्राप्त रिपोर्ट अनुसार नेगेटिभ हुनुहुन्न, एकाध असन्तुष्टिका आवाज पनि उचित रुपमा सम्बोधन हुनेछन्।’
गठबन्धन राष्ट्रिय हितका निम्ती जन्मीएको भन्दै उनले थपे, ‘यो राष्ट्रिय मुद्दामा कांग्रेस, माओवादी वा गठबन्धनका अन्य दलका सबै साथीहरु गम्भीर बन्नु हुन्छ, नत्र प्रगितमन भित्रन्छ र मुलुकले नोक्सानी बेहोर्नु पर्छ भन्ने त्रासदीबाट हामी कोही पनि अनभिज्ञ छैनौँ।’