झापा–प्रमुख दलका शीर्ष नेताले नयाँ संविधान जारी हुन संसारको कुनै शक्तिले पनि रोक्न नसक्ने बताएका छन्। गिरिजाप्रसाद कोइराला स्मृति भवनको शिलान्याश गर्न झपा आएका शीर्ष नेताले साउन महिनाभित्र संविधान जारी भइसक्ने बताएका हुन्।कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले मुलुकमा ठूलो बलिदानी र संघर्ष गरेर परिवर्तन सम्भव भएको भन्दै त्यही परिवर्तनलाई संस्थागत गर्ने दिशामा मुलुक अगाडि बढेको बताए। 'धेरै बलिदानी र संघर्षबाट परिवर्तन सम्भव भएको हो,' प्रधानमन्त्रीले भने,'यो परिवर्तनलाई संस्थागत गर्ने दिशामा मुलुक अगाडि बढेको छ।' उनले परिवर्तनले जनतामा जागरण आएको भन्दै जनताको चेतनाले लोकतन्त्रलाई जोगाउने बताए। प्रधानमन्त्री कोइरालाले साउन महिनाभित्रमा नयाँ संविधान जारी भइसक्ने उल्लेख गरे।
कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले भेदभाव र असमानता अन्त्य गर्ने दिशामा मुलुक अगाडि बढेको भन्दै चिन्ता नलिन आग्रह गरे। १६ बुँदे सहमतिको विरोधमा रहेका दलहरुप्रति लक्षित गर्दै ओलीले आफूहरु पनि अन्याय र विभेदका विरुद्ध लडेर आएको भन्दै सोही कुरालाई लिएर चिन्ता नलिन आग्रह गरे। अध्यक्ष ओलीले साउन महिनाभित्र संविधान जारी भइसक्ने दाबी गर्दै नयाँ संविधानमा सबैको हक अधिकार सुनिश्चित हुने बताए ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाको जहाज उडिसकेको भन्दै संविधानसभारुपी जहाज ल्याण्ड गर्ने अन्तिम चरणमा रहेको बताए। सभासदहरु जनताको राय सुझावको लागि जनताको घर दैलोमा पुगेको भन्दै जनताको सुझाव अनुसार संविधानको मस्यौदा परिमार्जन गर्ने ठाउँ बाँकी रहेको भन्दै असन्तुष्ट पक्षका भावनालाई नयाँ संविधानमा समेटिने बताए । 'अहिले पनि परिमार्जन गर्ने ठाँउ बाँकी नै छ,' दाहालले भने,'त्यसैको लागि जनताको राय सुझाव लिने काम भएको हो ।'
कार्यक्रममा मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले देशको संकट समाधान हुने ठानेर आफूहरुले १६ बुँदे सहमति गरेको बताए । देशलाई संक्रमणकालबाट अन्त्य गर्न र नयाँ संविधान जारी गर्न १६ बुँदे सहमति गरेको भन्दै सो सहमतिपछि मुलुकले निकास पाएको दाबी गरे ।
गिरिजाप्रसाद कोइराला स्मृति भवनको शिल्यान्याश गर्न प्रधामन्त्री, एमाले अध्यक्ष, एकीकृत माओवादी अध्यक्ष, फोरम लोकतान्त्रि अध्यक्षसहित कांग्रेस महामन्त्रीद्वय प्रकाशमान सिहं कृष्ण सिटौलालगायतका नेता झापा आएका हुन।