समस्या बजेटमा होइन, कार्यान्वयन क्षमतामा छः अर्थमन्त्री महत
३० असार २०७२
•
८ मिनेट पाठ
समस्या बजेटमा होइन, कार्यान्वयन क्षमतामा छः अर्थमन्त्री महत
काठमाडौं– अर्थमन्त्री रामशरण महतले नयाँ आर्थिक वर्ष २०७२/७३ का लागि सरकारले प्रस्तुत गरेको बजेट तुलनात्मक रुपमा गतवर्षहरुको भन्दा सन्तुलित रहेको बताएका छन्।




367f75d367c0b264bc08e189fcd14e07_L.jpg

तर, बजेट कार्यान्वय गर्ने वा पूँजीगत खर्च गर्ने सरकारी संयन्त्र र निजी क्षेत्रका निर्माण उद्योगहरुको क्षमतामा नै बजेट कार्यान्वयनको नतिजा निर्भर रहने उनको भनाई छ। 'विपत्तपछिको विशेष परिस्थितिमा सरकाले नवनिर्माण लक्षित पुनर्निर्माणका लागि कुल ९१ अर्ब बजेट विनियोजन गरेको छ,' उनले भने, 'विनियोजित बजेट पूर्ण रुपमा कार्यान्वयन भएको अवस्थामा ६ प्रतिशतको आर्थिक वृद्धिदर सजिलै प्राप्त हुन सक्नेछ।'

सरकारले अध्यादेशअनुसार नवगठित पुनर्निर्माण प्राधिकरणका लागि ७४ अर्ब रुपैयाँ र उक्त प्राधिकरण गठन नहुन्जेलका लागि मन्त्रकालयहरुले गर्ने पुनर्निर्माण कार्यका लागि १७ अर्ब गरी ९१ अर्ब बजेट तत्काल विनियोजन गरिएको र आवश्यक परे थप बजेट विनियोजन गर्ने उनले बताए। अर्थमन्त्रालयको आयोजना र नेपाल आर्थिक पत्रकार समाज(सेजन)को संयोजननमा बुधबार बिहान राजधानीमा भएको बजेटमाथिको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्।

बजेट कार्यान्वयमा सरकारी संयन्त्रको कार्यशैली नै क्षमतावान हुन नसकेको गुनासो उनको थियो।

तुलनात्मक रुपमा सन्तुलित बजेट

नयाँ आर्थिक वर्षको बजेटमा क्षेत्रीय आर्थिक सन्तुलनमा जोड दिएको मन्त्री महतले बताएका छन्। 'तराई मधेशलाई बजेटले विभेद गरेको विगतमा आरोप लाग्दै आएको थियो,' मन्त्री महतले भने, 'बजेटलाई राम्ररी अध्ययन गर्ने हो भने अधिकांश सिँचाई आयोजनाहरु, हुलाकी राजमार्ग, पुर्वपश्चिम राजमार्गको स्तरोन्नती, उद्योगहरु, विमानस्थल, कृषिलगायत धेरै आयोजना तराईमै केन्द्रीत छन्। त्यस्तै, कर्णालीलगायत दुर्गम क्षेत्रलाई पनि बजेटले सन्तुलित आर्थिक विकासको मुलधारमा ल्याउन खोजेको बताएका छन्।

पूर्वाधारका आयोजनामा जोड

नयाँ बजेटमा नयाँ पूर्वाधारका कार्यक्रम नल्याइएको भन्ने प्रतिक्रिया आइरहेको बताउँदै मन्त्री महतले नयाँ कार्यक्रम ल्याएर बजेट छर्नुभन्दा चालू राष्ट्रिय महत्वका कार्यक्रमहरुलाई नै पूरा गर्नु श्रेष्यकर हुने बताएका छन्। 'बुढी गण्डकी जलविद्युत, हुलाकी राजमार्ग, मध्ये पहाडी राजमार्ग, दू्रत मार्ग, टनेल रोडहरु, अन्तरराष्ट्रिय र क्षत्रिय विमानस्थलहरु, चालू ठूला सिँचाई आयोजनाहरु, खेल मैदान जस्ता चालू आयोजनाहरु पूरा गर्ने दिशामै सरकारको बजेट केन्द्रीत गरिएको मन्त्री महतले बताए।

