कांग्रेस कार्यकर्ताहरुको चर्को असन्तुष्टीका बीच धरानमा चार दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ।
जसपाको भागमा परेको दुई वडामा कांग्रेस कार्यकर्ताहरुको असन्तुष्टी बढेको र वडा सदस्यहरुको बाँडफाँडमा पनि सहमति जुट्न नसकेपछि जसपा गठबन्धनबाट बाहिरिएको हो। जसपा अध्यक्ष ताजुब लिम्बुले वडा सदस्यहरुको सिट बाँडफाँडमा कुरा नमिलेको कारण गठबन्धनबाट बाहिरिएको बताए। उनले भने,‘वडा सदस्यको बाँडफाँडमा कुरा मिलेन, र हामी बाहिरियौ। अब मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ।’
अध्यक्ष लिम्बुले एमालेसँगको सहकार्यको सम्भावनाबारे तत्काल केही प्रतिक्रिया दिन चाहेनन्। यद्यपी उनले राजनीतिमा हरेक सम्भावनाको ढोका खुल्लै रहने बताए। ‘राजनीतिमा हरेक सम्भावना हुन्छ। एमालेसँग गबठन्धन गर्ने कुरा भएको छैन, जे पनि हुनसक्छ,’ उनले भने।
बिहीबार मात्र चार दलीय गठबन्धन दलहरुबीच जसपालाई वडा नं १० र १९ दिने लिखित सहमति भएको थियो। असन्तुष्ट कांग्रेस कार्यकर्ताहरुले भागबन्डाको चर्को विरोध गर्दै पत्रकार सम्मेलन नै बिथालेपछि गठबन्धन संकटमा परेको थियो। उक्त घटनापछि जसपालाई गठबन्धन छोडेर एक्लै चुनाव लड्न दबाब परेको थियो।
गठबन्धनबाट जसपा बाहिरिएपछि बाँकी रहेको ३ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले वडा सदस्यहरुको पनि सिट बाँडफाँड गरेको छ। कांग्रेसले मेयरसहित वडा १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १६, १८ र १९ पाएको छ। यस्तै, विभिन्न वडामा गरी खुला सदस्य २५ वटा कांग्रेसको भागमा परेको छ। महिला सदस्य (खुला)मा कांग्रेसले १५ सिट पाएको छ भने महिला (दलित)मा १३ वटा सिट पाएको छ।
माओवादी केन्द्रले भने उपमेयरसहित वडा नं ३, १५, १७ र २० पाएको छ भने खुला सदस्यतर्फ १२ जना सदस्य पाएको छ। यस्तै, महिला सदस्य (खुला)मा ३ सिट पाएको माओवादी केन्द्रले महिला (दलित)मा ५ सिट पाएको छ।
नेकपा एकीकृत समाजवादीले एउटा मात्र वडा नं ४ पाएको छ। खुला सदस्यमा २ सिट पाएको एकीकृत समाजवादीले महिला सदस्य (खुला)मा २ सिट पाएको छ भने महिला (दलित)मा २ सिट मात्र पाएको छ।