काठमाडौं- नेपाली कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले नयाँ संविधानको पहिलो मस्यौदा लोकतन्त्र र जनताका पक्षमा रहेको दाबी गरे। नेपाल विद्यार्थी संघले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मस्यौदा समिति सभापतिसमेत रहेका सिटौलाले भने, 'समावेशी सहभागितालाई सुनिश्चित गरेको लोकतान्त्रिक संविधान बन्छ, संविधानले जनताका पक्षमा उज्यालो छर्छ।'संविधानबिना राजनीतिक स्थायित्व नहुने बताउँदै सिटौलाले जनताको सर्वपरिलाई केन्द्रमा राखेर नै पहिलो मस्यौदा आएको दाबी गरे। 'मस्यौदामा राम्रा कुरा समेटिएका छन्,' सिटौलाले भने, 'यसलाई प्रशोधन गरेर चमक दिने काम बाँकी छ।'
मस्यौदा सुधार गर्ने अझै धेरै ठाउँ र चरण भएको स्पष्ट पार्दै उनले भने, '१५ दिनमा संविधानको मस्यौदा लेख्ने कुरा मजाकजस्तो देखिन्छ तर पनि हामीले पार लगाएका छौं, कमजोरीहरु होलान् त्यसलाई सुधार्ने ठाउँ छ, सकिन्छ।'
कांग्रेसले भनेजस्तो संविधान लेख्न सम्भव नभएको बताउँदै सबै राजनीतिक दललाई विश्वास र सहमतिमा लिँदा केही कुरा छुटेको हुनसक्ने सिटौलाले बताए। 'कांग्रेस एक्लैले संविधान लेख्न सक्दैन, अहिलेको अवस्थामा रोक्नचाहिँ सक्छ,' सिटौलाले भने, 'संविधान रोक्दा देश र्बवात मात्र हुन्छ। हाम्रो कुरा राख्न देशलाई घाटा हुने र जनताले दुख पाउने काम गर्ने पक्षमा छैनौं।'