२०७४ सालमा नेकपा एमालेबाट धरान वडा नं ४ को वडाध्यक्षमा निवार्चित मानबहादुर राईले पार्टी छोडेका छन्।
शनिबार वडाध्यक्ष पदबाट राजीनामा दिएका राईले लगत्तै एमाले पार्टी पनि परित्याग गरे। साथै, उनले एक विज्ञप्ती जारी गर्दै आफू नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको पनि सार्वजनिक गरे। उनलाई एकीकृत समाजवादीले पार्टी कार्यालयमा स्वागत पनि गरेको थियो। राई एकीकृत समाजवादी प्रवेश गरेसँगै वडा ४ मा एमालेलाई क्षति पुग्ने अनुमान गरिएको छ।
राई वडाध्यक्षमा पुनः उम्मेदवार हुन चाहेका थिए। तर उनले पार्टीबाट टिकट पाउने सम्भावना थिएन। अध्यक्षको उम्मेदवारमा अन्यको पनि सिफारिश भएको र पार्टी नेतृत्वले पनि राईलाई भन्दा अन्यलाई नै प्राथमिकता दिएको सुचना पाएपछि उनले शनिबार वडाध्यक्षबाट राजिनामा दिएका थिए। राजीनामा दिएलगत्तै उनी एकीकृत समाजवादीमा प्रवेश गरे।
एमाले छोड्न मन नभएपनि फेरि वषौंदेखि दुःख गरेको पार्टीले बेवास्ता गरेपछि एकीकृत समाजवादी प्रवेश गर्नुपरेको राईले प्रतिक्रिया दिए। पाँचवर्षे कार्यकालमा २ वर्ष कोरोनाले काम गर्न नपाएको र धेरै विकास निर्माणका योजनाहरु अधुरै रहेकोले पूरा गर्न पुनः एक पटक वडाध्यक्षमा उम्मेदवार हुन चाहेपनि नदिने भएकोले पार्टी परित्याग गरेको राईले बताए। उनले भने, ‘धेरै कामहरु आधा मात्र गरेको थिएँ, त्यसैले एक पटक अध्यक्ष भएर पूरा गर्छु भने। तर, मलाई अलमलाउने काम मात्र गरे। त्यसैले पार्टी छोडे। अब एकीकृत समाजवादीबाट उठ्छुँ।’
धरानमा कमजोर रहेको एकीकृत समाजवादीले २० वटा वडामध्ये गठबन्धनमा भागवण्डा गर्दा ४ नम्बर वडा मात्र पाएको छ। उक्त वडामा एमाले त्यागेर शनिबार मात्र प्रवेश गरेका राईलाई वडाध्यक्षमा उठाउने तयारी एकीकृत समाजवादीले गरेको छ।