आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा लड्ने उम्मेदवारको टुंगो लगाएको छ। तनहुँमा एमाले र नेपाली कांग्रेसको गोविन्दराज जोशी समूहले तालमेल गरेर निर्वाचन लड्दैछन्।
व्यास नगरपालिकाको मेयर जोशी समूहले पाएको छ। अन्य नौ स्थानीय तहको प्रमुख पद एमाले आफैँले लिएको छ।
शुक्लागण्डकी नगरपालिकाको मेयरमा मुक्ति तिम्लिसिना र उपमेयरमा फुलमाया वाग्लेले टिकट पाएका छन्। भिमाद नगरपालिकाको मेयरमा दधिराज सुवेदी र उपमेयरमा शारदा खनाललाई उम्मेदवार बनाइएको छ।
व्यासको मेयर पनि जोशी समूहले लिनेछ। गोविन्दराज जोशीपुत्र दिपकराजले व्यासको मेयरमा उम्मेदवारी दिनेछन्। व्यासको उपमेयरमा बसुन्धरा घर्तीलाई एमालेले उम्मेदवार बनाएको छ।
भानु नगरपालिकाको मेयरमा सिताराम बजगाईलाई एमालेले उम्मेदवार बनाएको छ। भानुमा उपमेयर जोशी समूहले पाउनेछ।
आबुखैरेनी गाउँपालिकाको अध्यक्षमा ऋषि केसीले टिकट पाएका छन्। यहाँ उपाध्यक्ष जोशी समूहलाई दिने सहमति छ। बन्दीपुर गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र थापा उम्मेदवार हुनेछन्। बन्दीपुरको पनि उपाध्यक्ष जोशी समूहले पाउनेछन्।
देवघाट गाउँपालिकाको अध्यक्षमा दुर्गबहादुर थापा दोहोरिएका छन्। उपाध्यक्षमा गत निर्वाचनमा पराजित भएकी सावित्री न्यौपानेले टिकट पाएकी छन्।
घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा र उपाध्यक्षमा राधा अधिकारीले टिकट पाएका छन्। ऋषिङ गाउँपालिकाको अध्यक्षमा हरिराज कँडेललाई उम्मेदवार बनाउने निर्णय भएको छ।
म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा रत्ना घिमिरेलाई एमालेले उम्मेदवार बनाएको छ।