मन्त्री महतले ऊर्जामा विकासका लागि नयाँ योजना नल्याइएको भन्ने गुनासो पनि सान्दर्भिक नभएको बताएका छन्। 'गत वर्षको बजेटले ऊर्जालाई प्राथमिकता दिएर ऊर्जा विकासको लामो योजना नै प्रस्तुत गरिसकिएको छ,' मन्त्री महतले भने, '३ वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने दिशामा सरकार अघि बढ्ने योजना थियो, त्यसैअनुसार सरकार अघिबढिरहेकोले यस वर्षको बजेटमा पनि त्यही कुरा दोहोर्याउन आवश्यक नठानिएको हो।'

सामाजिक सुरक्षामा दक्षिण एसियामै बढी खर्च गर्ने नेपाल

सामाजिक विकास सूचकांकहरुका अनुसार दक्षिण एसियामै सामाजिक सुरक्षामा बढी रकम खर्च गर्ने पाकिस्तानपछिको देश नेपाल रहेको मन्त्री महतले बताए। 'कुल गार्हस्थ्य उत्पादन(जिडिपी)को २ प्रतिशत बराबर रकम नेपालले सामाजिक सुरक्षामा खर्च गर्दै आएको तथ्यांक छ,' मन्त्री महतले भने, 'यस वर्षको बजेटले पनि बृद्ध भत्तालाई रु. ५ सयबाट १ हजार बनाउने र मातृस्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षाका कार्यक्रमहरुमा रकम बढाएको छ।'

८० प्रतिशत लक्ष्य प्राप्त गर्ने आयोजनाका प्रमुखलाई सरुवा नगरिने

विकासे आयोजनाहरुको प्रमुख परिवर्तन गर्ने कार्यले पनि बजेट कार्यान्वयमा समस्या पारेको भन्दै मन्त्री महतले आयोजनाको वार्षिक लक्ष्य मध्ये ८० प्रतिशत लक्ष्य पूरा गर्ने आयोजना प्रमुखलाई सरुवा नगर्ने नीति आफूले बजेटमार्फत ल्याएको बताए। यस नीतिल बजेट कार्यान्वयमा सघाउने उनलको विश्वास छ।

निजी निर्माण कम्पनीको क्षमता कमजोर

निजी क्षेत्रका निर्माण उद्योगहरुले पनि कार्यक्रमको ठेक्का लिने र काम पूरा नगरी छोड्ने प्रवृत्ति रहेको उनले बताए। 'निजी क्षेत्रको क्षमता, गुणस्तर र व्यवसायीक क्षमता बढाउनु आवश्यक छ,' मन्त्री महतले भने, 'निजी क्षेत्रलाई आवश्यक निर्माण सामग्रीहरु आयातमा सरकारले कर छूट दिइरहेको उनले बताए।'

साउन १ मै मन्त्रालयले अख्तियारी दिन्छ

बजेट कार्यान्वयका लागि समयमै अख्तियारी प्राप्त नभएको भन्ने यसअघिको गुनासोलाई सम्बोधन गर्ने प्रयास सरकाले गरेको अर्थमन्त्री महतले बताएका छन्। 'अर्थमन्त्रालयले सबैजसो मन्त्रालयका सचिवलाई बजेट कार्यान्वयका लागि साउन १ गते नै अख्तियारी दिन्छ,' महतले भने, 'मन्त्रालयहरुले पनि मातहतका विभाग, कार्यालय र आयोजना प्रमुखलाई समयमै अख्तियारी दिनुपर्छ।'

विगतमा जस्तो कार्यक्रम पारित गराउने योजना आयोग धाउनु पर्ने बाध्यताको अन्त्य गरिएको पनि मन्त्री महतले बताए। 'बजेटमा परेका कार्यक्रम स्वीकत भैसकेका नै हुन्छन्। त्यसका लागि धाउनु पर्दैन।' उनले भने ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस