काठमाडौं- 'हरि खड्का र मदन भण्डारीको नाममा ट्रमा सेन्टर खोल्नु राम्रो हो, भण्डारी एमालेका प्रभावशाली नेता हुनुहुन्थ्यो, खड्का पनि बागलुङका लोकप्रिय नेता हुनुहुन्थ्यो। उहाँ (खड्का) को दाहसंस्कारमा म त्यहाँ पुगेका बेला त्यो अनुभूति गरेको थिएँ,' बजेटमाथिको सामान्य छलफलका क्रममा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने।त्यसलगत्तै रोस्ट्रमबाट एमाले नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले जवाफ फर्काए, 'मदन भण्डारी र हरि खड्का एउटै हुन्छ? समान हुन् भनेर हुन्छ? त्यसो भए रामचन्द्र पौडेल र गोल्छे सार्की एउटै हो?'
पौडेल र पाण्डेको अभिव्यक्ति सत्तारूढ कांग्रेस र एमालेबीच देखिएको मनमुटाव र बजेटप्रतिको असन्तोष थियो। कांग्रेस र एमालेका शीर्ष नेताको यो जुहारीलाई कतिपयले भने अब बन्ने नयाँ सरकारको आधारका रूपमा समेत लिएका छन्।
एमालेले बजेट निर्माणका क्रममा आफूलाई बेवास्ता गरेको तथा आफ्ना जननेतासँग कांग्रेसका दिवंगत सांसदलाई जोडेर समान रूपमा राखिएको भन्दै बजेट निर्माण प्रक्रियामै विरोध जनाएको छ।
एमाले संसदीय दल बैठकमा समेत बजेट निर्माण प्रक्रिया र संयुक्त सरकारको संस्कृतिका बारेमा कुरा भएको थियो। रोस्ट्रममा उभिएर पाण्डेले आफ्ना कुरा यतिमा सीमित राखेनन्। 'संयुक्त सरकारको संस्कृतिलाई पालना गर्नु सबैको कर्तव्य हुन्छ, तर अहिले यस्तो संस्कृति पालना भएन। म अर्थमन्त्री हुँदा कर प्रस्तावबाहेक हामीले हेर्न पाउनुपर्छ भनेर कांग्रेसका दुई मन्त्रीले बजेटको शिरदेखि तीरसम्म हेर्नुभयो। अहिले त्यस्तो भएन,' उनले भने, 'आफ्नो गाउँ आफैं बनाऊँ भन्नेमा ५ लाख थप्नुभयो, तर त्यही शीर्षकमा राखिएन, किन? वृद्धभत्तामा ५ सय वृद्धि गर्नुभयो। कृष्णप्रसाद भट्टराईको नाममा सञ्चार प्रतिष्ठान गराउन खोज्दा मनमोहन सामाजिक सुरक्षा भत्ता ५ सय वृद्धि गरेको छु भनेको भए मन प्रशन्न हुने थियो। दस्तावेज संकीर्ण बनेको छ। सबैलाई समेटेर जाने कुरामा विशाल छाती लिएर जानुपर्छ। सबै मिलेर जान्छौं है भनेर प्रतिपक्षीले भनेको बेला पनि फराकिलो छाती बनाउन सक्नुभएन।'
सत्तारूढ घटक एमालेले नै यसरी विरोध गरे पनि विपक्षीसहित अन्य दलका नेताले भने बजेटमा राम्रा पक्षसमेत रहेको बताए।
कांग्रेस उपसभापति पौडेलले कल्याणकारी बजेट तर्जुमा भएको भन्दै स्वागत गरे। 'अहिलेको विपत व्यवस्थापन, विकास अभियान अघि बढाउने, गरिबी निवारण, सामाजिक सुरक्षा र मुलुकको विकासलाई बजेटलाई प्राथमिकता दिएको छ,' पौडेलले भने, 'पहिलोपटक हुलाकी राजमार्ग आफैं बनाउने निर्णय गरेर बजेट ल्याइयो। यो मधेसकेन्द्रित छ, राम्रो हो। वृद्धवृद्धालाई औषधि खर्च ५ सय दिने भनिएको छ, पिछडिएका र लोपोन्मुख जातिलाई पनि सहयोग गर्ने भनेको छ।'
पौडेलले मधेसमा १० वटा सहर कहाँ बनाउने भन्ने छनोट गर्नुपर्ने धारणा राखे।
