काठमाडौँ-संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आउँदो साउन मसान्तभित्र मुलुकले नयाँ संविधान पाउने बताए ।संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले 'नेपालको संविधान, २०७२' को प्रारम्भिक मस्यौदामा नागरिक क्षेत्रका संस्था र प्रतिनिधिसँग आज यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेम्वाङले संविधान जारीका लागि घोषित कार्यतालिका नभएपनि साउन मसान्तभित्र आउने बताएका हुन् ।
उनले मस्यौदामाथि जनताको राय÷सुझाव लिने क्रममा पनि त्यही सन्देश दिन सभासद्सँग आग्रह गरे।मस्यौदाको प्रक्रियामा फरक मत राखी संविधानसभाका बैठक बहिष्कार गर्दै आएका दललाई पनि सुझाव र परिमार्जनको प्रक्रियामा सहभागी हुन आग्रह गर्दै अध्यक्ष नेम्वाङले प्राप्त सुझाव एकीकृत गर्ने क्रममा ती दलका सुझावलाई पनि समेट्न कोसिस गरिने अवगत गराउए।
अध्यक्ष नेम्वाङले भने, "मस्यौदा जाने स्थिति हुनुले संविधान बन्ने आधार बनिसकेको छ, अब संविधान जारी हुनुको विकल्प छैन, गत संविधानसभामा अवसर गुमाउँदा हामी कहाँ पुग्यौँ ? संविधान जारीका लागि अहिले उपर्युक्त मौका छ, यसलाई गुमाउनु हुँदैन ।"
संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीले लोकतन्त्र भनेको जनताको सुझाव र सामथ्र्यलाई बलवान् मान्ने प्रणाली भएकाले मस्यौदा जनतामा सुझावका लागि पठाइएको उल्लेख गरिन् । उनले नेपाली जनताले विसं २००७ देखि संविधानसभाबाट संविधान जारीको चाहनालाई पूरा गर्ने अवसर आएको बताइन।
समितिका सभापति प्रमिला राणाले जनताबीच धेरै समय दिन नपाइएपनि प्राप्त सुझावलाई सम्बोधन गरिने बताउनुभयो । समितिले यही असार २५ गतेदेखि साउन ७ गतेसम्म जनताको सुझाव सङ्कलन र प्रतिवेदन तयारीको जिम्मा पाएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टले नयाँ संविधानमा 'पूर्ण प्रेस स्वतन्त्रता' को सुनिश्चितता हुनुपर्ने बताए ।नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले न्यायालयबारे संविधानमा प्रावधान राख्दा विवेक पु¥याउनुपर्ने भन्दै संवैधानिक अदालत बनाउन नहुने बताए।कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष भीम रावल, नेपाली काँग्रेसका सभासद् राधेश्याम अधिकारी, एमाओवादीका सभासद् रामनारायण विडारीलगायत नागरिक क्षेत्रका बुद्धिजीवीको पनि उपस्थिति थियो । रासस