आसन्न स्थानीय तहको निर्वाचनका लागि बैतडीमा आज र भोलि उम्मेदवारको मनोनयन दर्ताका लागि समय तोकिएको छ। निर्वाचन आयोगको कार्यतालिका अनुसार आज र भोलि देशभरी उम्मेदवारको मनोनयन दर्ता हुनेछ। बैतडीका १० वटै स्थानीय तहमा मनोनयन दर्ताका लागि सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए। मनोनयन दर्ताका लागि राजनीतिक दलहरुसँग छलफल गरेर यसलाई व्यवस्थित बनाउने प्रयास भएको उनले बताए।
९ वटा निर्वाचन अधिकृतका कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता कार्यलाई व्यवस्थित बनाउन दलहरुसँग छलफल गरेको कार्कीले बताए। दशरथचन्द नगरपालिकाको हकमा राप्रपा र जनता समाजवादी पार्टीले आज दिनभर मनोनयन दर्ता गर्ने समय तोकिएको छ। यस्तै राप्रपाले भोलि बिहान १० बजे र जनता समाजवादीले दिउँसो ४ बजेपछि पनि मनोनयन दर्ता गर्ने सक्नेछन्।
यस्तै दशरथचन्द नगरपालिकामा स्वतन्त्र उम्मेदवारका लागि आज मनोनयन दर्ताका लागि दिनभर समय छुट्याएको मुख्य निर्वाचन अधिकृत कार्कीले बताए। यस्तै दशरथचन्द नगरपालिकामा एमालेले बिहान ११ बजे, नेपाली कांग्रेसले दिउँसो १ बजे, माओवादी केन्द्रले दिउँसो ४ बजे र नेकपा एकीकृत समाजवादीले दिउँसो ३ बजे मनोनयन दर्ताका लागि समय छुट्याएको मुख्य निर्वाचन अधिकृत कार्कीले बताए।
जिल्लाका अन्य स्थानीय तहमा पनि दलहरुसँग छलफल गरेर मनोनयन दर्ताका लागि समय छुट्याएको बताइएको छ। उम्मेदवारी मनोनयनसँगै दलहरुले पनि उम्मेदवारी घोषणा गर्न थालेका छन्। कांग्रेस बैतडीले दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलासैनी गाउँपालिकामा सत्तागठबन्धन दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ।
दोगडाकेदार गाउँपालिकामा अध्यक्ष पदका लागि देवराज जोशी, पञ्चेश्वर गाउँपालिकामा अध्यक्ष पदका लागि रमेशसिंह भण्डारी र डिलासैनी गाउँपालिकामा उपाध्यक्ष पदका लागि भरतबहादुर बोहरालाई उम्मेदवार चयन गरेको छ। यस्तै पुर्चौडी नगरपालिकाको मेयर पदका लागि दीपकबहादुर बमलाई उम्मेदवार बनाएको कांग्रेसले उपमेयर पदको उम्मेदवार भने टुंगो लगाउन सकेको छैन्।
उम्मेदवारको टुंगो लाग्न बाँकी रहेका नगरपालिकामा प्रदेश संसदीय बोर्डले आज उम्मेदवारको टुंगो लगाउने कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए। सुर्नया गाउँपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिकाको हकमा जिल्लाको संसदीय बोर्डले आजै उम्मेदवारको टुंगो लगाउने छ।
नेकपा एमालेले बैतडीका ८ वटा पालिकामा उम्मेदवारको टुंगो लगाएको छ। डिलासैनी र सिगास गाउँपालिका बाहेकका सबै पालिकामा उम्मेदवारको टुंगो लागिसकेको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए। मेलौली नगरपालिकाको उपमेयर, दोगडाकेदार र सुर्नया गाउँपालिकामा पनि उपाध्यक्ष पदको टुंगो लाग्न बाँकी रहेको भण्डारीले बताए। सुर्नयामा एमालेले राप्रपासँग चुनावी तालमेल गर्ने तयारी गरेकाले उपाध्यक्ष राप्रपालाई दिने बताइएको छ।
पञ्चेश्वरमा एमालेले पुरानै अनुहार दोहर्याउने भएको छ। अध्यक्ष पदमा गोरखबहादुर चन्द र उपाध्यक्ष पदमा बीना भट्टलाई उम्मेदवार बनाइएको छ। यस्तै शिवनाथ गाउँपालिकामा अध्यक्ष पदका लागि हजारी साउँद र उपाध्यक्ष पदका लागि शकुन्तला साउँदलाई उम्मेदवार बनाइएको छ।
यस्तै मेलौली नगरपालिकामा मेयर पदका लागि जगदीश नायकलाई उम्मेदवार बनाएको एमालेले उपमेयर पदका उम्मेदवारको नाम सार्वजनिक गरेको छैन। पाटन नगरपालिकामा मेयर पदका लागि नारायण भण्डारी र उपमेयर पदका लागि हरु भट्ट (हरिना) लाई उम्मेदवार बनाइएको छ। यस्तै दशरथचन्द नगरपालिकामा मेयर पदका लागि पुष्करराज जोशी (लख्खाभाइ) र उपमेयर पदका लागि सरस्वती नेपालीलाई उम्मेदवार बनाइएको छ। पुर्चौडी नगरपालिकामा मेयर पदका लागि कर्णबहादुर कुँवर र उपमेयर पदका लागि जानकी साउँदलाई उम्मेदवार बनाइएको एमालेले जनाएको छ।
दोगडाकेदार गाउँपालिकामा वर्तमान पालिका अध्यक्ष चक्रबहादुर कार्कीलाई अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले उपाध्यक्ष पदको उम्मेदवार भने टुंग्याएको छैन्। सुर्नया गाउँपालिकाको अध्यक्ष पदका लागि अम्मर कुँवरलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले उपाध्यक्ष पद राप्रपालाई दिएर चुनावी तालमेल गर्ने तयारी गरेको छ। डिलासैनी गाउँपालिकाको उम्मेदवारी भने टुंगो लाग्न बाँकी रहेको छ। सिगास गाउँपालिकमा जस्बीर बोहरा अध्यक्ष पदका उम्मेदवार बनाउने निर्णय गरिएको बताइएको छ।