'कृषि उत्पादन बढाउन आवश्यक छ,' पौडेलले भने, 'कृषियोग्य जमिन मासेर बस्ती बसाउने काम गर्नु हुँदैन। राज्यको जमिन विकासका लागि चाहिन्छ। जग्गा दर्ता फाँट नै खारेज गर्नुपर्छ। चौतारी र पोखरी हरेक बस्तीमा हुनैपर्छ। यस नीतिलाई अवलम्बन गरौं।'
एमाले नेता पाण्डेले बुटवलमा जीवराज आश्रित सभागृह, नारायणगढ–मुग्लिङ सडक खण्डको नाम मदन–आश्रित राखिनुपर्ने धारणा राखे। पाण्डेले पहिले वितरणमुखी भनेर विरोध गर्ने अर्थमन्त्रीले नै यसपटक वितरणमुखी बजेट ल्याएको आरोप लगाए। उनले योजना छनोट गर्न नसकेको भन्दै पनि अर्थमन्त्री रामशरण महतको आलोचना गरे।
तर, अर्थमन्त्री महतले एमालेको आरोप ठाडै अस्वीकार गरेका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्टिका विषयमा छलफल गरिसकेको प्रतिक्रिया दिए।
'बजेट कुनै पार्टीको हुँदैन,' अर्थमन्त्री महतले भने, 'बजेट ल्याउने सरकारले हो। सरकारमा एमाले पनि छ। बजेट अर्थले मात्रै ल्याउने होइन, सबै मन्त्रालयबाट योजना र कार्यक्रम आएपछि बजेट निर्माण हुने हो। असन्तुष्टिको विषयमा एमाले अध्यक्षसँग छलफल भइसक्यो।'
बजेटको सैद्धान्तिक छलफलका क्रममा पूर्वप्रधानमन्त्री एवं अर्थमन्त्री बाबुराम भट्टराईले भने बजेटलाई एकपक्षीय ढंगले आलोचना गर्न नमिल्ने धारणा राखे।
'बजेटका बारेमा टिप्पणी गर्न उभिँदा म एकपक्षीय ढंगले आलोचना मात्र गर्नुपर्छ भन्ने मान्यताबाट मुक्त छु,' भट्टराईले भने, 'बजेट कुन दलले ल्यायो र कुन अर्थमन्त्रीले वाचन गर्योर भन्ने कुरा मेरा लागि गौण हो। मेरै जीवनमा बेरोजगारी र भोकमरीबाट मुक्त नेपाल देख्नुपर्छ र यो सम्भव छ भन्ने मान्यतामा म अडिग छु। यो दिशामा सरकारको बजेट गयो कि गएन, त्यो महŒवपूर्ण कुरा हो अनि समीक्षाको विÈय हो। यसमा स्पष्ट हुन सरकारले खुट्टा कमायो, अर्थमन्त्रीले आ"ट देखाउन सक्नुभएन।'
भट्टराईले केही झिनामसिना सामान्य सुधारका कार्यक्रम बाहेक बजेटले आवश्यक संरचनात्मक परिवर्तनका नीति र बजेटको व्यवस्था नगरेको उल्लेख गरे। 'केही झिनामसिना सामान्य सुधारका कार्यक्रमबाहेक यो बजेटले आवश्यक संरचनात्मक परिवर्तनका नीति र बजेट व्यवस्था गरेको छैन,' भट्टराईले भने, 'त्यस अर्थमा यो बजेट परम्परागत र 'कर्मकाण्डी' को हदभन्दा माथि उठ्न सकेको छैन।'
भूकम्पपछिको नवनेपाल निर्माणको आकांक्षालाई बजेटले तुषारापात गरेको उनको आरोप छ। 'पुनर्निर्माणका लागि पूर्ण हचुवाको भरमा बजेट छुट्ट्याइएको छ,' भट्टराईले भने, 'भौतिक पूर्वाधार र ऊर्जा क्षेत्रको तीव्र विकास र विस्तारबिना औद्योगिक क्रान्ति सम्भव छैन। मध्यपहाडी लोकमार्गलाई 'पुष्पलाल लोकमार्ग' भन्न अर्थमन्त्री किन लजाउनुभएको होला! यो लोकमार्गको निर्माण पूरा हुन ४० अर्ब लाग्छ, तर बजेट २ अर्ब भन्दा कम छुट्ट्याइएको छ। के हामी यसनिम्ति अर्को २० वर्ष पर्खन सक्छौं?'
भट्टराईले देश नयाँ युगमा प्रवेश गर्न उद्यत भएकाले राजनीतिक अवस्था र भूकम्पपश्चातको तीव्र नवनिर्माणको आवश्यकता पूरा गर्न तीव्र आर्थिक छलाङ मार्नुपर्ने ढंगले बजेट आउन नसकेको भट्टराईको टिप्पणी थियो।
एमालेका नेता भीम रावलले पनि संयुक्त सरकारले बजेट ल्याउँदा न्यूनतम साझा कार्यक्रमलाई पनि भुलेको आरोप लगाए। '६७ पेज लामो बजेटमा केही पनि राम्रो छैन भन्न त मिल्दैन, तर संयुक्त सरकारको संस्कृतिलाई लत्याइएको छ,' रावलले भने। उनले संवेदनशील संक्रमणको समयमा बजेट बनाउँदा काठमाडौंबाट टाढा हेर्न नसकेको जिकिर गरे।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अर्थमन्त्रीको बजेटमा नवीनता नभएको बताए। 'जिम्मेवारीबोध नभएकाले पनि अर्थमन्त्रीले पर्याप्त ध्यान दिएजस्तो लागेन,' उनले भने, '०५३/५४ मा उहाँले पेस गरेको बजेटमा नवीनता थियो, तर उहाँले सातौंपटक प्रस्तुत गरेको बजेटमा नवीनता करिब समाप्त भएको पाएँ।'
थापाले बजेट कार्यान्वयन हुन नसक्नुमा नीतिगत कारण रहेको उल्लेख गरे। 'अधिकांश स्थानमा राम्रो होइन हाम्रो मान्छे पुगेका छन् जसले गर्दा कार्यान्वयन गर्ने ठाउँमा रहेका व्यक्तिमा जवाफदेहीता र योग्यताको अभाव छ,' थापाले भने, 'यसैले तीव्र रूपमा भ्रष्टाचार र अनियमितता बढेर गएको छ। बजेट लक्षित ठाउँसम्म पुग्न सकेको छैन।'
कांग्रेसका रामहरि खतिवडाले पूर्वी पहाडी जिल्लामा सरकारको ध्यान कम गएको उल्लेख गर्दै दूधकोसी हाइड्रोका लागि आवश्यक रकम उपलब्ध गराउन माग गरे। 'ओखलढुंगा–साँघुटार बाटो, लिखु करिडोरका लागि रकम कम भयो,' उनले भने, 'प्रत्येक पहाडी जिल्लामा सिमेन्ट उद्योग र प्रत्येक निर्वाचन क्षेत्रमा अस्पताल हुनुपर्छ। ६० वर्ष नाघेकालाई २ हजार सामाजिक सुरक्षा भत्ता छुट्ट्याउनुपर्छ।'
फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले बजेट वैज्ञानिक र वस्तुपरक आधारका नभएको टिप्पणी गरे। उनले तराईको हुलाकी राजमार्गका लागि बजेट विनियोजन हुनुलाई सकारात्मक भने। राप्रपाका दीपक बोहोराले पार्टीका नेताका नामले विवाद भएकाले राष्ट्रिय धरोहरका नाम राखेर कार्यक्रम ल्याउन सुझाव दिए।
तमलोपाका बृजेशकुमार गुप्ताले सत्तापक्ष र केही दिनमा सत्तारूढ हुने दलको विरोधका कारण आफूहरू र जनता नै अलमलमा परेको बताए। राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले बजेट सञ्चालन प्रक्रिया नै गलत भएको बताए। उनले भूकम्पपछिको पुनर्निर्माणमा बजेट केन्द्रित हुनुपर्ने भए पनि नभएको धारणा राखे।